Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रचण्ड–नेपाल समूहको निष्कर्ष : स्थायी कमिटीको नियमित एजेण्डामा छलफल गरौं

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]

कालापानीको मुद्दाले दिक्दारी : राजदूत आचार्य

१२ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानीको मुद्दालाई ‘दिक्दारीको कारण’ भन्दै चाँडै सुल्झाउनुपर्नेमा जोड दिएका छन् । टाइम्स अफ इन्डियामा अन्तर्वार्ता दिँदै आचार्यले दुई देशबीचको सीमा निर्धारणमा लभभग सहमति भइसकेको भन्दै अब सानो अंशलाई सुल्झाउन धेरै कठिन नहुने विश्वास व्यक्त गरे । ‘यो च्याप्टरलाई बन्द गर्ने एउटा मात्रै बाटो भनेको मुद्दाको […]

जाजरकोटमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, ७ जना बिरामी     

१२ साउन, जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा आइतबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर […]

वीरगञ्जमा आइसोलेसनको अभाव, संक्रमितको चार दिनसम्म सोधीखोजी नै भएन

१२ साउन, वीरगञ्ज । चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए । तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको […]

जुम्लामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

१२ साउन, जुम्ला । कनकासुन्दरी गाउँपालिका-४ का ऐनबहादुर शाही आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ऐनबहादुरले ७५ वर्षीय बुवा दानबहादुरको कुटपिट गरी हत्या गरेको आरोप छ । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले मदिरा सेवन गरी आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेका हुन् । घटनापछि घाइते दानबहादुरलाई उपचारका […]

सरिता गिरीको ठाउँमा सांसद बनिन् लीलादेवी सिटौला

१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]

उपत्यका प्रहरी केन्द्र मातहत राख्ने गृहको चाहना, प्रदेश भन्छ – हामीले पाउनुपर्छ

१२ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल गरेका छन् । आइतबार सिंहदरबारमा भएको भेटमा अधिकांश मन्त्रीले अधिकार प्रत्यायोजनको विषय चाँडै टुंग्याएर समायोजन प्रक्रिया यथाशीघ्र थाल्न आग्रह गरे । हाल उपत्यका प्रहरीलाई संघीइ सरकार मातहत राख्ने वा प्रदेश मातहत भन्ने विषयमा विवाद छ । […]

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति   

१२ साउन, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, […]

भेरी-बबई डाइभर्सन आयोजना अब कम्पनी मोडलमा, ४९ प्रतिशत सेयर जनतालाई

१२ साउन, काठमाण्डौं । भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय (सिँचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी लगभग टुंगो लागेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनी मोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्वद्ध सरोकारवालाहरुको बैठक डाँकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए  […]

चन्द्रागिरिमा ‘एक घर, एक स्नातक’  कार्यक्रम 

१२ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय […]

चक्रपथको दोस्रोखण्ड विस्तारको काम थाल्न ढिलाइ

१२ साउन, काठमाडौं । चक्रपथको कलंकी-महाराजगञ्ज-धोवीखोला खण्ड विस्तारको काम थाल्न ढिलाइ भएको छ । यो खण्डलाई ८ लेनमा  विस्तार चीन सरकारले आफ्नै खर्चमा गर्दैछ । कोभिड-१९को महामारीका कारण प्राविधिक तयारीका काम सकाउन चिनियाँ टोली नेपाल आउन पाएको छैन । विभागले पनि सडक विस्तारका लागि गर्नुपर्ने पूर्वतयारी सकाएको छैन । सरकारले यो खण्डको सडक सीमा ३१/३१ […]

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

१२ साउन, काठमाडौं । सल्यान प्रहरीले विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेरबहादुर बस्नेत,जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लालबहादुर शाहु, सार्वजनिक मुद्दाका रामबहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपाट मुद्दाका होमबहादुर बुढा र समबन्ध बिच्छेद मुद्दाका रेखा बुढा रहेका छन् […]

मुस्ताङमा घर भत्किँदा एकजनाको मृत्यु   

१२ साउन, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा आइतबार राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । […]

१ खर्ब ९५ अर्बको पेट्रोलियम इन्धन मात्रै आयात

१२ साउन, काठमाडौं । नेपालले आर्थिक वर्ष २०७६/७७ मा गरेको कुल वस्तु निर्यातको मूल्य ९६ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रह्यो । भन्सार विभागका अनुसार यो एक वर्षको अवधिमा पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयातमा मात्रै करिब २ खर्ब मूल्य बराबरको आयात भएको छ । खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ र […]

विराट नर्सिङ होमका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

१२ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङहोम (विराटनगर अस्पतालमा) कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । २१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ […]

२०१ स्थानीय सरकारले अझै ल्याएनन् बजेट

१२ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन शुरु भएको सोमबार १२ औं दिन बितिसक्दा पनि अझै २ सय भन्दा बढी स्थानीय सरकार बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । […]

प्रदेश १ को खरिद नियमावली : भ्रष्टाचारीले पनि ठेक्का पाउने

१२ साउन, विराटनगर । प्रदेश १ सरकारले भ्रष्टाचारको अभियोग खेपिरहेका ठेकेदार कम्पनीलाई काम गर्न मिल्ने गरी प्रदेश सार्वजनिक खरिद नियमावली तयार पारेको छ । २१ जेठमा गरी नियमावलीको दफा ४८ मा भ्रष्टाचारको मुद्दा खेपिरहेका निर्माण व्यवसायी पनि ठेक्का प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था छ । संघीय सरकारले २०७६ वैशाख ३१ गते सार्वजनिक खरिद नियमावली संशोधन […]

अनेरास्ववियू नेताले भेटे एसिड पीडित युवतीलाई, दिए १० हजार नगद

१२ साउन, काठमाडौं । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, […]

पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि

१२ साउन, काठमाडौं । पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ । लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने […]

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

१२ साउन, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो । सोमबार बिहान ट्रकले बोहोरा सवार से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको […]

भारतले भन्यो– कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको […]



from समाचार – Online Khabar https://ift.tt/32YXJx2
via IFTTT
Powered by Blogger.