Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पशुपति क्षेत्र विकास कोष खारेज गर्न स्थानीय जनप्रतिनिधिको माग

१६ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा बोल्ने […]

सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

१६ साउन, काठमाडौं । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले अनलाइनखबरलाई बतायो […]

बिच्छँयाको बहुमूल्य जडीबुटी : तस्करीले सखाप

१४ साउन, बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ (साविक बिच्छँया गाविस) तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् । बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले […]

भारतमा एकैदिन थपिए ५५ हजार बढी कोरोना संक्रमित

१६ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ । अघिल्लो दिन पनि भारतमा कोरोना […]

तोलामै तीन सयले बढ्यो सुनको मूल्य

१६ साउन, काठमाडौं । सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ । बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तै शुक्रबारका लागि तेजावी सुनको कारोबार मूल्य […]

ओलीलाई प्रचण्डको प्रस्ताव : निकास दिने तत्परतासहित छलफल गरौं

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको […]

संसदीय समितिमा गोलक्वेष्ट चर्चा : कसले कमाए, कसले गुमाए ?

१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तुको प्रत्यक्ष बिक्री गर्ने नाममा नेटवर्किङ व्यवसाय सञ्चालन गर्न सक्ने गरी इजाजत दिन थालेको छ । विगतमा विभिन्न कम्पनीले गरेको अवैध नेटवर्किङ व्यवसायलाई पुनर्जिवित गर्ने गरी नयाँ इजाजत दिन थालिएको भन्दै सांसदहरुले विरोध गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता […]

कैलालीमा बाढीले २ जनाको मृत्यु, एकजना बेपत्ता

१६ साउन कैलाली । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए । भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ […]

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२ पुग्यो

१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप […]

सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

१६ साउन, काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको पाइएको छ । दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको […]

सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ । सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ । मध्यम लगानीका सडक, भवन, पुल लगायतका […]

सडक डिभाइडरमा बस ठोक्किँदा एक जनाको मृत्यु

१६ साउन, विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडकखण्डमा राखिएको डिभाइडरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस बिहीबार राति ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि डिभाइडरमा ठोक्किँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । […]

सुनसान छ सौराहा, दशैं लक्षित तयारीमा जुटे व्यवसायी

१५ साउन, चितवन । चार महिनादेखि बन्द रहेका सौराहाका होटल तथा रेष्टुराँहरु बिहीबारबाट खुलेका छन् । बिहीबार पहिलो दिन सौराहा सुनसान थियो । तत्कालै पर्यटकीय गतिविधि बढ्छ भन्ने आश नगरेका व्यवसायीहरुले दशैं लक्षित तयारी जारी राखेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी […]

लोक सेवाको विज्ञापन बन्द गरेर एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

१६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । ‘संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्वे) अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

१६ साउन, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै […]

कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सिरहामा जसपाको सभा

१६ साउन, जनकपुरधाम । कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो । अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् । पार्टी […]

नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक

१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । […]

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

१६ साउन, जनकपुरधाम । प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा […]

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

१६ साउन, चितवन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए । थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।

कोरोना संक्रमणबाट वीरगञ्जमा दुई जनाको मृत्यु

१५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ ।  ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ […]

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

१५ साउन, काठमाडौं । ललितपुरको ताल्सीखेल चोकबाट ५ सय मिटरभित्र पुगेपछि पुरानो जुपिटर टोल आउँछ । त्यहीँ छ, सिंगापुर पुलिसका पूर्वकर्मचारी अमरबहादुर राईको नवनिर्मित तीन तले घर । यही घरको कम्पाउण्डमा साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुको सादा पोशाकको टोलीले […]



from समाचार – Online Khabar https://ift.tt/3k4cIw7
via IFTTT
Powered by Blogger.