Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकको निर्देशन

१२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । ३ असारमा आएको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार सबै बैंक तथा वित्तीय संस्थाहरुका लागि निर्देशन जारी गरेको हो । कोरोनाबाट अतिप्रभावित होटेल, पर्यटन तथा हवाईसहित यातायात क्षेत्रलाई समेत मौद्रिक […]

गण्डक अस्पताल थप तीन महिना कोभिड विशेष

१२ साउन, वीरगञ्ज । वीरगञ्जको गण्डक अस्पतालमा थप ३ महिना अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएको छ । सञ्चालक रहबर अन्सारीले थप तीन महिनाका लागि अस्पताल स्थानीय सरकारलाई सुम्पने घोषणा गरेका हुन् । यसअघि गण्डकमा अस्थायी कोभिड विशेष अस्पताल स्थापनाका लागि महानगरपालिकासँग गरेको सम्झौता साउन १८ गते सकिँदैछ । म्याद सकिनै लाग्दा सञ्चालक रहबर अन्सारीले […]

अहिले जनताको जीवन जोगाउने कार्य प्रमुख हो : मुख्यमन्त्री राउत

१२ साउन, सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान अवस्थामा विकास निर्माणभन्दा पनि जनताको जीवन जोगाउने कार्य प्रमुख भएको बताएका छन् । कोरोनाको उच्च जोखिममा रहेको सप्तरी सदरमुकाम राजविराज आएका मुख्यमन्त्री राउतले प्रदेश सरकार विकास निर्माण कार्यलाई थाँती राखेर भए पनि जनताको ज्यान जोगाउनमा जोड् दिइरहेको बताए । ‘विकास निर्माणभन्दा जनताको जीवन जोगाउनु […]

गुल्मीमा मास्क नलगाउने १५७ जना कारबाहीमा

१२ साउन, गुल्मी । गुल्मीमा मास्क नलगाई हिँड्ने १५७ जनालाई प्रहरीले सोमबार कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार तम्घास बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने १५७ जनालाई नियन्त्रणमा लिई प्रतिव्यक्ति एक सय रुपैयाँ जरीवाना तिराएर छाडिएको हो । जसबापत १५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको […]

सामान्य विवादमा ढुंगाले हानेर वृद्धाको हत्या, किशोर पक्राउ

१२ साउन, गोरखा । जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामनामा एक किशोरले ढुंगाले हिर्काउँदा वृद्धाको मृत्यु भएको छ । खेतमा पानी लगाएर फर्किएकी ७२ वर्षीया कृष्णकुमारी आलेलाई गत बिहीबार सामान्य विवादमा स्थानीय एक १७ वर्षका किशोरले ढुंगाले टाउकोमा हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । किशोरलाई आइतबार गाउँलेको सहयोगमा मनकामनाको वनौतीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख […]

बुटवलको होटेलमा बसेका तीनजना भारतीयमा कोरोना

१२ साउन, बुटवल । बुटवलको एक होटेलमा बसेका तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत […]

भूकम्पपीडितको उजुरीमा अनलाइन सुनुवाई शुरु

१२ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर समितिले सोमबारबाट अनलाइन सुनवाई थालेको प्राधिकरणले जनाएको छ । सोमबार समितिको तीन सदस्यीय पूर्ण इजलासले नुवाकोटका ५० जना उजुरीकर्तासँग प्रत्यक्ष कुराकानी गरी सुनवाई गरेको छ […]

सबै रुटमा तुरुन्तै सार्वजनिक सवारी खोल्न व्यवसायी र मजदुरहरुको माग

१२ साउन, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सबै सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् । सरकारले भदौ १ गतेदेखि लामो र मध्यम दूरीका सवारी पनि चलाउने निर्णय गरेको छ । अहिले सम्बन्धित जिल्ला र काठमाडौं उपत्यकाभित्रको सवारी मात्रै सवारी चलिरहेको  छ । यसले गर्दा […]

आईसीसी डेभलपमेन्ट अवार्ड घोषणा

१२ साउन काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी डेभलपमेन्ट अवार्ड घोषणा गरेको छ । वर्ष २०१९ मा एसोसिएट राष्ट्रहरुले गरेको प्रगतिको आधारमा आईसीसीले विभिन्न विधामा उत्कृष्ट एसोसिएट राष्ट्रको घोषणा गरेको हो । जसमा पपुवा न्यु गिनी, नामिबिया, रुवान्डा, जापान, थाइल्याण्ड, फिनल्याण्ड उत्कृष्ट भएका छन् । गेरी निकोल्स सहभागिता अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी), सय […]

फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्चको असन्तुष्टि

१२ असार, काठमाडौं । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ । ‘न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी […]

रिडी–रुद्रवेणी–वामी सडक एकतर्फी खुल्यो

१२ साउन, गुल्मी । अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक खण्ड सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिबार रुरुक्षेत्र गाउँपालिका–१ स्थित कालिगण्डकी करीडोर सडक अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अवरुद्ध भएको थियो । पहिरो हटाउन स्क्साभेटहरु प्रयोग गरिए पनि पानी पर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन तीन […]

राम जन्मभूमि क्षेत्र विकास समिति गठन

१२ साउन, काठमाडौं । पर्साको ठोरीमा सोमबार राम जन्मभूमि क्षेत्र विकास समिति गठन गरिएको छ । ठोरी गाउँपालिका वडानम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको वडा नं १ र २ को जनप्रतिनिधिहरुको संयुक्त बैठकले प्रकाश खनालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष मिना गिरी, सचिवमा चिरञ्जीवी सापकोटा, सहसचिव गोकुली रेग्मी, कोषाध्यक्ष गीतादेवी […]

आँप टिप्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

१२ साउन, काठमाडौं । सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपलिका-७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकी रहेका छन् । सोमबार आँप टिप्ने क्रममा करेन्ट लाग्दा उनी रुखबाट खसेका थिए । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सांसदहरुले भने – निर्वाचन खर्चिलो भयो, विकल्प खोज्नुपर्छ

१२ साउन, काठमाडौं । सांसदहरुले अहिलेको निर्वाचन खर्चिलो रहेको भन्दै मितव्ययी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै सांसदहरुले अत्यन्त महँगो वर्तमान निर्वाचन प्रणालीबाट लोकतन्त्र र राजनीतिक मूल्य मान्यतामा असर पर्ने देखिएकाले विकल्पका लागि छलफल चलाउन सुझाव दिएका छन् । उनीहरुले भ्रष्टाचार मौलाउने […]

प्रादेशिक अस्पतालको आईसीयू एक साताका लागि बन्द

१२ साउन, जनकपुरधाम । उपचार गराउन आएका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेपछि जनकपुधरामस्थित प्रादेशिक अस्पतालको आईसीयू सोमबारदेखि बन्द गरिएको छ । उच्च ज्वरो, रुघाखोकी र सास लिन समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका धनुषाको शहीद नगरपालिका ८, डुमरियाका ३८ बर्षीय युवकको आइतबार दिउँसो धरान लैजाने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि प्रादेशिक अस्पतालभित्रको […]

थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ […]

भोलिदेखि सडक प्रदर्शन गर्ने इनफ इज इनफको घोषणा

१२ साउन, काठमाडौं । इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् । बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ । […]

बैतडीमा हिरासतमा रहेका युवकमा कोरोना संक्रमण

१२ साउन कैलाली । बैतडीमा प्रहरी हिरासतमा रहेका एक युवकमा कोरोना संक्रमण भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको पुर्चौडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् । प्रहरीले उनलाई असार ३१ गते पक्राउ गरेको थियो । ‘उनी […]

प्रदेश २ का आठ जिल्लामा ९ वटामात्रै भेन्टिलेटर

१२ साउन, जनकपुरधाम । सास फेर्न गाह्रो भएपछि शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो । चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा भएको २ वटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरियो । तर धरान नपुग्दै बाटोमै उनको […]

कर्णालीमा ८ जना बालबालिकासहित थप ३१ जनामा कोरोना संक्रमण

१२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]

प्रचण्ड–नेपाल समूहको निष्कर्ष : स्थायी कमिटीको नियमित एजेण्डामा छलफल गरौं

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]



from समाचार – Online Khabar https://ift.tt/2WZOZD0
via IFTTT
Powered by Blogger.