समाचार
१२ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय […]
१२ साउन, काठमाडौं । चक्रपथको कलंकी-महाराजगञ्ज-धोवीखोला खण्ड विस्तारको काम थाल्न ढिलाइ भएको छ । यो खण्डलाई ८ लेनमा विस्तार चीन सरकारले आफ्नै खर्चमा गर्दैछ । कोभिड-१९को महामारीका कारण प्राविधिक तयारीका काम सकाउन चिनियाँ टोली नेपाल आउन पाएको छैन । विभागले पनि सडक विस्तारका लागि गर्नुपर्ने पूर्वतयारी सकाएको छैन । सरकारले यो खण्डको सडक सीमा ३१/३१ […]
१२ साउन, काठमाडौं । सल्यान प्रहरीले विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेरबहादुर बस्नेत,जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लालबहादुर शाहु, सार्वजनिक मुद्दाका रामबहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपाट मुद्दाका होमबहादुर बुढा र समबन्ध बिच्छेद मुद्दाका रेखा बुढा रहेका छन् […]
१२ साउन, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा आइतबार राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । […]
१२ साउन, काठमाडौं । नेपालले आर्थिक वर्ष २०७६/७७ मा गरेको कुल वस्तु निर्यातको मूल्य ९६ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रह्यो । भन्सार विभागका अनुसार यो एक वर्षको अवधिमा पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयातमा मात्रै करिब २ खर्ब मूल्य बराबरको आयात भएको छ । खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ र […]
१२ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङहोम (विराटनगर अस्पतालमा) कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । २१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ […]
१२ साउन, विराटनगर । प्रदेश १ सरकारले भ्रष्टाचारको अभियोग खेपिरहेका ठेकेदार कम्पनीलाई काम गर्न मिल्ने गरी प्रदेश सार्वजनिक खरिद नियमावली तयार पारेको छ । २१ जेठमा गरी नियमावलीको दफा ४८ मा भ्रष्टाचारको मुद्दा खेपिरहेका निर्माण व्यवसायी पनि ठेक्का प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था छ । संघीय सरकारले २०७६ वैशाख ३१ गते सार्वजनिक खरिद नियमावली संशोधन […]
१२ साउन, काठमाडौं । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, […]
१२ साउन, काठमाडौं । पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ । लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने […]
१२ साउन, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो । सोमबार बिहान ट्रकले बोहोरा सवार से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको […]
१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको […]
१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौं प्लाजामा सर्न बाटो खुलेको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज/भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज/भाडा सम्झौता […]
१२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–२ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको […]
१२ साउन, गुल्मी । अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड अवरुद्ध भएको छ । शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को कालिगण्डकी करिडोर अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । […]
१२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका युवक राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ । भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो । ‘हामीकहाँ फरेन्सिक विशेषज्ञ नभएको र विवादित घटनासमेत भएकाले विज्ञलाई […]
१२ साउन, झापा । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए । […]
१२ साउन, काठमाडौं । लकडाउन अन्त्य भएसँगै अन्य सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किएका छन् । तर खेलकुद क्षेत्र भने सामान्य बन्न अझै सकिरहेको छैन । कोरोना संक्रमण र लकडाउनले गर्दा चार महिनासम्म नेपाली खेलकुद ठप्प रह्यो । खेलाडीहरु यति लामो समयसम्म फुर्सदमा रहेको यो पहिलो पटक हो । लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको […]
१२ साउन, काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने शाहले बताएका थिए । उनले आफूलाई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने […]
१२ साउन, बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट […]
१२ साउन, काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच […]
१२ साउन, गोरखा । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको छ । स्तरोन्नतिका लागि ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । ‘विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको हो,’ प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने, ‘काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसक्यो […]
from समाचार – Online Khabar https://ift.tt/39wjNjW
via IFTTT