समाचार
१४ साउन, काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर हिँड्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन भएको छ । प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख […]
१४ साउन, काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराए । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो । उक्त पार्टीको निर्णयअनुसार […]
१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाण्डौस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ। यसअघि मन्त्रालयले स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई शुल्क लिएर परिक्षण गर्न अनुमति दिएको थियो । ‘सम्पूर्ण मापदण्ड पूरा गरेकाले परीक्षणको अनुमति दिएको हो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले भने, ‘यसअघि केही मापदण्ड पूरा […]
१४ साउन, काठमाडौं । भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । ‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना […]
१४ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका […]
१४ साउन, काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो । नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् । क्षमता अभिवृद्धिका […]
१४ साउन, काठमाडौं । आकासिदो आयातले व्यापार घाटा चुलिइरहँदा नेपाली कफीको बजार भने विश्वभर फैलिरहेको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय व्यापारमा कमी आए पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालले ४५ हजार ८१४ किलो तयारी र कच्चा कफी निर्यात गरेको छ । जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्वीट्जरल्याण्ड, नर्बे, अमेरिका, क्यानडालगायत एक दर्जनभन्दा बढी विकसित […]
१३ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति […]
१४ साउन, काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई थप जिम्मेबार बनाइ उनीहरुलाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले प्रेरित गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित रहेर एक एकीकृत निर्देशन जारी गर्दै वित्तीय स्थायित्व, आर्थिक अनुशासन तथा पारदर्शीताका लागि लघुवित्त संस्थालाई […]
१४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो […]
१४ साउन, विराटनगर । विश्व बजारमा महंगो मध्येको मानिने मेथामफेटामाइन आइस लागुऔषधसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेल व्यावसायी हुन् । विराटनगर बरगाछीबाट पक्राउ परेका पोखरेलको साथबाट २ सय २२ ग्राम मेथान्टामाइन बरामद भएको […]
१४ साउन, काठमाडौं । मान्छेले आफ्नो शक्ति विस्तार गर्न युद्ध गरेको धेरै इतिहास छ । एक इन्च भूमिको लागि भयानक युद्धमा होमिने गर्छ मान्छे । त्यही निहुँमा धेरैको रगत र पसिना बग्ने गर्छ । आफ्नो अधिकार क्षेत्र निर्धारण गरेर त्यसको रक्षाका लागि मर्न र मार्न वन्यजस्तु समेत पछि पर्दैनन् । तीमध्ये पनि बाघ बढी लडाकु […]
१४ साउन, काठमाडौं । कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जानकारी दिए । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, […]
१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र […]
१४ साउन, घोराही । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा […]
१४ साउन, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले आइसोलेसनका लागि न्युनतम मूल्यमा होटल दिने घोषणा गरेका छन् । कोभिड अस्पताल बनाउन समय लाग्न सक्नेतर्फ संकेत गर्दै उनीहरुले होटलहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । वीरगञ्जमा आइसोलेसन कक्ष पर्याप्त नहुँदा अझै पनि ४८ जना कोरोना संक्रमित घरमै बसीरहेका छन् । होटल तथा पर्यटन […]
१४ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना […]
१४ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए । संक्रमित मध्ये अधिकांश सवारी […]
१४ साउन, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठ छन् । विशेष सूचनाको आधारमा खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा छापा मार्दा अवैध रुपमा भीओआईपी कलबाइपास गराउने […]
१४ साउन, काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ भित्र बाघको संख्या दोब्बर […]
१४ साउन, खोटाङ । एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो । रुखबाट लडेको दिनदेखि कम्मरमुनिको […]
from समाचार – Online Khabar https://ift.tt/3jOQYE1
via IFTTT