समाचार
१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन थप सहजीकरण गर्ने भएको छ । वित्तीय स्थिरताका लागि ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिले आत्मसात् गरेको दिशालाई थप प्रष्ट पार्दै नयाँ निर्देशन जारी गरेको हो […]
१३ साउन, काठमाडौं । नेपालमा कोरोनाको सन्त्रास बढेदेखि नेपाली चलचित्र क्षेत्र सुनसान प्रायः छ । यद्यपि, यो सन्नाटामा पनि चलचित्रकर्मीहरुले सञ्चार माध्यमका ‘इन्टरटेनमेन्ट ब्यूरो’ लाई बिजनेसको कमी हुन दिएका छैनन् । चलचित्रकर्मीका एकपछि अर्को विवाद र स्क्यान्डलबाट सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जालले समेत खुराक पाइरहेको छ । सरकारले कोरोना रोक्नका लागि १० चैतमा देशव्यापी लकडाउन […]
१३ साउन, काठमाडौं । गत साल चैत ११ मा कामदार आपूर्तिबारे सरकारी स्तरमा जापान–नेपाल सहकार्यको समझदारी (एमओसी) हुँदा धेरैलाई लागेको थियो– अब भाषा परीक्षा पास गरेर कोरियामाजस्तै गरी जापान पनि जान पाइनेछ । तर, डेढ वर्षसम्म नेपाली कामदारले यो सम्झौताको लाभ लिन सकेका छैनन् । दुई देशबीच भएको एमओसीअनुसार ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू)को सरकारी प्रक्रिया […]
१३ साउन, झापा । प्रहरीले एक हजार चार सय ७० किलो अवैध सुपारीसहित बरामद गरेको छ । सोमबार बिहान साढे १ बजे झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सुपारी बरामद भएको हो । झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले […]
१३ साउन, काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी […]
१३ साउन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले मन्त्रालयमा सिफारिस गरेका तीन जनामध्ये सिलवाललाई सरकारले सदस्य सचिव चयन गरेको हो । यस्तै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । नेपाल खेलकुद महासंघका सहसंयोजक […]
१३ साउन, बर्दिया । बर्दियाको क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा […]
१२ साउन, काठमाडौं । वि.सं. २०३१ सालमा खुलेको पृथ्वी राजमार्गको आवधिक मर्मत २०४९ सालमा आएर भयो । तर, त्यतिबेला राजमार्गका सुरक्षात्मक पर्खालहरुको मर्मत भएनन् । यो राजमार्गमा खाल्डा टाल्ने काम भयो, सानातिना पहिरो खस्दा रोकथाम गरियो । तर, सडकमाथिका भित्ता र तलका कान्ला जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयासहरु भएनन् […]
१२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ । थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए । स्रोतका अनुसार कांग्रेसमा […]
१२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–२ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको […]
१२ साउन, काठमाडौं । नेपालमा दुर्गम गन्तब्य भनी किटान गरिएका हवाई गन्तव्यमा वायुसेवा कम्पनीको ज्यादती र नियामक निकायको नजरअन्दाजले यात्रु हैरानीमा रहेको पाइएको छ । ठूला र सक्षम कम्पनीले दुर्गम भेगमा उडान नै नराख्ने, नेपाल एयरलाइन्स आन्तरिक उडानमा शून्य उडानमा झर्ने र उडान गरिरहेका कम्पनीले स्थानीय यात्रु भन्दा डलरमा टिकट बेच्न सकिने पर्यटकलाई मात्र प्राथमिकता […]
१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको […]
१२ साउन, काठमाडौं । असार २० गते भारतबाट परिवारसहित फर्किएका सप्तरीका ७२ वषर्ीय बृद्धको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण २ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्ने क्रममा परिवारका पाँच सदस्यसहित ७ जनामा संक्रमण पुष्टि भयो । र, त्यो भाइरसको यो चेन ब्रेक […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]
१२ साउन, काठमाडौं । भूमिहीन र सुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता राजुप्रसाद चापागाईं, प्रकजकुमार कर्ण, विष्णुप्रसाद पोखरेल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सहरी विकास मन्त्रालय, वन मन्त्रालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुले जबर्जस्ती विस्थापनको रोकथाम तथा पुनः नदोहोरिने […]
१२ असार, काठमाडौं । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ । ‘न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी […]
१२ साउन, काठमाडौं । सांसदहरूले विद्यमान निर्वाचन प्रणाली परिवर्तन वा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरूले प्रत्यक्ष निर्वाचन प्रणाली खर्चिलो र समानुपातिक प्रणालीमा नातावाद र कृपावाद हावी भएको बताएका हुन् । प्रतिनिधिसभा सदस्य चयनमा अपनाइएको मिश्रित निर्वाचन प्रणालीमा अनेक विकृति तथा प्रत्यक्ष र समानुपातिक सांसदलाई […]
१२ साउन, सप्तरी । बिष खाएर उपचार गराउन आएका सप्तरीका पुरुष कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा उनको परिवारका अन्य सदस्य पनि संक्रमित देखिएका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– २ का ५० बर्षीय पुरुषमा गत साउन ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । विष खाएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि […]
१२ साउन, काठमाडौं । सांसदहरुले अहिलेको निर्वाचन खर्चिलो रहेको भन्दै मितव्ययी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै सांसदहरुले अत्यन्त महँगो वर्तमान निर्वाचन प्रणालीबाट लोकतन्त्र र राजनीतिक मूल्य मान्यतामा असर पर्ने देखिएकाले विकल्पका लागि छलफल चलाउन सुझाव दिएका छन् । उनीहरुले भ्रष्टाचार मौलाउने […]
१२ साउन, जनकपुरधाम । सास फेर्न गाह्रो भएपछि शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो । चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा भएको २ वटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरियो । तर धरान नपुग्दै बाटोमै उनको […]
१२ साउन, गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा सोमबार थप ३ जनामा डेंगु संक्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेंगु संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी […]
from समाचार – Online Khabar https://ift.tt/32WZmLX
via IFTTT