Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एसिड आक्रमणमा परेकी युवतीसँग स्वास्थ्यमन्त्रीले भने–उपचारमा सरकारले सघाउँछ

११ साउन, काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा […]

प्रेमिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

११ साउन, काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । शर्माका अनुसार घटना […]

एक रुपैयाँ घुस लिनेलाई पनि छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको […]

एमसीसी अनुमोदनबारे अमेरिकी चासो

११ साउन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ । भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै […]

कर्णालीमा थप २८ जनामा कोरोना संक्रमण, ५ जना डिस्चार्ज

११ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना र सुर्खेतका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]

प्रदेश १ मा थपिए ३१ जना कोरोना संक्रमित

११ साउन, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश […]

पावर सेन्टरहरु नै भ्रष्टाचारको केन्द्र हो : शर्मा

११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको बताएका छन् । पावर सेन्टरहरुमा हेर्ने हो भने भ्रष्टाचार कति छ भन्ने थाहा हुने उनले बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेको शर्माले भने, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र […]

१० दिन कैद सजाय पाएका एकजना पक्राउ

११ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका इमाडोलका राजेन्द्रकुमार महर्जन छन् । उच्च अदालत, पाटनले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि महर्जन फरार थिए । उनीविरुद्ध २० […]

‘राहत पाउन मुख्यमन्त्रीको जिल्लाको हुनुपर्ने रहेछ’

११ साउन, सुर्खेत । गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिकाको वडानम्बर ४, ५ र ६ मा पहिरोले पुरिँदा १४ जनाको मृत्यु भयो भने दुईजना बेपत्ता छन् । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । पहिरोले बेघर बनाएको १७ दिन पुग्दा पनि प्रदेश र संघीय […]

युवतीसँग बिहे गरेर अमेरिका जाने लोभमा ठगिए युवा, दुईजना पक्राउ

११ साउन, काठमाडौं । अमेरिकाको डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो । महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार […]

९८ दिन सुत्केरी विदा कार्यान्वयन गर्न निर्देशन

संसदीय समितिले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ को व्यवस्था बमोजिम प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिले सुरक्षित तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन हुन नसकेको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शिक्षा तथा जनसंख्या मन्त्रालय, उद्योग […]

जसले लकडाउनलाई अभिशाप हैन, बरदान बनाए

११ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै विभिन्न व्यवसाय बिस्तारै बौरिन थालेका छन् । करिब ४ महिना लामो लकडाउन सकिए पनि केही व्यवसायिक क्षेत्रमा अझै प्रतिबन्ध हटेको छैन । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले अर्थतन्त्रमा कति प्रभाव पार्‍यो भन्ने हिसाब हिलेसम्म भएको छैन । सबैले स्वीकारेको विषय हो कि धेरैजसो आर्थिक तथा […]

डा. केसीले राखे ३ माग, ३ हप्तामा पूरा नगरे अनशन बस्ने चेतावनी

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान […]

नारायण नगरपालिकामा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

११ साउन, सुर्खेत । सरकारले लकडाउन अन्त्य गरेसँगै दैलेखमा फेरि कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेशको सबैभन्दा बढी संक्रमित भएको दैलेखमा पछिल्लो पाँच दिनयता मात्रै ७४ जना नयाँ संक्रमितहरु फेला परेका हुन । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार गत ७ गतेदेखि १० गतेसम्म प्रदेशमा ८९ जनामा संक्रमण देखिँदा दैलेखका मात्रै ५० […]

भन्सारबाट भित्र्याएका गाडीबाट ३३ वटा मोवाइल बरामद

११ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्र्याउन लागिएको नयाँ गाडीबाट ३३ थान मोबाइल बरामद भएको छ । गोल्छा समूहले झिकाएको फोर्ड कम्पनीको गाडीबाट तस्करीको मोबाइल बरामद भएको हो । जीओले जाँचपासको लागि पेस गरेका १९ वटामध्ये २ वटा गाडीमा रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल भेटिएको थियो । गोल्छा समूहको जीओ […]

प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि […]

मास्क नलगाउनेविरुद्ध कडारुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन

११ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले अनलाइनखबरलाई बताए […]

राजमोले भन्यो- प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

११ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पत्नी हत्याको आरोपमा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने गरी फैसला सुनाउने प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर हटाउनु पर्ने माग गरेको छ । राजमोका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको भन्दै सो निर्णय न्यायका मूल्य, मान्यता र नजीरकाविरुद्ध रहेको जनाएका […]

सत्तारुढ सांसदको प्रश्न : मास्क र स्यानिटाइजरमा पनि कमिसन खाने ?

११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पम्फा भुसालले स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा भुसालले बेनामे उजुरीमा अल्झिनुभन्दा ठूला भ्रष्टाचार हेर्न आग्रह गरिन् । कोरोना महामारीका बेला खरिद गरिएको स्वास्थ्य सामाग्रीमा समेत अनियमितता […]

पर्सामा ४५ किलो गाँजा बरामद

११ साउन, वीरगञ्ज । पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका-९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो । यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो । […]

शहीद परिवारको पीडा : प्रदेश सरकारले नियुक्तिपत्र दियो, जागिर दिएन

११ साउन, सप्तरी । नयाँ संविधान निर्माण प्रक्रियामा असहमति राख्दै आन्दोलनमा उत्रिएको तत्कालीन मधेसी मोर्चाले २ भदौ २०७२ मा भनेको थियो, ‘आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले ५० लाखका दरले आर्थिक सहयोग गर्नुका साथै शिक्षा र रोजगारी दिनेछ ।’ आन्दोलनमा भीड जम्मा पार्न ५० लाख रुपैयाँको लोभ देखाएको भन्दै मोर्चा आलोचित त […]



from समाचार – Online Khabar https://ift.tt/2OYBG1u
via IFTTT
Powered by Blogger.