समाचार
१२ साउन, काठमाडौं । सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपलिका-७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकी रहेका छन् । सोमबार आँप टिप्ने क्रममा करेन्ट लाग्दा उनी रुखबाट खसेका थिए । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
१२ साउन, काठमाडौं । सांसदहरुले अहिलेको निर्वाचन खर्चिलो रहेको भन्दै मितव्ययी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै सांसदहरुले अत्यन्त महँगो वर्तमान निर्वाचन प्रणालीबाट लोकतन्त्र र राजनीतिक मूल्य मान्यतामा असर पर्ने देखिएकाले विकल्पका लागि छलफल चलाउन सुझाव दिएका छन् । उनीहरुले भ्रष्टाचार मौलाउने […]
१२ साउन, जनकपुरधाम । उपचार गराउन आएका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेपछि जनकपुधरामस्थित प्रादेशिक अस्पतालको आईसीयू सोमबारदेखि बन्द गरिएको छ । उच्च ज्वरो, रुघाखोकी र सास लिन समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका धनुषाको शहीद नगरपालिका ८, डुमरियाका ३८ बर्षीय युवकको आइतबार दिउँसो धरान लैजाने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि प्रादेशिक अस्पतालभित्रको […]
१२ साउन, काठमाडौं । इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् । बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ । […]
१२ साउन कैलाली । बैतडीमा प्रहरी हिरासतमा रहेका एक युवकमा कोरोना संक्रमण भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको पुर्चौडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् । प्रहरीले उनलाई असार ३१ गते पक्राउ गरेको थियो । ‘उनी […]
१२ साउन, जनकपुरधाम । सास फेर्न गाह्रो भएपछि शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो । चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा भएको २ वटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरियो । तर धरान नपुग्दै बाटोमै उनको […]
१२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]
१२ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानीको मुद्दालाई ‘दिक्दारीको कारण’ भन्दै चाँडै सुल्झाउनुपर्नेमा जोड दिएका छन् । टाइम्स अफ इन्डियामा अन्तर्वार्ता दिँदै आचार्यले दुई देशबीचको सीमा निर्धारणमा लभभग सहमति भइसकेको भन्दै अब सानो अंशलाई सुल्झाउन धेरै कठिन नहुने विश्वास व्यक्त गरे । ‘यो च्याप्टरलाई बन्द गर्ने एउटा मात्रै बाटो भनेको मुद्दाको […]
१२ साउन, काठमाडौं । वि.सं. २०३१ सालमा खुलेको पृथ्वी राजमार्गको आवधिक मर्मत २०४९ सालमा आएर भयो । तर, त्यतिबेला राजमार्गका सुरक्षात्मक पर्खालहरुको मर्मत भएनन् । यो राजमार्गमा खाल्डा टाल्ने काम भयो, सानातिना पहिरो खस्दा रोकथाम गरियो । तर, सडकमाथिका भित्ता र तलका कान्ला जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयासहरु भएनन् […]
१२ साउन, जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा आइतबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर […]
१२ साउन, वीरगञ्ज । चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए । तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको […]
१२ साउन, जुम्ला । कनकासुन्दरी गाउँपालिका-४ का ऐनबहादुर शाही आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ऐनबहादुरले ७५ वर्षीय बुवा दानबहादुरको कुटपिट गरी हत्या गरेको आरोप छ । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले मदिरा सेवन गरी आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेका हुन् । घटनापछि घाइते दानबहादुरलाई उपचारका […]
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]
१२ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल गरेका छन् । आइतबार सिंहदरबारमा भएको भेटमा अधिकांश मन्त्रीले अधिकार प्रत्यायोजनको विषय चाँडै टुंग्याएर समायोजन प्रक्रिया यथाशीघ्र थाल्न आग्रह गरे । हाल उपत्यका प्रहरीलाई संघीइ सरकार मातहत राख्ने वा प्रदेश मातहत भन्ने विषयमा विवाद छ । […]
१२ साउन, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, […]
१२ साउन, काठमाण्डौं । भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय (सिँचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी लगभग टुंगो लागेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनी मोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्वद्ध सरोकारवालाहरुको बैठक डाँकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए […]
१२ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय […]
१२ साउन, काठमाडौं । चक्रपथको कलंकी-महाराजगञ्ज-धोवीखोला खण्ड विस्तारको काम थाल्न ढिलाइ भएको छ । यो खण्डलाई ८ लेनमा विस्तार चीन सरकारले आफ्नै खर्चमा गर्दैछ । कोभिड-१९को महामारीका कारण प्राविधिक तयारीका काम सकाउन चिनियाँ टोली नेपाल आउन पाएको छैन । विभागले पनि सडक विस्तारका लागि गर्नुपर्ने पूर्वतयारी सकाएको छैन । सरकारले यो खण्डको सडक सीमा ३१/३१ […]
१२ साउन, काठमाडौं । सल्यान प्रहरीले विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेरबहादुर बस्नेत,जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लालबहादुर शाहु, सार्वजनिक मुद्दाका रामबहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपाट मुद्दाका होमबहादुर बुढा र समबन्ध बिच्छेद मुद्दाका रेखा बुढा रहेका छन् […]
१२ साउन, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा आइतबार राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/2X0W7iH
via IFTTT