Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सफलताको यात्रा : आरनदेखि प्रमुख सचिवसम्म

लोक सेवा आयोगको स्थापना भएको ६८ वर्षसम्म सरकारको सचिव पदमा एकजना पनि दलित समुदायको अनुहार देखिएन । २००७ सालअघि त दलितलाई पढ्ने अधिकार नै थिएन । आजको नेपाली कर्मचारीतन्त्रमा दलित समुदायबाट सचिवमा एक, सह-सचिवमा एक र उप-सचिवमा ७ जनाको उपस्थिति छ । यस्तो असमावेशी कर्मचारीतन्त्रमा दलित समुदायबाट पहिलो सचिव बनेका छन्- डा. मानबहादुर बिके । […]

अब हिरा र बहुमूल्य पत्थरको मूल्य निर्धारण हुने

११ साउन, काठमाडौं । अब बहुमूल्य हिरा तथा पत्थरको मूल्य तोकिने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य हिरा र पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरेको छ । महासंघका अनुसार उपभोक्ताको हितलाई ध्यान दिएर हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापनाको समेत निर्णय भएको छ । यस […]

सनराइज बैंकको विवादबारे राष्ट्र बैंकमा छलफल

११ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको आन्तरिक विवादका विषयमा नेपाल राष्ट्र बैंकमा छलफल भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारी र सनराइज बैंकका सञ्चालकबीच छलफल भएको छलफलपछि बैंकमा देखिएको समस्या तत्काललाई टरेको छ । केही दिनयता बैंकको सञ्चालक समितिमा विवाद सिर्जना भएको विषयमा समाचार आउन थालेपछि राष्ट्र बैंकले चासो […]

व्यापार घाटामा सुधार, लकडाउनका कारण निर्यात पनि ऋणात्मक

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटामा १६.७१ प्रतिशतको […]

कञ्चनपुरमा वडाध्यक्ष कार्यकक्षमै कुटिए

११ साउन,  कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका-८ का वडा सभापति नारद ठगुन्ना सहितको टोलीले अध्यक्षमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘आक्रमणको कारण अझै खुल्न सकेको छैन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले भने, ‘हामी अनुसन्धानमा छौँ […]

पेस्तोल सफाइको क्रममा पड्किँदा सशस्त्र प्रहरीका हवल्दार घाइते   

११ साउन, रुकुमपश्चिम । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आइतबार दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् । सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा […]

हरित सहर निर्माण गर्दै बागमती सरकार

११ साउन, काठमाडौं । बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपत्यकासहित प्रदेशका १३ वटै जिल्लाका सदरमुकाम र शहरमा हरित अभियान थालेको छ । १३ वटै जिल्लामा अभियान थाले पनि सरकारले संघीय राजधानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अतिक्रमण रोक्न र खेर गैरहेका जमीनलाई प्रयोगमा ल्यान सरकारले राजधानीका तीन सहरमा पार्क र सडक […]

रुपन्देहीमा ट्रक र जिप ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

११ साउन, काठमाडौं । रुपन्देहीमा ट्रक र जिप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होमबहादुर घर्ती मगर रहेका छन् । सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको जिप आइतबार बिहान एकआपसमा ठोक्किँदा होमबहादुर गम्भीर घाइते […]

बन्द भयो रौतहटको श्रीराम सुगर मिल

११ साउन, रौतहट । रौतहटको गरुडामा रहेको जिल्लाकै पहिलो श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । झण्डै दुई दशकअघि रौतहटको मध्य बजारमा स्थापना भएको उद्योग बन्द भएको हो । गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ । मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको […]

बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु

११ साउन, काठमाडौं । बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता नगरपालिका-२ बिसुनपुर बस्ने ४० वर्षीया ललिता देवी यादव रहेकी छन् । भाँडा पखाल्ने क्रममा धाराको मोटरबाट करेन्ट लागेर उनको शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ज्यान मुद्दाका फरार प्रतिवादी साढे ८ वर्षपछि पक्राउ

११ साउन, कैलाली । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति साढे ८ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आठ वर्ष ७ महिनापछि पक्राउ गरिएको हो । श्रेष्ठले २०६८ साल मंसिरमा सिंहलाई कुटपिट गरी […]

एसिड आक्रमणमा परेकी युवतीसँग स्वास्थ्यमन्त्रीले भने–उपचारमा सरकारले सघाउँछ

११ साउन, काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा […]

प्रेमिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

११ साउन, काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । शर्माका अनुसार घटना […]

एक रुपैयाँ घुस लिनेलाई पनि छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको […]

एमसीसी अनुमोदनबारे अमेरिकी चासो

११ साउन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ । भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै […]

कर्णालीमा थप २८ जनामा कोरोना संक्रमण, ५ जना डिस्चार्ज

११ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना र सुर्खेतका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]

पौडेल समूहको निष्कर्ष : विभागमा मनोनयन देउवाको महाधिवेशन प्रभावित पार्ने खेल

११ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ । यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् । कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । […]

प्रदेश १ मा थपिए ३१ जना कोरोना संक्रमित

११ साउन, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश […]

पावर सेन्टरहरु नै भ्रष्टाचारको केन्द्र हो : शर्मा

११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको बताएका छन् । पावर सेन्टरहरुमा हेर्ने हो भने भ्रष्टाचार कति छ भन्ने थाहा हुने उनले बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेको शर्माले भने, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र […]

१० दिन कैद सजाय पाएका एकजना पक्राउ

११ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका इमाडोलका राजेन्द्रकुमार महर्जन छन् । उच्च अदालत, पाटनले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि महर्जन फरार थिए । उनीविरुद्ध २० […]

‘राहत पाउन मुख्यमन्त्रीको जिल्लाको हुनुपर्ने रहेछ’

११ साउन, सुर्खेत । गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिकाको वडानम्बर ४, ५ र ६ मा पहिरोले पुरिँदा १४ जनाको मृत्यु भयो भने दुईजना बेपत्ता छन् । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । पहिरोले बेघर बनाएको १७ दिन पुग्दा पनि प्रदेश र संघीय […]



from समाचार – Online Khabar https://ift.tt/3008PzY
via IFTTT
Powered by Blogger.