समाचार
१३ साउन, काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रगति ६२ प्रतिशत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार लकडाउनका बीचमा पनि यस विमानस्थलको काम निरन्तर जारी छ । अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार […]
१३ साउन, काठमाडौं । कर्णालीमा पछिलो २४ घण्टामा चारजना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । सुर्खेतस्थितप्रदेश अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट मंगलबार थप चारजनामा संक्रमण पुष्टि भएको हो । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये ३ जना सुर्खेतको भेरीगंगा नगरपालिका २, ८ र ९ का २७/२७ […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विभाग तथा समितिहरुमा मनोनयन रोक्न माग गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा बाहेक विभाग वा समिति गठन गर्नु निर्वाचन आचारसंहिता र राजनीतिक नैतिकता विपरित भएको निष्कर्ष निकालेको छ । ‘यस्ता लोक हँसाउने भद्दामजाक कर्म […]
१३ साउन, काठमाडौं । १४ चैतदेखि असार मसान्तसम्म भएका चार्टर्ड उडानबाट ८००४ जना विदेशी आफ्नो मुलुक फर्किएका छन् । अध्यागमन विभागका अनुसार यसअवधिमा ७१ जना विदेशीलाई भने नेपाल आउने अनुमति मिलेको छ । उनीहरु पनि पर्यटक नभएर विभिन्न मुलुकका दूतावासमा काम गर्ने कर्मचारी हुन् । यस अवधिमा संयुक्त राष्ट्रसंघका १४ जना कर्मचारीलाई नेपाल आउने अनुमति […]
१३ साउन, काठमाडौं । हालै राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् । उनले मन्तव्यका […]
१३ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको […]
१३ साउन, सप्तरी । अविरल वर्षापछि खाँडो नदीमा आएको बाढी गाउँ पस्दा सप्तरीमा ३० घर डुबानमा परेको छ । बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीको अधिकांश ठाउँ जलमग्न भएको छ । यहाँस्थित भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बेस क्याम्प, विद्यालयमा पानी पसेको छ । बाढी गाउँ पसेपछि तिलाठीको बेल्ही गाउँका १० […]
१३ साउन, काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको बेथिति दिनप्रदिन बढ्दै गएको छ । लेखा परीक्षण नगराउने, साधारण सभा नबोलाउने, कर्मचारी नियुक्तिमा मनपरी गर्नेलगायतका अपारदर्शी कामहरु पछिल्ला दिनमा झन् बढ्दै गएका छन् । पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री बनेसँगै बीमा कम्पनीको बेथिति रोकिने सरोकारवालाहरुको अपेक्षा थियो । तर, डा. खतिवडाले […]
१३ साउन, काठमाडौं । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे । सो कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।
१३ साउन कैलाली । दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरो खस्नुअघि घरबाट निस्किएका […]
१३ साउन, कैलाली । बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो । भण्डारीका अनुसार असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेको छ । अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखे र, उक्त बैठकले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ । बाढी पहिरो जस्ता प्रकृतिक विपत्तिमा […]
१३ साउन,बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुईजना चारलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई घुस […]
१३ साउन, काठमाडौं । चत्रपथको तीनकुने-एयरपोर्ट-तीलगंगा खण्ड विस्तारको योजनाबाट सरकारपछि हटेको छ । यो खण्डलाई नमूना शहरी सडकका रुपमा विकास गर्ने भनिएपनि मुआब्जामा ठूलो रकम खर्चनुपर्ने देखिएपछि तत्कालका लागि विस्तारको काम अघि नबढाउने निर्णय भएको सडक विभागले जनाएको छ । यो खण्ड नेपाली सीप, प्रविधि र लगानीमा बनाउने गरी विभागले डिजाइन तयार गरिसकेको छ । […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले भेट गरेकी छन् । पौडेलले नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताएका छन् । भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको […]
१३ साउन, विराटनगर । मंगलबार विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखामा भागाभाग मच्चियो । विराटनगर महानगरपालिका- ३ का एक व्यक्ति रिपोर्ट लिन पुगेपछि कर्मचारीले उनको रिपोर्ट खोज्न थाले । जब उनमा संक्रमण पुष्टि भएको रिपोर्ट देखियो कर्मचारीमा भागाभाग सुरु भयो । दिउँसो करिब १ बजे पुगेका व्यक्तिलाई महानगरपालिकाले तत्काल एम्बुलेन्स बोलाएर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र […]
१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स […]
१३ साउन, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र […]
१३ साउन, हेटौंडा । सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले वर्षा लगत्तै घर निर्माण गरिदिने आश्वासन दिएका छन् । साउनको पहिलो साता गएको बाढी र पहिरोबाट पीडित भएका उनीहरुको आवास निर्माणका लागि बजेट छुट्याइसकेको जानकारी दिए । पूर्णरुपमा घरबारविहीन भएका पीडितहरुका लागि वर्षा सकिने वित्तिकै का गर्ने तयारी […]
१३ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका नुवाकोटको साविक थानापति गाविस-९ घर भई ललिपुर जिल्लाको ललितपुर महानगरपालिका-१४ तिखीदेवल बस्ने ४३ वर्षीय पारस लोहोनी रहेका छन् । उच्च अदालत, पाटनले २५ दिन कैद र २४ लाख […]
१३ साउन, काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका स्थायी कमिटीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेको बताइएको छ । अहिले प्रचण्डले बैठकका […]
from समाचार – Online Khabar https://ift.tt/2P4VXT7
via IFTTT