समाचार
१५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणको लागि स्वीकृति पाएका सबै निजी ल्याबहरु आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न दिने निर्णय गरेको छ। बुधबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयको प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। ‘सरकारले संकलन गरेको स्वाबले सरकारकै ल्याबलाई ठिक्क भएकाले यस्तो निर्णय गरिएको हो,’ प्रवक्ता गौतमले […]
१५ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर र बाराको परवानीपुर गाउँपालिका-३ लिपनीविर्तामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको गाउँमै परम्परागत रुपमा अन्तयेष्टि गर्ने निर्णय भएको छ । कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या देखिएपछि दुईवटा वडाले त्यस्तो निर्णय गरेका हुन् । दुईवटै वडाका अध्यक्ष तथा अगुवा बसेर सकेसम्म […]
१५ साउन, कैलाली । क्वारेन्टिनमा बसेका बेला विषालु सर्पले डसेका कैलालीका एक युवकको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-४ का २२ वर्षीय युवक रहेका छन् । भारतबाट आएर जेठ २६ गतेदेखि उनी गौरीगंगा-४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका थिए । उनलाई असार १२ गते बिषालु सर्पले डसेको थियो […]
१५ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप २२ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सुर्खेतका ७ जना, सल्यानका ३ जना, […]
१५ साउन, काठमाडौं । सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ । उद्योग मन्त्रालयको प्रस्ताव र अर्थमन्त्रालयले अनुमतिमा मन्त्रिपरिषदले दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति दिएको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् […]
१५ साउन, काठमाडौं । ११ चैत २०७६ पछि पूर्ण रुपमा बन्द भएका पर्यटकीय गतिविधि आजबाट औपचारिक रुपमा खुलेका छन् । होटेल, पर्वतारोहण, पदयात्रा तथा टूरसम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले आजबाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार कार्यालय फाट्टफुट्ट खुलेका छन् । तर, तत्काल कुनै विजनेश नभएका […]
१५ साउन, काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने […]
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा उत्रिएको छ । देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले बिहीबार देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको थियो । तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता […]
१५ साउन, वीरगञ्ज । पर्साका क्रियाशिल राजनीतिक दलले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्न चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन गरी दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पर्सा र बारामा […]
१५ साउन, काठमाडौं । देश भरका अधिकाशं भूभागमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईले पठाएको विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । उच्च […]
१५ साउन, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले […]
१५ साउन, विराटनगर । प्रदेश सरकारले निर्माण गरेका दुईवटा आइसोलेसन कक्ष भरिएपछि विराटनगरका कोरोना संक्रमित घरमै बसेका छन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसन भरिएपछि विराटनगरका संक्रमित घरमै बसेका हुन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड १९ उपचार […]
१५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने गोकर्णेश्वर महादेव बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको मन्दिरको प्रबन्धक समितिको बैठकले अर्काे सूचना जारी नभएसम्म नित्यपूजा बाहेक भक्तजनको लागि मन्दिर दर्शन बन्द गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । […]
१५ साउन, कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी उपरीक्षक […]
१५ साउन, काठमाडौं । काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ । आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर […]
१५ साउन, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने ) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय फेरि सुरु गरेको प्रश्न उठेपछि बिहीबार बसेको समितिको बैठकले […]
१५ साउन, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक […]
१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् । ‘अस्ती मलाई […]
१५ साउन, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा गरीब र विपन्न परिवारका लागि निःशुल्क वितरण गर्नुपर्ने सोलार बत्तीमा अनियमितता भएको पाइएको छ । बिजुली बत्तीवको पहुँच नभएका गरीब परिवालाई अनुदानमा निःशुल्क उपलब्ध गराइएका सोलार बत्ती जनप्रतिनिधि र कर्मचारीले आफ्नो घरमा जडान गरेको पाइएको हो । कञ्चन गाउँपालिका वडा नं १ वडा सदस्यहरु गोमा कार्की, जुना परियार, […]
१५ साउन, बुटवल । बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण बुटवल–४ लक्ष्मीनगरमाथिको चुरे पहाड खसेपछि बस्ती जोखिममा परेको हो । तीनतिरबाट झरेका पहिरोले दर्जनौं रुख र ठूला–ठूला ढुंगाहरु बगाएर ल्याउंदा सुखौरा खोलाको धार नै परिवर्तन गरेको छ । पहिरोले खोला नै थुनिने र बस्तीतिर आउने खतरा बढेको स्थानीय […]
१५ साउन कैलाली । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए । ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म […]
from समाचार – Online Khabar https://ift.tt/3jSNQqX
via IFTTT