समाचार
१६ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका– ५ मा रहेको जिल्लाकै सबैभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स बन्द भएको सूचनाले किसान चिन्तित बनेका छन् । साउन ११ गते उद्योग सञ्चालक समितिले एक सूचना जारी गर्दै महम्मदपुर गरुडामा रहेको सो चिनी मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो । २०४९ सालमा स्थापना […]
१५ साउन, काठमाडौं । नेपाली उद्योग क्षेत्रको एउटा स्थापित व्यापारिक घराना हो, सारडा समूह । यस समूह अन्तर्गतका उद्योगहरुले विद्युतीय केवल, चाउचाउ, बिस्कुट, सावुनदेखि अक्सिजन ग्यास, सिमेन्ट तथा स्टिल लगायत धेरै सामग्रीको उत्पादन र बिक्री गरिरहेका छन् । पुख्र्यौली उद्योग-व्यवसायमा रमाइरहेको यस समूहको नेतृत्व शिवरतन सारडाले गरिरहेका छन्, जो उमेरले ७० वर्षका भए । वृद्धावस्थाका […]
१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई रद्द गरेको छ । शुक्रबार सूचना जारी गरी काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने पास रद्द गर्ने निर्णय गरेको हो । अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारी समेत सञ्चालनमा छ । तर विभिन्न जिल्लाबाट नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरस […]
१६ साउन, सुर्खेत । कालीकोटको पलाता गाउँपालिकामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । गाउँपालिकाको वडानम्बर-८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजे कुलो मर्मत गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर रोकायको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]
१६ साउन, कैलाली । बाजुरामा पहिरोमा बेपत्ता भएका एकजनाको तीन दिनपछि शव फेला परेको छ । बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए । साँफे मार्तडी सडक खण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर उनी बुधबारदेखि बेपत्ता […]
१६ साउन, काठमाडौं । अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब […]
१६ साउन, चितवन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गरिएको छ । अस्पताल सञ्चालक समितिको बैंठकले हरेक स्वास्थ्यकर्मी तथा कामदार कर्मचारीहरुले जनही एक लाख रुपैयाँ पाउने गरी कोरोना बिमा गर्ने निर्णय गरेको अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । अस्पतालले ६८६ जनाको प्रिमियर बिमा कम्पनीमा […]
१६ साउन, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्याक्रीमा विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो । ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैहरेको थियो । […]
१६ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्याइन् । एसपी पन्तले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ निवासी ३१ वर्षीया महिलाकै लागि एम्बुलेन्स खोजीरहेकी थिइन् […]
१६ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा बोल्ने […]
१६ साउन, काठमाडौं । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले अनलाइनखबरलाई बतायो […]
१४ साउन, बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ (साविक बिच्छँया गाविस) तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् । बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ । तर, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा वामदेव गौतमको नाम अहिलेजस्तो धमिलो थिएन, […]
१६ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ । अघिल्लो दिन पनि भारतमा कोरोना […]
१६ साउन, काठमाडौं । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ । दरबारमार्ग प्रहरीका तत्कालीन […]
१६ साउन, काठमाडौं । सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ । बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तै शुक्रबारका लागि तेजावी सुनको कारोबार मूल्य […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको […]
१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तुको प्रत्यक्ष बिक्री गर्ने नाममा नेटवर्किङ व्यवसाय सञ्चालन गर्न सक्ने गरी इजाजत दिन थालेको छ । विगतमा विभिन्न कम्पनीले गरेको अवैध नेटवर्किङ व्यवसायलाई पुनर्जिवित गर्ने गरी नयाँ इजाजत दिन थालिएको भन्दै सांसदहरुले विरोध गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता […]
१६ साउन कैलाली । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए । भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ […]
१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप […]
१६ साउन, काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको पाइएको छ । दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको […]
from समाचार – Online Khabar https://ift.tt/317yZAn
via IFTTT