समाचार
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा १२ सय बढी उजुरी परेको थियो । स्वयं पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध पनि उजुरी परेको थियो । तर, अनुशासन समितिमा पूर्वमन्त्रीद्धय गोविन्दराज जोशी, पुस्करनाथ ओझा र डडेल्धुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गर्यो भने अरुलाई सचेत गराएर छाड्यो । अरुलाई माफी दिएको कांग्रेसले […]
११ साउन, काठमाडौं । कुपण्डोलको वाग्मती पुल नजिकै घर भएका सानुकान्छा गुवाजु आजभोलि मर्निङवाकमा निस्कँदैनन् । उमेरले ६५ कटेका गुवाजुलाई घर बाहिरको सडकको अवस्था सम्झेरै दिक्क लाग्छ । दिउँसो किनमेलका लागि बजार निस्कँदा पानी परेपछि उनी पान्इट माथि सारेर कहिले वल्लो त कहिले पल्लो छेउ ढुन्मुनाइरहेका थिए । ‘टेक्ने ठाउँ नै भेटिन्न, सडक बनाउनु त […]
११ साउन, काठमाडौं । भनिन्छ, मानिसले समाजमा राम्रो काम ग¥यो भने उसका मलामीहरु बढ्छन्, राम्रो काम गरेन भने मलामी घट्छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई चाहिँ आफ्नो कामले गर्दा मलामीहरु घटिरहेको महसुस भएछ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल हुँदा अख्तियारका प्रमुख […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ । यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् । कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । […]
लोक सेवा आयोगको स्थापना भएको ६८ वर्षसम्म सरकारको सचिव पदमा एकजना पनि दलित समुदायको अनुहार देखिएन । २००७ सालअघि त दलितलाई पढ्ने अधिकार नै थिएन । आजको नेपाली कर्मचारीतन्त्रमा दलित समुदायबाट सचिवमा एक, सह-सचिवमा एक र उप-सचिवमा ७ जनाको उपस्थिति छ । यस्तो असमावेशी कर्मचारीतन्त्रमा दलित समुदायबाट पहिलो सचिव बनेका छन्- डा. मानबहादुर बिके । […]
११ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न उद्योगको अनुगमन गरेको छ । लकडाउन खुकुलो गरेसँगै खुलेका उद्योग कलकारखानामा भारतीय कामदार आएको गुनासो पछि आइतबार अनुमगमन गरिएको हो । खुल्ला सीमाका कारण लुकिछिपी नेपाल प्रवेश गरेका भारतीय नागरिकले नै वीरगञ्जमा कोरोना फैलाइरहेको आरोप कतिपयले लगाइरहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत […]
११ साउन, सप्तरी । नयाँ संविधान निर्माण प्रक्रियामा असहमति राख्दै आन्दोलनमा उत्रिएको तत्कालीन मधेसी मोर्चाले २ भदौ २०७२ मा भनेको थियो, ‘आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले ५० लाखका दरले आर्थिक सहयोग गर्नुका साथै शिक्षा र रोजगारी दिनेछ ।’ आन्दोलनमा भीड जम्मा पार्न ५० लाख रुपैयाँको लोभ देखाएको भन्दै मोर्चा आलोचित त […]
११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटामा १६.७१ प्रतिशतको […]
११ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–९ की सवी सुवेदीले स्वाब दिनका लागि झण्डै डेढ घण्टा कुर्नु पर्यो । वीरगञ्ज महानगरले ‘एक घर एक पीसीआर परीक्षण’ अभियान सुरु गर्न स्थानीय रेल्वे माविमा स्वाब संकलन गर्ने पूर्व सूचना जारी गरेको थियो । सवी लगायत डेढ सयजना जति स्थानीय स्वाब दिन स्कुलमा पुगेका थिए । दिउँसो १ […]
११ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले भदौ ७ गतेसम्म क्याम्पसमा अनिवार्य उपस्थित हुनु भन्ने कुरा व्यवहारिक नभएको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संघले भदौ १ गतेदेखि लामो दुरीको सवारी चले पनि भौगोलिक विकटताका कारण भदौ सात गते नै सम्बन्धित क्याम्पसहरूमा उपस्थित हुन समस्या रहेको संघको भनाइ छ । संघले बन्दाबन्दीको समयमा […]
११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्वास्थ्य सामग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमुख आयुक्त घिमिरेले कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौता र खरिदका क्रममा भएको अनियमितबारे अनुसन्धान गरिरहेको बताएका […]
११ असोज, काठमाडौं । पत्नी हत्या गर्ने सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाको विरोधमा साजा पार्टीले विरोध प्रदर्शन गरेको छ । आइतबार पाटन दरबार स्क्वायरमा भेला भएका साझा पार्टीका कार्यकर्ताले सजाय छुट दिने उक्त त्रुटिपूर्ण फैसला रद्ध गरेर पीडितलाई न्याय दिन माग गरेका छन् । प्रदर्शनका सहभागीले न्याय पैसामा बिकेको, […]
११ साउन, वीरगञ्ज । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको मेसु डा. मदन उपाध्यायले जानकारी दिए । मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा […]
११ साउन, काठमाडौं । पत्नीहत्याको आरोपमा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संयुक्त इजलासको फैसला पुनरावलोकन हुने भएको छ । आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले गत असार १५ गते गरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएको […]
११ साउन, बुटवल । चीनका बौद्धमार्गीलाई नेपालको लुम्बिनीमा आकर्षित गरी पर्यटनबाट लाभ लिन सरोकारवालाले सुझाव दिएका छन् । नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ औं वर्षको पूर्वसन्ध्यामा नेपाल चीन मैत्री समाज लुम्बिनीले आइतबार आयोजना गरेको अन्तर्क्रियामा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीले लुम्बिनी र बुद्ध धर्मलाई दुई देशको सम्बन्धको प्राथमिकतामा राख्न सके नेपालले लाभ लिन […]
११ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ । आगामी […]
१२ साउन, कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा एक किशोरी गर्भवती भएपछि उनी आफ्नै बाबुबाट बलात्कृत भएको खुल्यो । ६२ वर्षीय बाबुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । शुक्रबार कञ्चनपुरको बेरौली नगरपालिकामा ११ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुवा पक्राउ परे । गत साउन २ गते कैलालीको घोडाघोडी नगरपालिकामा एक पुरुषले आफ्नै २ […]
११ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बिमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बिमा गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा आइतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले सो […]
११ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित मन्त्री बस्नेतले चेपाङ बस्तीमा आगो लागाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबै कुरा सत्य नभएको दावी गरेका हुन् […]
११ साउन, कैलाली । कैलाली करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ का ३० वर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अत्तरिया स्थित पदमा अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]
११ साउन, डोटी । सरकारले छोटो दुरीका यातायातका साधनहरु सुचारु गर्ने निर्णय गरेसँगै डोटीका सार्वजनिक यातायातका साधनहरुमा जोखिम बढेको छ । सरकारले कुल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु वोक्ने गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि डोटीमा सञ्चालन हुने जिपहरुले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन् । ‘डोटीदेखि डडेल्धुरासम्म जम्मा६५ किलोमिटर दुरी छ, भाडा […]
from समाचार – Online Khabar https://ift.tt/2WXzyeV
via IFTTT






















