समाचार
११ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्र्याउन लागिएको नयाँ गाडीबाट ३३ थान मोबाइल बरामद भएको छ । गोल्छा समूहले झिकाएको फोर्ड कम्पनीको गाडीबाट तस्करीको मोबाइल बरामद भएको हो । जीओले जाँचपासको लागि पेस गरेका १९ वटामध्ये २ वटा गाडीमा रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल भेटिएको थियो । गोल्छा समूहको जीओ […]
११ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले अनलाइनखबरलाई बताए […]
११ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पत्नी हत्याको आरोपमा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने गरी फैसला सुनाउने प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर हटाउनु पर्ने माग गरेको छ । राजमोका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको भन्दै सो निर्णय न्यायका मूल्य, मान्यता र नजीरकाविरुद्ध रहेको जनाएका […]
११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पम्फा भुसालले स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा भुसालले बेनामे उजुरीमा अल्झिनुभन्दा ठूला भ्रष्टाचार हेर्न आग्रह गरिन् । कोरोना महामारीका बेला खरिद गरिएको स्वास्थ्य सामाग्रीमा समेत अनियमितता […]
११ साउन, वीरगञ्ज । पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका-९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो । यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो । […]
११ साउन, सप्तरी । नयाँ संविधान निर्माण प्रक्रियामा असहमति राख्दै आन्दोलनमा उत्रिएको तत्कालीन मधेसी मोर्चाले २ भदौ २०७२ मा भनेको थियो, ‘आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले ५० लाखका दरले आर्थिक सहयोग गर्नुका साथै शिक्षा र रोजगारी दिनेछ ।’ आन्दोलनमा भीड जम्मा पार्न ५० लाख रुपैयाँको लोभ देखाएको भन्दै मोर्चा आलोचित त […]
११ साउन, काठमाडौं । लकडाउनका बेला साथीभाइ जम्मा भएर लुडो खेल्न प्रवृत्ति मौलायो । समय व्यतीत गर्न सामान्यरुपमा लुडो खेल्नु नौलो कुरा होइन । तर, पैसा नै राखेर बाजी खेल्न थालेको पाइएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं-१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । […]
११ साउन काठमाडौं । पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनभित्र छिराएर बाहिर निकाली […]
११ साउन, काठमाडौं । चितवनको माडीमा घरायासी विवादका क्रममा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका छन् इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माका अनुसार गएराति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका ३३ वर्षीय धने विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । माडी नगरपालिका–९ […]
११ साउन, काठमाडौं । के तपाईं स्कुटर पार्क गरेको बेला डिकीमा पैसा छोडेर हिँड्ने गर्नु भएको छ ? त्यसो भए होसियार हुनुस् । तपाईंको पैसा चोरी हुन पनि सक्छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा झिकेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी […]
११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा […]
११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको अनलाइनखबरलाई बताए । तर, […]
११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो । करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । […]
११ साउन, विराटनगर । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन । बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर- ६ का एक पुरुषलाई संक्रमण […]
११ साउन, बागलुङ । बागलुङ नगरपालिका–१ निरहेघाट नजिकै सुख्खा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार राति पहिरोमा पुरिएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी […]
११ साउन, काठमाडौं । कुपण्डोलको वाग्मती पुल नजिकै घर भएका सानुकान्छा गुवाजु आजभोलि मर्निङवाकमा निस्कँदैनन् । उमेरले ६५ कटेका गुवाजुलाई घर बाहिरको सडकको अवस्था सम्झेरै दिक्क लाग्छ । दिउँसो किनमेलका लागि बजार निस्कँदा पानी परेपछि उनी पान्इट माथि सारेर कहिले वल्लो त कहिले पल्लो छेउ ढुन्मुनाइरहेका थिए । ‘टेक्ने ठाउँ नै भेटिन्न, सडक बनाउनु त […]
११ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको […]
११ साउन, काठमाडौं । भदौ १ गतेदेखि नयाँ बसपार्कमा टिकट काट्न टोकन प्रणाली लागू हुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा अब नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । कोरोना संक्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भनेका छन् । आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ । कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने […]
११ साउन, हेटौंडा । मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका […]
११ साउन, वीरगञ्ज । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको […]
from समाचार – Online Khabar https://ift.tt/2P9P3Mx
via IFTTT






















