Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

किन बढ्यो तरकारीको भाऊ ? कोही भन्छन् भारतबाट आएन, कोही भन्छन्– भारतबाट ल्याउँदा महंगियो !

१५ साउन, काठमाडौं । पछिल्लो डेढ महिनामा तरकारीकोे मूल्य अत्यधिक बढेको छ । आलु, गोलभेडा, काउली, भण्टादेखि धनियाँ लगायतको मूल्य ६ सय प्रतिसतसम्म बृद्धि भएको छ । थोकमै बढेपछि खुद्रा मूल्य झनै आकासिएको छ । प्रभावकारी सरकारी अनुगमन नहुँदा हरेक छाक तरकारीको खरिदमा उपभोक्ता ठगिन बाध्य छन् । कालीमाटी तरकारी बजारले तोक्ने थोक मूल्य र […]

पाल्पामा कृष्ण जन्माष्टमीसम्मका सबै जात्रापर्वको कार्यक्रम रद्द

१५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पाल्पाले श्रीकृष्ण जन्माष्टमीसम्मका सबै जात्रा पर्व रद्द गर्ने निर्णय गरेको छ । साउन ११ मा जिल्ला प्रशासन कार्यालयमा बसेको सबै स्थानीय तह, गुठीयार र गुठी संस्थानका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् । उनका अनुसार बैठकमा प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी, […]

खुले होटेलका मूलढोका, पाहुनाको स्वागतमा भने समय लाग्ने

१५ साउन, काठमाडौं । सरकारले १५ साउनबाट पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गर्‍यो । यसमा होटेल पनि थियो । सोहीअनुसार बिहीबारबाट देशभरका होटेल खुलेका छन् । तर, यसलाई व्यवसायीहरु मुलढोका उघि्रएको मात्र रुपमा बुझ्छन । किनकी यो सार्वजनिक यातायात वा हवाई यातायातजस्तै खुल्नासाथ चलिहाल्ने व्यवसाय होइन । ‘अहिले होटेल खुल्नु मतलव आजै पाहुनालाई स्वागत हुन्छ […]

कोसीका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अनिश्चितकालका लागि ओपीडी बन्द

१५ साउन, विराटनगर । कोसी अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार बिहीबार ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएको हो । ओपीडी इञ्चार्जसहित दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दुईजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा […]

पूरै योजनामा फर्जी कागजात

१५ साउन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा दलितका लागि छुट्याएको १० लाख रुपैयाँ काम नगरी भुक्तानी दिएको पाइएको छ । दलित क्षमता विकास उपभोक्ता समितिको नामबाट पेस भएको प्रस्ताव स्वीकृत भई भुक्तानी दिइएका उक्त योजनाका सबै कागजातहरु फर्जी रहेको पाइएको छ । गत जेठ १४ गते एक भेला आयोजना गरी उक्त […]

काठमाडौंका युवक लागूऔषधसहित सर्लाहीमा पक्राउ

१५ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले लालबन्दी नगरपालिकाबाट एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको टोखा घर भई काठमाडौंको जोरपाटी नगरपालिका १ बस्दै आएका १९ वर्षीय सुनिल सन्थाली छन् । सन्थालीको साथबाट १९६ थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका १ बागबानी नजिक पैदल हिंडिरहेका उनीमाथि शंका लागी […]

स्याङजामा थप एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना

१५ असार, पोखरा । स्याङजा गल्याङमा पनि एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ती सुरक्षाकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै स्याङजामामात्रै एसपीसहित जिल्लाभरिमा ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुनै पनि ट्राभल हिस्ट्रीबिना गल्याङमा बिहीबारमात्रै २ जना संक्रमित पुष्टि भएका छन् […]

सिराहामा कल्भर्टमा डुबेर एकको मृत्यु

१५ साउन, जनकपुरधाम । सिराहाको सिराहा नगरपालिकामा एकजना व्यक्तिको कल्भर्टमा डुबेर मृत्यु भएको छ । सिराहा नगरपालिका-१० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५० वर्षीय मुखियाको सोही कल्भर्टमा डुबेर मृत्यु भएको र शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी […]

पहिरोले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१५ साउन, बुटवल । कपिलवस्तुको सुरई खोला नजिक पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षापछि खसेको पहिरोले बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकाले सडक खुलाउन चार–पाँच घण्टा समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । वर्षा नरोकिएकाले सडक हटाउने काम […]

भारतमा एकैदिन थपिए ५० हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ । त्यस्तै […]

३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा वृद्धाको मृत्यु

१५ साउन, रौतहट । ३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर […]

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

१५ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको […]

सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

१५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य […]

बैंकमा थुप्रियो पैसा, २० अर्ब तरलता तान्दै राष्ट्र बैंक

१५ साउन, काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता थुप्रिए पछि रिभर्स रिपोमार्फत नेपाल राष्ट्र बैंकले तरलता तान्न लागेको हो । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता […]

कर्मचारी भर्नामा ट्रेड युनियनको भूमिकाप्रति लोक सेवाको असन्तुष्टि

१५ साउन, काठमाडौं । कतिपय सार्वजनिक संस्थानहरुमा कर्मचारी पदपूर्ति, बढुवा र सरुवामा ट्रेड युनियनको भूमिका कायमै रहेको भन्दै लोक सेवा आयोगले असन्तुष्टि जनाएको छ । ट्रेड युनियनका प्रतिनिधि कर्मचारी छनोट गर्ने, सरुवा गर्ने, बढुवा गर्नेमा संलग्न रहने व्यवस्था नसच्चिएसम्म त्यस्ता संस्थानहरुमा कर्मचारी भर्नामा सहभागी नहुने अडान आयोगले लिएको छ । आयोगले औपचारिक रुपमा र अनौपचारिक […]

भिरको बाटोले मुख्यमन्त्री पौडेल विवादमा, सत्तापक्ष र प्रतिपक्षले बनाए मोर्चा

१५ साउन, हेटौंडा । पश्चिम मकवानपुरको मनहरी र धादिङ जोड्ने सडक निर्माणको तयारी चलिरहँदा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विवादमा तानिएका छन् । डीपीआरसमेत तयार भइसकेको उक्त सडक बन्दैन भन्ने अभिव्यक्ति दिएपछि पौडेलविरुद्ध सत्ता पक्ष र प्रतिपक्ष दलले संयुक्त मोर्चाबन्दी गरेका छन् । साउन ७ गते मकवानपुरको कैलाश गाउँपालिकामा बनेको दुबो खोला पुल उद्घाटनको क्रममा […]

प्रदेश २ मा फेरि लकडाउनको माग, कोरोना संक्रमितमध्ये २० प्रतिशतमा लक्षण देखिन थाल्यो

१५ साउन, जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ । कुल २६ हजार ४ सय ७ जनाको स्वाब संकलन गर्दा २ हजार ५२१ […]

समुदायमा फैलियो कोरोना, प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोन’मा परे

१५ साउन, बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको हो । शुक्रबार प्रदेशसभाको बर्खे अधिवेशनको अन्त्यमा मुख्यमन्त्री शेरधन राईले तीन […]

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

१५ साउन, काठमाडौं । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ । प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी […]

एक वर्षमा नेपालबाट ६७१ विदेशी पर्यटक निष्कासित

१४ साउन, काठमाडौं । नेपालले एक वर्षको अवधिमा विभिन्न कसुरमा मुछिएका ६७१ जना विदेशी नागरिकलाई निष्कासित गरेको छ । यसमध्येको ठूलो संख्या भिसा अवधि सकिएपछि नवीकरण नगराई बसेका विदेशी नागरिकहरूको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ मा ‘ओभर स्टे’को कसुरमा ५७८ र अन्य कसुरमा ९३ जना विदेशीलाई नेपालले सम्बन्धित मुलुकमा फिर्ता गरेको हो । […]

‘फुच्चे स्याटेलाइट’ नेपालको, फोटो खिच्ने ग्राउन्ड स्टेसन भुटानको !

१५ साउन, काठमाडौं । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न थालेको गत असार २ गते एक वर्ष बित्यो । यो स्याटेलाइट प्रक्षेपण भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्‍यो’ भन्दै ट्विट गरेका थिए । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएलगत्तै विज्ञहरुले भने यो स्याटेलाइटलाई ‘डुंगालाई पानी जहाज […]



from समाचार – Online Khabar https://ift.tt/333K202
via IFTTT
Powered by Blogger.