समाचार
१३ साउन, बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ती पुरुष भारतबाट रुपन्देहीको […]
१३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने व्यवस्था गरेको हो। महानगरपालिका क्षेत्रभित्र रहेका […]
१३ साउन, काठमाडौं । सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय […]
सामान्यतया चिया सबैले रुचाउने पेय पदार्थ हो भने भट्टी नियमित जानेले समेत नाम लिन संकोेच मान्ने ठाउँ । भक्तपुरको न्यातपोल मन्दिरको सम्मुखमा विजेश हाडाले सुरु गरेको ‘चिया भट्टी’तर्फ भने युवाहरूको आकर्षण बिस्तारै बढ्न थालेको छ । न्यातपोल मन्दिरलाई चिया पसलबाटै विभिन्न कोणबाट नियाल्न सकिने यो भट्टीका कार्यकारी निर्देशक हाडा यहाँ खानेकुराभन्दा धेरै न्यातपोल क्षेत्रको सुन्दरता […]
१३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका प्रमुखहरुले अबदेखि निजी अस्पतालमा अभ्यास गर्न नपाउने व्यवस्था गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ,’ भन्ने बुँदालाई टेकेर यो व्यवस्था लागू गरेको हो । यसअघि अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका कतिपय चिकित्सकहरुले निजी […]
१३ साउन, डोटी । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा मेलतोलीमा रहेको चौड्यालेश्वर आधारभूत विद्यालयको बालविकास कक्षा राम्रोसँग सजाइएको थियो । भुइँमा कार्पेट, कार्पेटमाथि चकटी, बालबालिकाहरुलाई पढ्नका लागि गोलो मेच र भित्तामा वर्णमाला सजाइएको थिए । बालबालिकाहरुका लागि खेल्ने सामग्रीहरु पनि प्रशस्तै थिए । तर, अचेल उक्त कोठा चौपाया बस्ने गोठ जस्तो देखिन्छ । भारतबाट आएर […]
१३ साउन, काठमाडौं । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर जोगिएका छन् । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टले अनलाइनखबरलाई बताए अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् । छोरा २१ […]
१२ साउन, काठमाडौं । असार १ मा सरकारले लकडाउनलाई खुकुलो (लुजडाउन) गर्ने निर्णय गरेपछि मोटरसाइकल सो–रुमहरु खुल्न थाले । सुरुमा नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीको लक्ष्य थियो, कम्तीमा सञ्चालन खर्च जुटाउन सक्ने गरी ब्यापार गर्ने । त्यसकै लागि कम्पनीहरुले ग्राहकका लागि ‘अफर’ ल्याए । असार महिना मोटरसाइकल किन्नेका लागि ‘अफ सिजन’ […]
१३ साउन, चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो । बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । पक्राउ परेका अन्यमा रुकुमका […]
१३ साउन, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् । उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार […]
१३ साउन, काठमाडौं । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो । महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका […]
१३ साउन, काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको बेथिति दिनप्रदिन बढ्दै गएको छ । लेखा परीक्षण नगराउने, साधारण सभा नबोलाउने, कर्मचारी नियुक्तिमा मनपरी गर्नेलगायतका अपारदर्शी कामहरु पछिल्ला दिनमा झन् बढ्दै गएका छन् । पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री बनेसँगै बीमा कम्पनीको बेथिति रोकिने सरोकारवालाहरुको अपेक्षा थियो । तर, डा. खतिवडाले […]
१३ साउन, काठमाडौं । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर सिधै पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा पुगेका प्रचण्डले कडा अभिव्यक्ति दिए । सोही कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले पनि केही व्यक्ति चोइटिएर जान सक्ने बताए । साउन १३ सम्मका लागि स्थगित स्थायी कमिटी बैठकअघि दुवै पक्षबीच महाधिवेशन वा केपी ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने […]
१३ साउन, खोटाङ । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा दुई करोड ५५ लाख ५५ हजार रुपैयाँ, भदौमा ३८ लाख २७ हजार रुपैयाँ, असोजमा ५६ लाख ५७ हजार रुपैयाँ, कात्तिकमा ६२ लाख आठ हजार […]
१३ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या देखिएको छ । शव व्यवस्थापनका लागि तोकिएको ठाउँका स्थानीयले विरोध गरेपछि अन्त्येष्टिमा समस्या भएको हो । कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका पाँच जना संक्रमितको शव व्यवस्थापन तीन ठाउँमा भएको छ । स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा आइतबार मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापन मध्यरातमा […]
१३ साउन, अमरगढी । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको […]
१३ साउन, काठमाडौं । १६ कात्तिक २०७६ मा भारतले नेपाली भूभाग समेत आफ्नोतर्फ पारेर नक्सा निकालेलगत्तै कुटनीतिक नोटमार्फत नेपालले छलफलबाट निकास निकाल्न प्रस्ताव गर्यो । तर, यो प्रस्तावलाई भारतले बेवास्ता गर्यो । त्यहीबीच भारतले नेपाली भूमि हुँदै कैलाश–मानसरोवर जाने सडक बनाएपछि विवाद थप चर्कियो । पटक पटकको वार्ता प्रस्ताव अस्विकारेपछि नेपालले आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा […]
१३ साउन, बलेवा । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ […]
१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन थप सहजीकरण गर्ने भएको छ । वित्तीय स्थिरताका लागि ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिले आत्मसात् गरेको दिशालाई थप प्रष्ट पार्दै नयाँ निर्देशन जारी गरेको हो […]
१३ साउन, काठमाडौं । नेपालमा कोरोनाको सन्त्रास बढेदेखि नेपाली चलचित्र क्षेत्र सुनसान प्रायः छ । यद्यपि, यो सन्नाटामा पनि चलचित्रकर्मीहरुले सञ्चार माध्यमका ‘इन्टरटेनमेन्ट ब्यूरो’ लाई बिजनेसको कमी हुन दिएका छैनन् । चलचित्रकर्मीका एकपछि अर्को विवाद र स्क्यान्डलबाट सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जालले समेत खुराक पाइरहेको छ । सरकारले कोरोना रोक्नका लागि १० चैतमा देशव्यापी लकडाउन […]
१३ साउन, काठमाडौं । गत साल चैत ११ मा कामदार आपूर्तिबारे सरकारी स्तरमा जापान–नेपाल सहकार्यको समझदारी (एमओसी) हुँदा धेरैलाई लागेको थियो– अब भाषा परीक्षा पास गरेर कोरियामाजस्तै गरी जापान पनि जान पाइनेछ । तर, डेढ वर्षसम्म नेपाली कामदारले यो सम्झौताको लाभ लिन सकेका छैनन् । दुई देशबीच भएको एमओसीअनुसार ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू)को सरकारी प्रक्रिया […]
from समाचार – Online Khabar https://ift.tt/3f3fj5v
via IFTTT