समाचार
१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको […]
१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौं प्लाजामा सर्न बाटो खुलेको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज/भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज/भाडा सम्झौता […]
१२ साउन, गुल्मी । अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड अवरुद्ध भएको छ । शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को कालिगण्डकी करिडोर अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । […]
१२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका युवक राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ । भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो । ‘हामीकहाँ फरेन्सिक विशेषज्ञ नभएको र विवादित घटनासमेत भएकाले विज्ञलाई […]
१२ साउन, झापा । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए । […]
१२ साउन, काठमाडौं । लकडाउन अन्त्य भएसँगै अन्य सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किएका छन् । तर खेलकुद क्षेत्र भने सामान्य बन्न अझै सकिरहेको छैन । कोरोना संक्रमण र लकडाउनले गर्दा चार महिनासम्म नेपाली खेलकुद ठप्प रह्यो । खेलाडीहरु यति लामो समयसम्म फुर्सदमा रहेको यो पहिलो पटक हो । लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको […]
१२ साउन, काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने शाहले बताएका थिए । उनले आफूलाई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने […]
१२ साउन, बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट […]
१२ साउन, काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच […]
१२ साउन, गोरखा । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको छ । स्तरोन्नतिका लागि ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । ‘विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको हो,’ प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने, ‘काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसक्यो […]
१२ साउन, काठमाडौं । युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि जितेको छ । जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल […]
१२ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ । […]
११ साउन, वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज–१० आदर्शनगर पुरानो बसपार्कका मृतक ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको […]
११ साउन, काठमाडौं । पत्नीहत्याको आरोपमा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संयुक्त इजलासको फैसला पुनरावलोकन हुने भएको छ । आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले गत असार १५ गते गरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएको […]
११ साउन, काठमाडौं । पत्नी हत्यामा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसला पुनरावलोकन हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्न आइतबार बसेको न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधान्यायाधीश समेतको बेन्चले भनेजस्तो हत्याको घटना ‘भवितव्य’ […]
११ साउन, जनकपुरधाम । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक […]
११ साउन, वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । साउनमा ज्यान गुमाएका ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३ जनालाई कोरोना अस्पतालमा लगिएको छ । २८ जनालाई आइसोलेसनको समेत प्रबन्ध गर्न नसकिएको अवस्था छ […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा १२ सय बढी उजुरी परेको थियो । स्वयं पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध पनि उजुरी परेको थियो । तर, अनुशासन समितिमा पूर्वमन्त्रीद्धय गोविन्दराज जोशी, पुस्करनाथ ओझा र डडेल्धुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गर्यो भने अरुलाई सचेत गराएर छाड्यो । अरुलाई माफी दिएको कांग्रेसले […]
११ साउन, काठमाडौं । भनिन्छ, मानिसले समाजमा राम्रो काम ग¥यो भने उसका मलामीहरु बढ्छन्, राम्रो काम गरेन भने मलामी घट्छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई चाहिँ आफ्नो कामले गर्दा मलामीहरु घटिरहेको महसुस भएछ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल हुँदा अख्तियारका प्रमुख […]
११ साउन, सप्तरी । नयाँ संविधान निर्माण प्रक्रियामा असहमति राख्दै आन्दोलनमा उत्रिएको तत्कालीन मधेसी मोर्चाले २ भदौ २०७२ मा भनेको थियो, ‘आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले ५० लाखका दरले आर्थिक सहयोग गर्नुका साथै शिक्षा र रोजगारी दिनेछ ।’ आन्दोलनमा भीड जम्मा पार्न ५० लाख रुपैयाँको लोभ देखाएको भन्दै मोर्चा आलोचित त […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ । यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् । कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । […]
from समाचार – Online Khabar https://ift.tt/30KHtNA
via IFTTT






















