Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई वर्षापछि घर बनाइदिने मन्त्रीको आश्वासन

१३ साउन, हेटौंडा । सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले वर्षा लगत्तै घर निर्माण गरिदिने आश्वासन दिएका छन् । साउनको पहिलो साता गएको बाढी र पहिरोबाट पीडित भएका उनीहरुको आवास निर्माणका लागि बजेट छुट्याइसकेको जानकारी दिए ।  पूर्णरुपमा घरबारविहीन भएका पीडितहरुका लागि वर्षा सकिने वित्तिकै का गर्ने तयारी […]

२५ दिन कैद सजाए पाएका फरार प्रतिवादी पक्राउ

१३ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका नुवाकोटको साविक थानापति गाविस-९ घर भई ललिपुर जिल्लाको ललितपुर महानगरपालिका-१४ तिखीदेवल बस्ने ४३ वर्षीय पारस लोहोनी रहेका छन् । उच्च अदालत, पाटनले २५ दिन कैद र २४ लाख […]

काठमाडौंमा बरामद धातुमध्ये आधा किलोमात्रै सुन

१३ साउन, काठमाडौं । मंगलबार विहान प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । अरु साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ । कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडी पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो । ती धातुलाई […]

तिलोत्तमामा प्राचीन पोखरी मिचेर वडा भवन बनाइँदै

१३ साउन, बुटवल । प्राचीन पोखरी क्षेत्रमा तिलोत्तमा नगरपालिकाले वडा कार्यालय भवन बनाउने काम नरोकेपछि पुरातत्व विभागले स्थलगत अध्ययन गर्ने भएको छ । रुपन्देहीको तिलोत्तमा–११ मद्रहानीमा सुख्खा अवस्थामा रहेको पोखरी क्षेत्रमा नगरपालिकाले गत पुसमा वडा भवन बनाउन शुरु गरेको थियो । त्यसपछि पुरातत्व विभागले पत्राचार गरेर तत्काल काम अघि नबढाउन निर्देशन दिएको थियो । केही […]

मजदुरमा कोरोना भेटिएपछि जगदम्बा इन्टरप्राइजेज सिल

१३ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना […]

११ जना वडाध्यक्षले भने – पोखरा महानगर भ्रष्टाचारको अखडा

१३ साउन, पोखरा । पोखरा महानगरपालिकाका ११ जना वडाध्यक्षले महानगरपालिका भ्रष्टाचारको अखडा भएको आरोप लगाएका छन् । एकपछि अर्को भ्रष्टाचारको घटना सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले ठेक्कापट्टामा अनियमितता भएको, बेरुजु बढेको र महानगर भाडाको लोभमा डुबेको आरोप लगाएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले मेयर मानबहादुर जिसीले नै भ्रष्टाचारलाई रोक्नतिरभन्दा भ्रष्टाचार गर्नेलाई […]

दोलखामा भिरबाट खसेको ढुँगाले लागेर महिलाको मृत्यु

१३ साउन, काठमाडौं । दोलखामा घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु भएको छ । दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो । ‘बिहान करिब ८ः४० को समयमा घरदेखि ५ सय मिटरमाथि पाखाबाट […]

१५ गतेदेखि खुल्ने भयो सौराहा

१३ साउन, चितवन । लकडाउनका कारण बन्द भएको सौराहाको पर्यटकीय गतिविध करिब चार महिनापछि सञ्चालनमा आउने भएको छ । सरकारले साउन १५ गतेदेखि विषेश सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भनेकोले सोही दिनदेखि सौराहा पनि सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । मंगलबार बिहान सौराहामा बसेको […]

पोखरामा एक स्वास्थ्यकर्मी पुनः कोरोना पोजेटिभ

१३ साउन, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार गरेको परीक्षणमा अस्पतालमा कार्यरत ३० वर्षीय नर्सलाई कोरोना संक्रमण पुष्टि गरेको हो । सोमबार संक्रमण पुष्टि भएकी ती नर्स भने करिब ढेड महिनादेखि बिदामा रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍. टुमाया […]

राति पिसाब गर्न निस्किएकी युवती बलात्कृत

१३ साउन, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ । […]

वाँणगंगा, फलेवास र नीलकण्ठ उत्कृष्ट नगरपालिका घोषित

१३ साउन, काठमाडौं । पर्वतको फलेवास, धादिङको नीलकण्ठ र कपिलवस्तुको वाँणगंगा नगरपालिकालाई नेपालका उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ । नेपाल नगरपालिका संघले तीन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । फलेबास नगरपालिका स्रोत परिचालन र वित्तीय व्यवस्थापनतर्फ, नीलकण्ठ नगरपालिका योजना, वातावरण र संकटापन्नतातर्फ र वाँणगंगा नगरपालिका सुशासन र सेवा प्रवाहतर्फ उत्कृष्ट भएको नेपाल नगरपालिका संघका […]

बामदेव फेरि ओलीतिर, अघि सारे ६ बुँदे प्रस्ताव

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् । यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । […]

ललितपुर र भक्तपुरमा पनि विद्युतीय तार भूमिगत गर्न टेन्डर

१३ साउन, काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले ललितपुर र भक्तपुरमा पनि विद्युतीय तारलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले ललितपुर र भक्तपुरको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन ठेकेदार छनोटका लागि आइतबार अन्तराष्ट्रिय टेण्डर आहृान गरेको छ । निर्माण कार्य गर्न इच्छुक कम्पनीहरुले आगामी ७ असोजसम्ममा प्राविधिक र वित्तीय प्रस्ताव पेश गर्न सक्ने […]

गुल्मीमा पहिरोले ६ परिवार विस्थापित, ट्रकसमेत पुरियो

१३ साउन, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । सोही गाउँपालिकामै एउटा ट्रक पहिरोमा पुरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको […]

ललितपुरमा ६७० स्मार्ट सडक बत्ती ४५ दिनभित्रै जोडिने

१३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान गर्न थालिएको छ । मंगलबार महानगरपालिकका मेयर चिरिबाबु महर्जनले बत्ती जडानको कामको औपचारिक थालनी गरे । बागमती पुलदेखि जाउलाखेल र लगनखेल हुँदै सातदोबाटोसम्म बत्ती जोडिनेछ ।  हिमालय होटल -इनार)देखि पाटनढोका अशोक हल, क्वाल्खु हुँदै मगंलबजारसम्म पनि बत्ती जोडिनेछ । पुल्चोकबाट मंगलबजार हुँदै […]

नेकपा विवाद : स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकल निर्णय

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको नेताहरुले बताएका छन् । बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका थिए । […]

कोरोनाबाट मृत्यु हुने साढे ६ लाख नाघे

१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु […]

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

१३ साउन, काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ । प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ […]

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकजनामा कोरोना संक्रमण

१३ साउन, बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ती पुरुष भारतबाट रुपन्देहीको […]

‘प्रधानमन्त्रीले हामीलाई हुल्लडबाजहरु भन्दिनुभो’

१३ साउन, काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन् । गत जेठमा स्थायी कमिटीको बैठक चाहियो भनेर माग गर्ने २० नेतामध्ये पन्त पनि एकजना हुन् । पन्तलगायतका नेताहरुले गरेको मागअनुसार असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्यो पनि । तर, अहिलेसम्म बैठकले कुनै […]

काठमाडौं महानगरका सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम

१३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने व्यवस्था गरेको हो। महानगरपालिका क्षेत्रभित्र रहेका […]



from समाचार – Online Khabar https://ift.tt/2P4m2Bz
via IFTTT
Powered by Blogger.