Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाली सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय वटा राइफल

१४ साउन, काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए । सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ । नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१४ साउन, काठमाडौं । आकासिदो आयातले व्यापार घाटा चुलिइरहँदा नेपाली कफीको बजार भने विश्वभर फैलिरहेको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय व्यापारमा कमी आए पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालले ४५ हजार ८१४ किलो तयारी र कच्चा कफी निर्यात गरेको छ । जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्वीट्जरल्याण्ड, नर्बे, अमेरिका, क्यानडालगायत एक दर्जनभन्दा बढी विकसित […]

कालीकोटमा पहिरोमा परी एकै घरका ७ जनासहित ८ जनाको मृत्यु

१३ साउन, काठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम […]

एसईई नतिजा एक हप्तामा

१४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो […]

विराटनगरमा आइस ड्रगसहित व्यवसायी पक्राउ

१४ साउन, विराटनगर । विश्व बजारमा महंगो मध्येको मानिने मेथामफेटामाइन आइस लागुऔषधसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेल व्यावसायी हुन् । विराटनगर बरगाछीबाट पक्राउ परेका पोखरेलको साथबाट २ सय २२ ग्राम मेथान्टामाइन बरामद भएको […]

बाघको लडाइँ : एक पटक हारेपछि सकियो !

१४ साउन, काठमाडौं । मान्छेले आफ्नो शक्ति विस्तार गर्न युद्ध गरेको धेरै इतिहास छ । एक इन्च भूमिको लागि भयानक युद्धमा होमिने गर्छ मान्छे । त्यही निहुँमा धेरैको रगत र पसिना बग्ने गर्छ । आफ्नो अधिकार क्षेत्र निर्धारण गरेर त्यसको रक्षाका लागि मर्न र मार्न वन्यजस्तु समेत पछि पर्दैनन् । तीमध्ये पनि बाघ बढी लडाकु […]

कैलालीका भजनी र जोशीपुरका वस्तीमा बाढी पस्यो, १०० घर परिवार प्रभावित

१४ साउन, काठमाडौं । कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जानकारी दिए । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, […]

बाघको संरक्षणमा मात्र नेपालीको शान झल्किन्छ : प्रधानमन्त्री

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र […]

मर्जरमा जाने लघुवित्तलाई सुविधै सुविधा

१४ साउन, काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई थप जिम्मेबार बनाइ उनीहरुलाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले प्रेरित गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित रहेर एक एकीकृत निर्देशन जारी गर्दै वित्तीय स्थायित्व, आर्थिक अनुशासन तथा पारदर्शीताका लागि लघुवित्त संस्थालाई […]

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

१४ साउन, घोराही । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा […]

होटलमा आइसोलेसन बनाउन दिने वीरगञ्जका व्यवसायीको घोषणा

१४ साउन, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले आइसोलेसनका लागि न्युनतम मूल्यमा होटल दिने घोषणा गरेका छन् । कोभिड अस्पताल बनाउन समय लाग्न सक्नेतर्फ संकेत गर्दै उनीहरुले होटलहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । वीरगञ्जमा आइसोलेसन कक्ष पर्याप्त नहुँदा अझै पनि ४८ जना कोरोना संक्रमित घरमै बसीरहेका छन् । होटल तथा पर्यटन […]

पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना पुष्टि

१४ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना […]

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

१४ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए । संक्रमित मध्ये अधिकांश सवारी […]

अवैध कल बाइपासमा संलग्न एक पक्राउ

१४ साउन, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठ छन् । विशेष सूचनाको आधारमा खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा छापा मार्दा अवैध रुपमा भीओआईपी कलबाइपास गराउने […]

नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक

१४ साउन, काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ भित्र बाघको संख्या दोब्बर […]

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

१४ साउन, खोटाङ । एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो । रुखबाट लडेको दिनदेखि कम्मरमुनिको […]

संखुवासभाको तुम्लिङटार बजार डुबानमा, भोटखोला जाने सडक १५ दिनदेखि अवरुद्ध

१४ साउन, संखुवासभा । लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तर-दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए । उत्तर-दक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक […]

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

१४ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन […]

ट्रम्पले फेरि भने– कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी

१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ । उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग भने, ‘जब मैले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न रुचाइन्छ ।’ हाइड्रोक्सिक्लोरोक्विन […]

इजरायलका प्रधानमन्त्री नेतन्याहुका छोराले हिन्दुहरुसँग माफी मागे

१४ साउन, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरुसँग माफी मागेका छन् । २९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् । बेन्जामिनका छोरा येरले पोष्ट गरेको […]

नेकपामा दुर्घटना नजिकियो, पार्टीभित्र ओलीलाई नैतिक संकट

१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी […]



from समाचार – Online Khabar https://ift.tt/30Zooam
via IFTTT
Powered by Blogger.