समाचार
१३ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २ जना कर्मचारी, १ जना कामदार र १ जना अस्पताल सञ्चालकको घरमा काम गर्ने व्यक्ति रहेका विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । […]
१३ साउन, काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार्यभार सम्हाल्न पाएका थिएनन् । सोही […]
१३ साउन, काठमाडौं । लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी केकति गर्ने भन्ने विषयको समस्या समाधान हुने भएको छ । रोजगारदाता र संयुक्त ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति भएसँगै यो समस्या समाधान हुने भएको हो । अब रोजगारदाता र संयुक्त ट्रेड युनियनले श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गर्नेछन् । सोही अनुसार सरकारले […]
१३ साउन, गोरखा । दुई महिनाअघिको एक हत्यामा संलग्नको आरोप लागेका युवक गोरखाबाट पक्राउ परेका छन् । गत जेठ १० गते टोखा नगरपालिका– २ खेगल पाखामा मृत भेटिएका हालसम्म नाम नखुलेका २५/२६ वर्षका युवकको हत्यामा संलग्नको आरोप लागेका अजिरकोट गाउँपालिका–४ झ्याँवाका २२ वर्षका गोर्खे भनिने सुरज नेपाली साउन ११ गते घरबाटै पक्राउ परेका हुन् । […]
१३ साउन, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकमा इन्जिनियर कृष्णप्रसाद सापकोटा नियुक्त भएका छन् । सहरी विकास मन्त्रालयसम्बद्ध नगर विकास कोषको कार्यकारी निर्देशकको पद पूर्तिको लागि मन्त्रालयले २०७७ वैशाख २४ मा निवेदन आहृवान गरेको थियो । प्रतिस्पर्धामा सहभागी १२ जना उम्मेदवारको अनुभव, व्यवसायिक कार्ययोजना मूल्याङ्कन र असार १०, ११, १२ र १४ गते सञ्चालित […]
१३ साउन, काठमाडौं । बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल बढीमा ४ वर्ष हुने ऐनमै व्यवस्था छ । एक व्यक्ति एउटा बैङ्कमा लगातार २ कार्यकाल अर्थात् ८ वर्षसम्म सीईओ रहन सक्छ । वार्षिक करोडभन्दा माथि तलब हुने भएकाले सीईओ पद निकै आकर्षक मानिन्छ । त्यसैले पूरै कार्यकाल सकेर बैङ्कबाट बाहिरिन पाउने भाग्यमानी सीईओहरू पनि […]
१३ साउन, काठमाडौं । पछिल्लो समय विश्व बजारमा सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा पनि सुनको भाउ बढेर तोलाकै एक लाखको हाराहारी पुग्न थालेको छ । चुलिँदो मूल्यका कारण सुनको बजार इतिहासमै पहिलोपटक ब्यापार नकारात्मक बनेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । व्यवसायीबाट सुन किन्न आउने उपभोक्ता अहिले […]
१३ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिस्टबाट प्रजातन्त्र खतरामा रहेको बताएका छन् । मंगलबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापालगायतका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले नेकपा नेतृत्वको सरकारमाथि आशंका गरेका हुन् । ‘अहिलेको सरकार सबैतिर कन्ट्रोल गर्न खोज्दैछ । मिडिया कन्ट्रोल गर्न […]
१३ साउन, काठमाडौं । नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो । तर […]
१३ साउन, बुटवल । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकामा ३२ जना र कृष्णनगरका २ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिँदा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । पछिल्लो समय घरबाहिर ननिस्केका व्यक्तिमा पनि संक्रमण भएको पाइएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएकामा १९ जना हालै विदेशबाट फर्किएका र १३ जना […]
१३ साउन, रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका-९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो । रातभर परेको वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको […]
१३ साउन, काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रगति ६२ प्रतिशत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार लकडाउनका बीचमा पनि यस विमानस्थलको काम निरन्तर जारी छ । अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार […]
१३ साउन, काठमाडौं । कर्णालीमा पछिलो २४ घण्टामा चारजना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । सुर्खेतस्थितप्रदेश अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट मंगलबार थप चारजनामा संक्रमण पुष्टि भएको हो । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये ३ जना सुर्खेतको भेरीगंगा नगरपालिका २, ८ र ९ का २७/२७ […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विभाग तथा समितिहरुमा मनोनयन रोक्न माग गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा बाहेक विभाग वा समिति गठन गर्नु निर्वाचन आचारसंहिता र राजनीतिक नैतिकता विपरित भएको निष्कर्ष निकालेको छ । ‘यस्ता लोक हँसाउने भद्दामजाक कर्म […]
१३ साउन, काठमाडौं । १४ चैतदेखि असार मसान्तसम्म भएका चार्टर्ड उडानबाट ८००४ जना विदेशी आफ्नो मुलुक फर्किएका छन् । अध्यागमन विभागका अनुसार यसअवधिमा ७१ जना विदेशीलाई भने नेपाल आउने अनुमति मिलेको छ । उनीहरु पनि पर्यटक नभएर विभिन्न मुलुकका दूतावासमा काम गर्ने कर्मचारी हुन् । यस अवधिमा संयुक्त राष्ट्रसंघका १४ जना कर्मचारीलाई नेपाल आउने अनुमति […]
१३ साउन, काठमाडौं । हालै राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् । उनले मन्तव्यका […]
१३ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको […]
१३ साउन, सप्तरी । अविरल वर्षापछि खाँडो नदीमा आएको बाढी गाउँ पस्दा सप्तरीमा ३० घर डुबानमा परेको छ । बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीको अधिकांश ठाउँ जलमग्न भएको छ । यहाँस्थित भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बेस क्याम्प, विद्यालयमा पानी पसेको छ । बाढी गाउँ पसेपछि तिलाठीको बेल्ही गाउँका १० […]
१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना […]
१३ साउन, काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको बेथिति दिनप्रदिन बढ्दै गएको छ । लेखा परीक्षण नगराउने, साधारण सभा नबोलाउने, कर्मचारी नियुक्तिमा मनपरी गर्नेलगायतका अपारदर्शी कामहरु पछिल्ला दिनमा झन् बढ्दै गएका छन् । पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री बनेसँगै बीमा कम्पनीको बेथिति रोकिने सरोकारवालाहरुको अपेक्षा थियो । तर, डा. खतिवडाले […]
१३ साउन, काठमाडौं । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे । सो कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।
from समाचार – Online Khabar https://ift.tt/39yreHv
via IFTTT