समाचार
१४ साउन, संखुवासभा । लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तर-दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए । उत्तर-दक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक […]
१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ । उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग भने, ‘जब मैले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न रुचाइन्छ ।’ हाइड्रोक्सिक्लोरोक्विन […]
१४ साउन, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरुसँग माफी मागेका छन् । २९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् । बेन्जामिनका छोरा येरले पोष्ट गरेको […]
१३ साउन, काठमाडौं । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ । […]
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी […]
१३ साउन, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको सोसाइटीमा एक सदस्यले जानकारी दिए । सोसाइटीका निर्देशक दिव्यराज पौडेलले तदर्थ समिति गठन भएको जानकारी प्राप्त भएको तर औपचारिक पत्र भने नआइपुगेको बताए । निर्धारित मितिमा महाअधिवेशन नभएपछि अघिल्लो […]
१३ साउन, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज र राजविराजमा लुकिछिपी नेपाल छिरेका भारतीय नागरिकका कारण कोरोना संक्रमण फैलिएको बताएका छन् । उनले सीमा क्षेत्रमा कडाई गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको बताए । ‘खुल्ला सीमाका कारण झुण्ड झुण्ड भारतीय नागरिक आएका छन् । उनीहरुबाट नै कोरोना संक्रमण फैलिएको छ’ उनले भने ‘सीमा क्षेत्रमा कडाइ नगरी […]
१३ साउन, काठमाडौं । १६ कात्तिक २०७६ मा भारतले नेपाली भूभाग समेत आफ्नोतर्फ पारेर नक्सा निकालेलगत्तै कुटनीतिक नोटमार्फत नेपालले छलफलबाट निकास निकाल्न प्रस्ताव गर्यो । तर, यो प्रस्तावलाई भारतले बेवास्ता गर्यो । त्यहीबीच भारतले नेपाली भूमि हुँदै कैलाश–मानसरोवर जाने सडक बनाएपछि विवाद थप चर्कियो । पटक पटकको वार्ता प्रस्ताव अस्विकारेपछि नेपालले आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा […]
१३ साउन, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । यसअघि संक्रमितमा लक्षण नदेखिएपनि अहिले भेटिएका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने लगायतका लक्षणहरु देखा पर्न थालेका छन् । साथै साउनयता ५ जनाको मृत्यु भएको छ । यसले वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको स्थानीय जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । […]
१३ साउन, पोखरा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले […]
१३ साउन, काठमाडौं । पीसीआर परीक्षण भएन भनेर एउटा युवा समूहले अभियान नै बनाए– ‘इनअफ इज इनअफ ।’ पीसीआर परीक्षण बढाउन माग गर्दै यो युवा समुह स्वतस्फूर्तरुपमा सडकमा उत्रियो । ‘इनअफ इज इनअफ’ आन्दोलन सत्याग्रहसम्म पुग्यो र यो समुहका दुईजना अहिले पनि हनुमानढोका दरबार परिसरमा भोक हडतालमा छन् । यता सरकारले काठमाडौं प्रवेश गर्ने नागढुंगा […]
१३ साउन, काठमाडौं । सोमबार साँझ कपनको आकाशेधारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशुलाई बेवारिसे अवस्थामा भेटे । नजिकै रहेको केयर चाइल्ड अर्फानेज र बाहिरका समेत बच्चाहरूले खेल्दै गर्दा भेटेको नवजात शिशुको बारेमा अर्फानेजकी सञ्चालिका पुष्पा अधिकारीलाई खबर गरे । कार्टुनको बाकसमा रहेकी ती शिशु देख्दा ४/५ दिनकी जस्ती देखिन्थिन् । बच्चाको स्वास्थ्य अवस्था […]
१३ साउन, काठमाडौं । नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो । तर […]
१३ साउन, जनकपुरधाम । सरकारले लकडाउन हटाए पनि प्रदेश २ का स्थानीय तहहरुले अति आवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न शुरु गरेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीका चार वटा स्थानीय तहले आफ्नो क्षेत्रभित्रका अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । सदरमुकाम राजविराज नगरपालिकाले लकडाउनको घोषणा गरेको छ भने यहाँ स्थानीय […]
१३ साउन, सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर […]
१३ साउन, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी रहेको स्रोतले बताएको छ । ओलीले मंगलबार बोलाएको स्थायी कमिटी […]
१३ साउन, बुटवल । पाल्पाको रामपुरमा काजकिरिया सकिने दिन पकाएको पितृ भोजको खीर खाँदा २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहतीमा पाउडर दूधमा पकाएको खीर खाँदा २८ जना बिरामी परेका हुन् । बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले […]
१३ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २ जना कर्मचारी, १ जना कामदार र १ जना अस्पताल सञ्चालकको घरमा काम गर्ने व्यक्ति रहेका विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । […]
१३ साउन, काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार्यभार सम्हाल्न पाएका थिएनन् । सोही […]
१३ साउन, गोरखा । दुई महिनाअघिको एक हत्यामा संलग्नको आरोप लागेका युवक गोरखाबाट पक्राउ परेका छन् । गत जेठ १० गते टोखा नगरपालिका– २ खेगल पाखामा मृत भेटिएका हालसम्म नाम नखुलेका २५/२६ वर्षका युवकको हत्यामा संलग्नको आरोप लागेका अजिरकोट गाउँपालिका–४ झ्याँवाका २२ वर्षका गोर्खे भनिने सुरज नेपाली साउन ११ गते घरबाटै पक्राउ परेका हुन् । […]
१३ साउन, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकमा इन्जिनियर कृष्णप्रसाद सापकोटा नियुक्त भएका छन् । सहरी विकास मन्त्रालयसम्बद्ध नगर विकास कोषको कार्यकारी निर्देशकको पद पूर्तिको लागि मन्त्रालयले २०७७ वैशाख २४ मा निवेदन आहृवान गरेको थियो । प्रतिस्पर्धामा सहभागी १२ जना उम्मेदवारको अनुभव, व्यवसायिक कार्ययोजना मूल्याङ्कन र असार १०, ११, १२ र १४ गते सञ्चालित […]
from समाचार – Online Khabar https://ift.tt/3g9YVlc
via IFTTT