समाचार
१४ साउन, काठमाडौं । युएस बंगला एयरलाइन्सले काठमाडौंमा विमान दुर्घटना हुँदा मृत्यु भएका नेपाली विद्यार्थीको आमाबाबुले क्षतिपूर्ति माग गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको कारवाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । विमान कम्पनी र पीडित दुवैतर्फको सुनुवाइपछि सर्वोच्च अदालतले साउन ११ गते अन्तरिम आदेश जारी […]
१४ साउन, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु आइसोलेसनबाट डिस्चार्ज हुने क्रम बढेको छ । बुधबार थप १३ जना डिस्चार्ज भएसँगै आइसोलेसनबाट घर फर्किनेको संख्या १६८२ पुगेको छ । बुधबार प्रदेश अस्पताल सुर्खेतबाट पाँचजना र दुल्लु अस्पताल दैलेखबाट आठजना गरी १३ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यस्तै, कर्णालीमा […]
१४ साउन, काठमाडौं । मोरङमा करेन्ट लागेर बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-११ बस्ने ३६ वर्षीय गोपाल कामत रहेका छन् । बुढीगंगा गाउँपालिका-३ बाँसबारी चोकस्थित गुप्ता होटल र मिष्ठान पसल अगाडि टेन्ट लगाउने क्रममा विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको […]
१४ साउन, महेन्द्रनगर । क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरी शिकार नियन्त्रणलगायत कारणले बाघको […]
१४ साउन, डोटी । डोटीका नौ वटै स्थानीय तह लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाका दुवै नगरपालिका निमित्तकै भरमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) १० औं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था […]
१४ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू केपी ओलीको पक्षमा नलागेको बताएका छन् । र, आफू प्रचण्डको पक्षमा पनि नरहेको उनले संकेत गरेका छन् । पूर्वमाओवादी खेमाका नेता थापा पछिल्लो समय प्रचण्ड समूह छाडेर केपी ओलीको पक्षमा लागेको चर्चा चलिरहेको छ । तर, थापाले बुधबार […]
१४ साउन, काठमाडौं । यातायात व्यवसायीहरुले राष्ट्र बैंकले मौदि्रक नीति कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशन प्रति असन्तुष्टि जनाएका छन् । आफूहरुलाई मध्यम प्रभावित वर्गमा राखिएकोप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाएको हो । अतिप्रभावितमा पर्नेले भन्दा मध्यम प्रभावितमा पर्नेले बैंकबाट पाउने सुविधा कम छ । गाडी बन्द गरेर महिनौंदेखि […]
१४ साउन, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार देशभरमा २१० जनामा कोरोना […]
१३ साउन, काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ । ‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो […]
१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको […]
१४ साउन, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस पिसीआर जाँचका लागि मोबाइल स्बाव संकलन गाडी सीसीएमसीलाई दिएको छ । नेपाली सेनाले उपलब्ध गराएको डबल क्याब पिकअप ल्याण्ड क्रुजर गाडीलाई नास्टले परिमार्जन गरेर स्वाब बुथ तयार गरेको हो । बुथलाई एक कार्यक्रमका बीच प्रतिष्ठानका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले कोभिड–१९ संकट व्यवस्थापन […]
१४ साउन, सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरानजिक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । पानीको बहाव खतरा नजीक […]
१४ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षसहित आगामी तीन वर्ष भित्र करिव साढे १७ खर्ब ऋण थप्ने लक्ष्य राखेको छ । त्यसमध्ये साढे ९ खर्ब वैदेशिक र ८ खर्ब आन्तरिक ऋण हुनेछ । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा मात्र कुल २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने लक्ष्य राखेको छ । […]
१४ साउन, काठमाडौं । सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए । सिंहदरबारभित्र कार्यरत करिब ७ सय जना कर्मचारीको स्वाब संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१४ साउन, काठमाडौं । पर्सा प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर-५ इटियाहीका १९ वर्षीय शेख अजाद रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट २/२ सय थान नुर्फिन, फेनारगन र डाइजेपाम बरामद […]
१४ साउन, पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका-४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । सुवेदीलाई बुधबार बिहान करिब ७ : ३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए […]
१४ साउन, काठमाडौं । कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन सम्बन्धी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी काठमाडौं प्रहरी परिसर, टेकुबाट खोसिएको छ । प्रहरी प्रधान कार्यालय, नक्साल र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रकरणको थप अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई दिएको हो । काठमाडौं प्रहरीको लापरबाहीले साढे १४ किलो […]
१४ साउन, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रीको नीजि सचिवालयले […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन् । ‘पार्टी सभापतिले आसन्न महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको गतिविधिलाई कसरी रोक्ने भनेर छलफल गर्न गुटको बैठक बसेको हो’ एक नेताले भनेका छन् । कांग्रेस […]
१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् । दुई हप्ता पहिले धार्चुलाका […]
१४ साउन, काठमाडौं । धादिङमा आँखाको उपचार गर्न काठमाडौं आउने तयारीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आँखाको उपचार गराउन काठमाडौं आउनुपर्ने भएपछि कोरोना संक्रमण परीक्षण गराएइका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव रानाले बताए । ‘निलकण्ठका ४७ वर्षीय पुरुषले काठमाडौंमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै स्वाब संकलन […]
from समाचार – Online Khabar https://ift.tt/3ggJoAc
via IFTTT