Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सार्वजनिक यातायातलाई ‘मध्यम प्रभावित’को सूचीमा राखेकोमा व्यवसायीको असन्तुष्टि

१४ साउन, काठमाडौं । यातायात व्यवसायीहरुले राष्ट्र बैंकले मौदि्रक नीति कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशन प्रति असन्तुष्टि जनाएका छन् । आफूहरुलाई मध्यम प्रभावित वर्गमा राखिएकोप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाएको हो । अतिप्रभावितमा पर्नेले भन्दा मध्यम प्रभावितमा पर्नेले बैंकबाट पाउने सुविधा कम छ । गाडी बन्द गरेर महिनौंदेखि […]

संसद सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने

१३ साउन, काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ । ‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो […]

पीपीई नचाहिने मोबाइल बुथबाट सिंहदरबारमा स्वाब सं‌कलन (फोटो फिचर)

१४ साउन, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस पिसीआर जाँचका लागि मोबाइल स्बाव संकलन गाडी सीसीएमसीलाई दिएको छ । नेपाली सेनाले उपलब्ध गराएको डबल क्याब पिकअप ल्याण्ड क्रुजर गाडीलाई नास्टले परिमार्जन गरेर स्वाब बुथ तयार गरेको हो । बुथलाई एक कार्यक्रमका बीच प्रतिष्ठानका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले कोभिड–१९ संकट व्यवस्थापन […]

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

१४ साउन, सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरानजिक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । पानीको बहाव खतरा नजीक […]

तीन वर्षमा साढे १७ खर्ब ऋण लिने सरकारी लक्ष्य

१४ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षसहित आगामी तीन वर्ष भित्र करिव साढे १७ खर्ब ऋण थप्ने लक्ष्य राखेको छ । त्यसमध्ये साढे ९ खर्ब वैदेशिक र ८ खर्ब आन्तरिक ऋण हुनेछ । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा मात्र कुल २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने लक्ष्य राखेको छ । […]

सिंहदरबारभित्रका कर्मचारीको स्वाब संकलन

१४ साउन, काठमाडौं । सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए । सिंहदरबारभित्र कार्यरत करिब ७ सय जना कर्मचारीको स्वाब संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगञ्जबाट लागूऔषधसहित एकजना पक्राउ

१४ साउन, काठमाडौं । पर्सा प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर-५ इटियाहीका १९ वर्षीय शेख अजाद रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट २/२ सय थान नुर्फिन, फेनारगन र डाइजेपाम बरामद […]

फिदिमको सिँचाइ कुलोमा शव भेटियो

१४ साउन, पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका-४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । सुवेदीलाई बुधबार बिहान करिब ७ : ३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए […]

सुन प्रकरण अनुसन्धानको जिम्मेवारी काठमाडौं प्रहरीबाट खोसियो

१४ साउन, काठमाडौं । कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन सम्बन्धी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी काठमाडौं प्रहरी परिसर, टेकुबाट खोसिएको छ । प्रहरी प्रधान कार्यालय, नक्साल र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रकरणको थप अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई दिएको हो । काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी […]

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना

१४ साउन, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रीको नीजि सचिवालयले […]

कांग्रेस कार्यालयमा रामचन्द्र पौडेल समूहको बैठक सुरु

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन् । ‘पार्टी सभापतिले आसन्न महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको गतिविधिलाई कसरी रोक्ने भनेर छलफल गर्न गुटको बैठक बसेको हो’ एक नेताले भनेका छन् । कांग्रेस […]

भारतलाई नेपालको जवाफ : आफ्नै भूमि लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा हुनुहुँदैन

१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् । दुई हप्ता पहिले धार्चुलाका […]

काठमाडौं आउन पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि

१४ साउन, काठमाडौं । धादिङमा आँखाको उपचार गर्न काठमाडौं आउने तयारीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आँखाको उपचार गराउन काठमाडौं आउनुपर्ने भएपछि कोरोना संक्रमण परीक्षण गराएइका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव रानाले बताए । ‘निलकण्ठका ४७ वर्षीय पुरुषले काठमाडौंमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै स्वाब संकलन […]

दैलेखको आठबीसमा पहिरोले ६ परिवार विस्थापित

१४ साउन, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै गएको पहिरोले आठबीस-५, मालाचौरका ६ घर विस्थापित भएका हुन । बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने तीन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पहिरोले मानविय क्षती नभए […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१४ साउन, सुर्खेत । एक दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]

पार्टी प्रवेश गराउने समय ठीक भएन : नेता सिंह

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँगको कुराकानीमा उनले अन्य पार्टीबाट प्रवेश गराउनु राम्रो भए पनि अहिले समय ठीक नभएको बताए । कांग्रेसले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई […]

अमेरिकामै अन्त्य भयो तुलसीको सपना

१४ साउन, गलकोट (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मिशेराकी ३९ वर्षीय तुलसी थापा पोखराको एक बोर्डिङ स्कूलमा पढाउँथिन् । त्यसैबेला उनलाई डिभी पर्‍यो । सुरुमा त डिभी पर्‍यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भरेकी थापा डिभी परेपछि खुशी र उत्साहले फुरुङ्ग भइन् । त्यसबखत तुलसीका ६६ वर्षीया आमा […]

अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न मिल्ने नयाँ सफ्टवेयर

१४ साउन, काठमाडौं । काठमाडौंमा रहेको स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न सकिने सफ्टवेयर विकास गरेको छ । लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ । विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो […]

जनैपूर्णिमामा घरघरमा पुगेर रक्षाबन्धन बाँध्न रोक

१४ साउन, रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष […]

सुन प्रकरणको छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति

१४ साउन, काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन भएको छ । प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख […]

सांसद सिटौलाले लिइन् सपथ

१४ साउन, काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराए । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो । उक्त पार्टीको निर्णयअनुसार […]



from समाचार – Online Khabar https://ift.tt/310bDwe
via IFTTT
Powered by Blogger.