समाचार
११ साउन, रुकुमपश्चिम । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आइतबार दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् । सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा […]
११ साउन, काठमाडौं । बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपत्यकासहित प्रदेशका १३ वटै जिल्लाका सदरमुकाम र शहरमा हरित अभियान थालेको छ । १३ वटै जिल्लामा अभियान थाले पनि सरकारले संघीय राजधानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अतिक्रमण रोक्न र खेर गैरहेका जमीनलाई प्रयोगमा ल्यान सरकारले राजधानीका तीन सहरमा पार्क र सडक […]
११ साउन, काठमाडौं । रुपन्देहीमा ट्रक र जिप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होमबहादुर घर्ती मगर रहेका छन् । सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको जिप आइतबार बिहान एकआपसमा ठोक्किँदा होमबहादुर गम्भीर घाइते […]
११ साउन, रौतहट । रौतहटको गरुडामा रहेको जिल्लाकै पहिलो श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । झण्डै दुई दशकअघि रौतहटको मध्य बजारमा स्थापना भएको उद्योग बन्द भएको हो । गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ । मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको […]
११ साउन, काठमाडौं । बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता नगरपालिका-२ बिसुनपुर बस्ने ४० वर्षीया ललिता देवी यादव रहेकी छन् । भाँडा पखाल्ने क्रममा धाराको मोटरबाट करेन्ट लागेर उनको शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
११ साउन, कैलाली । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति साढे ८ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आठ वर्ष ७ महिनापछि पक्राउ गरिएको हो । श्रेष्ठले २०६८ साल मंसिरमा सिंहलाई कुटपिट गरी […]
११ साउन, काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा […]
११ साउन, काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । शर्माका अनुसार घटना […]
११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको […]
११ साउन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ । भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै […]
११ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना र सुर्खेतका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ । यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् । कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । […]
११ साउन, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश […]
११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको बताएका छन् । पावर सेन्टरहरुमा हेर्ने हो भने भ्रष्टाचार कति छ भन्ने थाहा हुने उनले बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेको शर्माले भने, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र […]
११ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका इमाडोलका राजेन्द्रकुमार महर्जन छन् । उच्च अदालत, पाटनले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि महर्जन फरार थिए । उनीविरुद्ध २० […]
११ साउन, सुर्खेत । गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिकाको वडानम्बर ४, ५ र ६ मा पहिरोले पुरिँदा १४ जनाको मृत्यु भयो भने दुईजना बेपत्ता छन् । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । पहिरोले बेघर बनाएको १७ दिन पुग्दा पनि प्रदेश र संघीय […]
११ साउन, काठमाडौं । अमेरिकाको डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो । महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार […]
संसदीय समितिले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ को व्यवस्था बमोजिम प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिले सुरक्षित तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन हुन नसकेको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शिक्षा तथा जनसंख्या मन्त्रालय, उद्योग […]
११ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै विभिन्न व्यवसाय बिस्तारै बौरिन थालेका छन् । करिब ४ महिना लामो लकडाउन सकिए पनि केही व्यवसायिक क्षेत्रमा अझै प्रतिबन्ध हटेको छैन । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले अर्थतन्त्रमा कति प्रभाव पार्यो भन्ने हिसाब हिलेसम्म भएको छैन । सबैले स्वीकारेको विषय हो कि धेरैजसो आर्थिक तथा […]
११ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान […]
११ साउन, सुर्खेत । सरकारले लकडाउन अन्त्य गरेसँगै दैलेखमा फेरि कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेशको सबैभन्दा बढी संक्रमित भएको दैलेखमा पछिल्लो पाँच दिनयता मात्रै ७४ जना नयाँ संक्रमितहरु फेला परेका हुन । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार गत ७ गतेदेखि १० गतेसम्म प्रदेशमा ८९ जनामा संक्रमण देखिँदा दैलेखका मात्रै ५० […]
from समाचार – Online Khabar https://ift.tt/39wel0l
via IFTTT






















