समाचार
१३ साउन, बुटवल । प्राचीन पोखरी क्षेत्रमा तिलोत्तमा नगरपालिकाले वडा कार्यालय भवन बनाउने काम नरोकेपछि पुरातत्व विभागले स्थलगत अध्ययन गर्ने भएको छ । रुपन्देहीको तिलोत्तमा–११ मद्रहानीमा सुख्खा अवस्थामा रहेको पोखरी क्षेत्रमा नगरपालिकाले गत पुसमा वडा भवन बनाउन शुरु गरेको थियो । त्यसपछि पुरातत्व विभागले पत्राचार गरेर तत्काल काम अघि नबढाउन निर्देशन दिएको थियो । केही […]
१३ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना […]
१३ साउन, पोखरा । पोखरा महानगरपालिकाका ११ जना वडाध्यक्षले महानगरपालिका भ्रष्टाचारको अखडा भएको आरोप लगाएका छन् । एकपछि अर्को भ्रष्टाचारको घटना सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले ठेक्कापट्टामा अनियमितता भएको, बेरुजु बढेको र महानगर भाडाको लोभमा डुबेको आरोप लगाएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले मेयर मानबहादुर जिसीले नै भ्रष्टाचारलाई रोक्नतिरभन्दा भ्रष्टाचार गर्नेलाई […]
१३ साउन, काठमाडौं । दोलखामा घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु भएको छ । दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो । ‘बिहान करिब ८ः४० को समयमा घरदेखि ५ सय मिटरमाथि पाखाबाट […]
१३ साउन, चितवन । लकडाउनका कारण बन्द भएको सौराहाको पर्यटकीय गतिविध करिब चार महिनापछि सञ्चालनमा आउने भएको छ । सरकारले साउन १५ गतेदेखि विषेश सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भनेकोले सोही दिनदेखि सौराहा पनि सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । मंगलबार बिहान सौराहामा बसेको […]
१३ साउन, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार गरेको परीक्षणमा अस्पतालमा कार्यरत ३० वर्षीय नर्सलाई कोरोना संक्रमण पुष्टि गरेको हो । सोमबार संक्रमण पुष्टि भएकी ती नर्स भने करिब ढेड महिनादेखि बिदामा रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया […]
१३ साउन, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ । […]
१३ साउन, काठमाडौं । पर्वतको फलेवास, धादिङको नीलकण्ठ र कपिलवस्तुको वाँणगंगा नगरपालिकालाई नेपालका उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ । नेपाल नगरपालिका संघले तीन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । फलेबास नगरपालिका स्रोत परिचालन र वित्तीय व्यवस्थापनतर्फ, नीलकण्ठ नगरपालिका योजना, वातावरण र संकटापन्नतातर्फ र वाँणगंगा नगरपालिका सुशासन र सेवा प्रवाहतर्फ उत्कृष्ट भएको नेपाल नगरपालिका संघका […]
१३ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुर र भक्तपुरमा पनि विद्युतीय तारलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले ललितपुर र भक्तपुरको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन ठेकेदार छनोटका लागि आइतबार अन्तराष्ट्रिय टेण्डर आहृान गरेको छ । निर्माण कार्य गर्न इच्छुक कम्पनीहरुले आगामी ७ असोजसम्ममा प्राविधिक र वित्तीय प्रस्ताव पेश गर्न सक्ने […]
१३ साउन, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । सोही गाउँपालिकामै एउटा ट्रक पहिरोमा पुरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको […]
१३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान गर्न थालिएको छ । मंगलबार महानगरपालिकका मेयर चिरिबाबु महर्जनले बत्ती जडानको कामको औपचारिक थालनी गरे । बागमती पुलदेखि जाउलाखेल र लगनखेल हुँदै सातदोबाटोसम्म बत्ती जोडिनेछ । हिमालय होटल -इनार)देखि पाटनढोका अशोक हल, क्वाल्खु हुँदै मगंलबजारसम्म पनि बत्ती जोडिनेछ । पुल्चोकबाट मंगलबजार हुँदै […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको नेताहरुले बताएका छन् । बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका थिए । […]
१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु […]
१३ साउन, काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ । प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ […]
१३ साउन, बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ती पुरुष भारतबाट रुपन्देहीको […]
१३ साउन, काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन् । गत जेठमा स्थायी कमिटीको बैठक चाहियो भनेर माग गर्ने २० नेतामध्ये पन्त पनि एकजना हुन् । पन्तलगायतका नेताहरुले गरेको मागअनुसार असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्यो पनि । तर, अहिलेसम्म बैठकले कुनै […]
१३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने व्यवस्था गरेको हो। महानगरपालिका क्षेत्रभित्र रहेका […]
१३ साउन, काठमाडौं । सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय […]
सामान्यतया चिया सबैले रुचाउने पेय पदार्थ हो भने भट्टी नियमित जानेले समेत नाम लिन संकोेच मान्ने ठाउँ । भक्तपुरको न्यातपोल मन्दिरको सम्मुखमा विजेश हाडाले सुरु गरेको ‘चिया भट्टी’तर्फ भने युवाहरूको आकर्षण बिस्तारै बढ्न थालेको छ । न्यातपोल मन्दिरलाई चिया पसलबाटै विभिन्न कोणबाट नियाल्न सकिने यो भट्टीका कार्यकारी निर्देशक हाडा यहाँ खानेकुराभन्दा धेरै न्यातपोल क्षेत्रको सुन्दरता […]
१३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका प्रमुखहरुले अबदेखि निजी अस्पतालमा अभ्यास गर्न नपाउने व्यवस्था गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ,’ भन्ने बुँदालाई टेकेर यो व्यवस्था लागू गरेको हो । यसअघि अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका कतिपय चिकित्सकहरुले निजी […]
१३ साउन, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]
from समाचार – Online Khabar https://ift.tt/332xHZN
via IFTTT