समाचार
१४ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो । वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित […]
१४ असार, काठमाडौं । मेलम्चीको मुख्य सुरुङको ‘अडिट’ सुरुङमा पानी थुन्न बनाइएको ढोकाको डिजाइन र जडानमा भएको त्रुटिका कारण गत असार ३० गते एक जनाको मृत्यु र एक जना बेपत्ता हुने गरी दुर्घटना भएको पाइएको छ । दुर्घटनापछि खानेपानी मन्त्रालयले गरेको अध्ययनले सुरुङमा ढोका जोड्दा व्यवहारिकता अपनाउने नाममा लापरवाही गरिएको निष्कर्ष निकालेको छ । खानेपानी […]
१४ साउन, काठमाडौं । शान्ति सैनिकका रुपमा सुडानमा आफ्नो ड्यूटी पुरा गरेका नेपाली सेनाका २ सय ५० कर्मचारी आज काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको वाइडबडी जहाज मंगलबार राती सुडानतर्फ उडेको थियो । उक्त जहाजले काठमाडौंबाट २ सय ३८ शान्ति सैनिक बोकेर सुडान लागेको थियो । यो जहाज ओमानको मस्कटमा ट्रान्जिट लिएर सुडानतर्फ लागेको हो । […]
१४ साउन, काठमाडौं । बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । नेपाल एयरलाइन्सका अनुसार नेपालीको उद्धारका लागि बुधबार पहिलो पटक भारतमा उडान गरिएको हो । बैलौंर आसपासमा रहेका ८० जना नेपालीहरु आज काठमाडौं आउँदैछन् । नेपाल एयरलाइन्सको जहाज एक जना यात्रु बोकेर बैंलोर उडेको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार मलेसिया एयलाइन्सको […]
१४ साउन, वीरगञ्ज । गत जेठ ३२ गते पर्साको पोखरियामा ५ जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखियो । उनीहरु वीरगञ्जस्थित अस्थायी कोरोना अस्पताल गण्डकको आइसोलेसनमा बसेर संक्रमणमुक्त भई पुनः काममा फर्किएका छन् । तर उनीहरुमा काम गर्ने जोस पहिलेको जस्तो छैन । किनभने कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई […]
१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण प्रशासनमा अत्यधिक भिडभाड भएकोले सेवाग्राहीलाई दिइने निश्चित सेवाको लागि छुट्टाछुट्टै बार तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए । साउन ५ गते बसेको मन्त्रिपरिषद्को निर्णय र काठमाडौं, […]
१४ साउन, विराटनगर । मोरङ प्रहरीले आधा केजी लागूऔषध एन्फाटामाइनसहित पक्राउ परेका व्यक्ती व्यापारमा घाटा भोगेपछि लागूऔषध कारोबारमा संलग्न भएको खुलेको छ । मंगलबार ५३० ग्राम मेथाएन्फाटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका मोरङको सुन्दरहरैचा नगरपालिका– ८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल व्यापारमा घाटा व्योहोरेपछि छिटो कमाई गर्न लागूऔषध करोबारमा लागेको खुलेको हो । मोरङका प्रहरी उपरीक्षक […]
१४ साउन, काठमाडौं । सरकारले अब विद्यालय भवनहरुलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर नबनाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार यदि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर […]
१५ साउन,काठमाडौं । पोखरा विश्वविद्यालय लामो समयदेखि पदाधिकारीविहीन भएको भन्दै विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनेरास्ववियूका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्ति गर्न माग गर्दै उनीहरूले १० महिनादेखि विश्वविद्यालय पदाधिकारीविहीन हुँदा शैक्षिक तथा प्रशासनिक काम अन्यौलमा रहेको बताए । विश्वविद्यालयका संस्थापक […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकमा नेताहरुले पार्टी सभापतिले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनलगायतका गतिविधि गरेको भन्दै चर्को विरोध गरेका छन् । बैठकले यस्ता गतिविधि रोक्न सभापति शेरबहादुर […]
१४ साउन, काठमाडौं । युएस बंगला एयरलाइन्सले काठमाडौंमा विमान दुर्घटना हुँदा मृत्यु भएका नेपाली विद्यार्थीको आमाबाबुले क्षतिपूर्ति माग गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको कारवाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । विमान कम्पनी र पीडित दुवैतर्फको सुनुवाइपछि सर्वोच्च अदालतले साउन ११ गते अन्तरिम आदेश जारी […]
१४ साउन, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु आइसोलेसनबाट डिस्चार्ज हुने क्रम बढेको छ । बुधबार थप १३ जना डिस्चार्ज भएसँगै आइसोलेसनबाट घर फर्किनेको संख्या १६८२ पुगेको छ । बुधबार प्रदेश अस्पताल सुर्खेतबाट पाँचजना र दुल्लु अस्पताल दैलेखबाट आठजना गरी १३ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यस्तै, कर्णालीमा […]
१४ साउन, काठमाडौं । मोरङमा करेन्ट लागेर बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-११ बस्ने ३६ वर्षीय गोपाल कामत रहेका छन् । बुढीगंगा गाउँपालिका-३ बाँसबारी चोकस्थित गुप्ता होटल र मिष्ठान पसल अगाडि टेन्ट लगाउने क्रममा विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको […]
१४ साउन, महेन्द्रनगर । क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरी शिकार नियन्त्रणलगायत कारणले बाघको […]
१४ साउन, डोटी । डोटीका नौ वटै स्थानीय तह लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाका दुवै नगरपालिका निमित्तकै भरमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) १० औं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था […]
१४ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू केपी ओलीको पक्षमा नलागेको बताएका छन् । र, आफू प्रचण्डको पक्षमा पनि नरहेको उनले संकेत गरेका छन् । पूर्वमाओवादी खेमाका नेता थापा पछिल्लो समय प्रचण्ड समूह छाडेर केपी ओलीको पक्षमा लागेको चर्चा चलिरहेको छ । तर, थापाले बुधबार […]
१४ साउन, काठमाडौं । सत्तारुढ दलका नेता र सरकार सञ्चालक आन्तरिक झगडामा रुमलिइरहेका बेला देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन । मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन । काठमाडौंभित्रैका दुईवटा […]
१४ साउन, काठमाडौं । यातायात व्यवसायीहरुले राष्ट्र बैंकले मौदि्रक नीति कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशन प्रति असन्तुष्टि जनाएका छन् । आफूहरुलाई मध्यम प्रभावित वर्गमा राखिएकोप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाएको हो । अतिप्रभावितमा पर्नेले भन्दा मध्यम प्रभावितमा पर्नेले बैंकबाट पाउने सुविधा कम छ । गाडी बन्द गरेर महिनौंदेखि […]
१४ साउन, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार देशभरमा २१० जनामा कोरोना […]
१३ साउन, काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ । ‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो […]
१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको […]
from समाचार – Online Khabar https://ift.tt/333ni08
via IFTTT