समाचार
१५ साउन, काठमाडौं । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न थालेको गत असार २ गते एक वर्ष बित्यो । यो स्याटेलाइट प्रक्षेपण भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्यो’ भन्दै ट्विट गरेका थिए । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएलगत्तै विज्ञहरुले भने यो स्याटेलाइटलाई ‘डुंगालाई पानी जहाज […]
१५ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक […]
१५ साउन, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा […]
१४ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो । वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित […]
१४ साउन, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे । छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको कडा भाषण सुनेका थिए । केही नेताले मोबाइलमा […]
१४ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका कोभिड-१९ संक्रमित केही दिन अघि भारतबाट आएको खुलेको छ । कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले गम्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका- ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृत्यु […]
१४ साउन, काठमाडौं । रथारोहण गरिएको चौथो दिनभित्रमा रथयात्रा सुरु गरिसक्नुपर्ने रातो मत्स्येन्द्रनाथको परम्परा तोडिएको छ । शनिबार रथारोहण गरेको मत्स्येन्द्रनाथको रथयात्रा बुधबारसम्म पनि गरिएको छैन । जसले हालसम्मको परम्परालाई तोडेको संस्कृतिविद्हरू बताउँछन् । चैत २८ गते पहिलोपटक स्थगित भएको रथ बनाउने काम असार १० देखि सुरु भएको थियो । पटकपटक स्थगित हुँदै अन्योलका बीच […]
१४ साउन, सुर्खेत । लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या बढेको छ । यस प्रदेशमा असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ । जेठ ५ गते पहिलोपटक संक्रमण पुष्टि भएको कर्णालीमा पहिलो महिना ९५७ जनामा संक्रमण देखिएको थियो । असारमा ७५७ जनामा संक्रमण भेटिएको थियो । तर, साउन पहिलो […]
१४ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । ‘बोर्डले सञ्चालन गर्ने […]
१४ साउन, सुर्खेत । कालीकोटको महावै गाउँपालिकामा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । वडा नम्बर ७ मा बुधबार दिउँसो आएको पहिरोले तुलबहादुर महतराको घर पुरिँदा सात वर्षकी संगीता भण्डारीको मृत्यु भएको हो । त्यस्तै १२ वर्षका गणेश महतरा घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी […]
१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. विश्वराज जोशी (बीआर जोशी ) लाई नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार, वीर […]
१४ साउन, बुटवल । लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम बढेको छ । चार महिना लामो लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेका छन् । सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाप्रति लापरवाही बढ्न थालेको छ । भारतबाट प्रहरीको आँखा छलेर भारतीय कामदारहरु नेपाल आउने क्रम पनि रोकिएको छैन । ती भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको […]
१४ साउन, काठमाडौं । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न आयोगका अध्यक्ष उमेश मैनालीसहितका पदाधिकारीलाई बोलाइएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विजय सुब्बाले प्रश्न गरे– ‘बाबुले छोरीलाई शतप्रतिशत नम्बर दिलाएर लोकसेवा पास गराउन खोजेको कसरी ?’ लोक सेवा आयोगअन्तर्गतको सुरक्षा निकाय तथा संगठित […]
१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् । दुई हप्ता पहिले धार्चुलाका […]
१४ साउन, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले तीन वटा संवैधनिक आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा उपसमिति गठन भएको छ । ५ सदस्यीय उपसमितिमा नेकपाका सांसद झपट रावल र नवराज सिलवाल तथा कांग्रेस सांसद […]
१४ साउन, विराटनगर । धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका […]
१४ साउन, काठमाडौं । सत्तारुढ दलका नेता र सरकार सञ्चालक आन्तरिक झगडामा रुमलिइरहेका बेला देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन । मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन । काठमाडौंभित्रैका दुईवटा […]
१४ साउन, काठमाडौं । उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर यो निर्णय गरेका हुन् । योसँगै उपत्यका प्रहरीको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन हुने भएको गृहका एक […]
१४ साउन, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ४० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । तीमध्ये ८ जना आईसीयूमा छन्, एकजना भेण्टिलेटरमा । बाँकी संक्रमित पनि सामान्य अवस्थाका छैनन् । अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी भन्छन्, ‘सामान्य संक्रमित कोही छैनन् । अधिकांश दीर्घरोगी संक्रमित भएकाले पनि अस्पतालमा चिकित्सकहरु २४ घण्टा नै स्टाण्डबाई […]
१४ साउन, पोखरा । स्याङ्जामा केही प्रहरी कर्मचारीलाई रुघाखोकी लाग्यो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंकामा ४ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पोखरामा पठाइयो । साउन ६ गते परीक्षणको नतिजा आउँदा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएकोे पुष्टि भयो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि अरु सहकर्मी र परिवारका सदस्यमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकामा […]
१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरस्थित कुपन्डोलमा रहेको विध म्यानेजमेन्टलाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ । यसअघि मन्त्रालयले ४ वटा निजी ल्याबलाई कोरोना परीक्षण गराउने अनुमति दिइसकेको छ। त्यसैगरी ह्याम्स, केएमसी र स्टार अस्पतालले पनि कोरोना परीक्षणको अनुमति पाएका छन्। म्यानेजमेन्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारबाट शुल्क लिएर […]
from समाचार – Online Khabar https://ift.tt/2BGmlQ2
via IFTTT