समाचार
१४ साउन, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रीको नीजि सचिवालयले […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन् । ‘पार्टी सभापतिले आसन्न महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको गतिविधिलाई कसरी रोक्ने भनेर छलफल गर्न गुटको बैठक बसेको हो’ एक नेताले भनेका छन् । कांग्रेस […]
१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् । दुई हप्ता पहिले धार्चुलाका […]
१४ साउन, काठमाडौं । धादिङमा आँखाको उपचार गर्न काठमाडौं आउने तयारीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आँखाको उपचार गराउन काठमाडौं आउनुपर्ने भएपछि कोरोना संक्रमण परीक्षण गराएइका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव रानाले बताए । ‘निलकण्ठका ४७ वर्षीय पुरुषले काठमाडौंमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै स्वाब संकलन […]
१४ साउन, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै गएको पहिरोले आठबीस-५, मालाचौरका ६ घर विस्थापित भएका हुन । बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने तीन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पहिरोले मानविय क्षती नभए […]
१४ साउन, सुर्खेत । एक दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँगको कुराकानीमा उनले अन्य पार्टीबाट प्रवेश गराउनु राम्रो भए पनि अहिले समय ठीक नभएको बताए । कांग्रेसले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई […]
१४ साउन, गलकोट (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मिशेराकी ३९ वर्षीय तुलसी थापा पोखराको एक बोर्डिङ स्कूलमा पढाउँथिन् । त्यसैबेला उनलाई डिभी पर्यो । सुरुमा त डिभी पर्यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भरेकी थापा डिभी परेपछि खुशी र उत्साहले फुरुङ्ग भइन् । त्यसबखत तुलसीका ६६ वर्षीया आमा […]
१४ साउन, काठमाडौं । काठमाडौंमा रहेको स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न सकिने सफ्टवेयर विकास गरेको छ । लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ । विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो […]
१४ साउन, रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष […]
१४ साउन, काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन भएको छ । प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख […]
१४ साउन, काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराए । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो । उक्त पार्टीको निर्णयअनुसार […]
१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाण्डौस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ। यसअघि मन्त्रालयले स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई शुल्क लिएर परिक्षण गर्न अनुमति दिएको थियो । ‘सम्पूर्ण मापदण्ड पूरा गरेकाले परीक्षणको अनुमति दिएको हो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले भने, ‘यसअघि केही मापदण्ड पूरा […]
१४ साउन, काठमाडौं । भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । ‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना […]
१४ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले भने, ‘२०१० सालताका मेरो बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति हुनुहुन्थ्यो । ६६-६७ वर्षपछि कांग्रेससँग पुनः नाता जोड्न पाउनु मेरो सौभाग्य हो । लामो समय टुटेको साइनो राम्रोसँग जोडिन्छ भन्ने विश्वास लिएको छु ।’ […]
१४ साउन, काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो । नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् । क्षमता अभिवृद्धिका […]
१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ थियो । त्रिपालमुनि म्याट ओछ्याएर दुई जना सुतिरहेका थिए । एक ‘ईः’ र अर्का समायरा श्रेष्ठ । […]
१४ साउन, काठमाडौं । आकासिदो आयातले व्यापार घाटा चुलिइरहँदा नेपाली कफीको बजार भने विश्वभर फैलिरहेको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय व्यापारमा कमी आए पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालले ४५ हजार ८१४ किलो तयारी र कच्चा कफी निर्यात गरेको छ । जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्वीट्जरल्याण्ड, नर्बे, अमेरिका, क्यानडालगायत एक दर्जनभन्दा बढी विकसित […]
१३ साउन, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति […]
१४ साउन, काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई थप जिम्मेबार बनाइ उनीहरुलाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले प्रेरित गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित रहेर एक एकीकृत निर्देशन जारी गर्दै वित्तीय स्थायित्व, आर्थिक अनुशासन तथा पारदर्शीताका लागि लघुवित्त संस्थालाई […]
from समाचार – Online Khabar https://ift.tt/339hSAH
via IFTTT