समाचार
१३ वैशाख, काठमाडौं । भारतले काेरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा […]
१३ वैशाख, रामेछाप । नेपाल इञ्जिनियर एसोसियसन बागमती प्रदेशले जिल्ला अस्पताल रामेछापलाई स्वाब कलेक्सन बुथ उपलब्ध गराएको छ । कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गर्न एसोसिएसनले कलेक्सन बुथ अस्पताललाई शुक्रबार उपलब्ध गराएको हो । सुरक्षित रुपमा स्वाब संकलन गर्न एसोसिएसनले सहयोग गरेको बुथ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनलाई […]
जसरी दसैँको बेला मावली हजुरआमा आफ्नी सानी नातिनीको बाटो हेर्दै कुरिरहेकी हुन्छिन्, ठीक त्यसैगरी सयौँ वर्षदेखि यामाताका जिन्दाइ जाकुराले जापानीहरूलाई कुर्ने गर्छिन् । साना नाति–नातिनीहरूलाई पटुकीको फेरमा बाँधेको नरिवल र मिश्री निकालेर भावपूर्ण हृदयले दिएझैँ आफ्नो बूढो शरीरबाट यामाताकाले हजारौँ फूलहरू मार्च र अप्रिलभरि आफूलाई हेर्न आउनेलाई दिने गर्छिन् । यिनै बुढीमाउलाई हेर्न हजारौँ मानिसको […]
१३ वैशाख, बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका-८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो । नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकप्टरबाट उद्धार […]
१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । […]
१३ वैशाख, काठमाडौं । उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार सिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो । शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा […]
१३ वैशाख, विराटनगर । कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ । द्रुत परीक्षण विधि (आरडीटी) र पीसीआर दुवै विधिबाट परीक्षणको दायरा बढाइएको हो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा आशंका गरिएका मानिसमा कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘कोरोना […]
१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका- ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर […]
१३ वैशाख, गुल्मी । जिल्लामा बाहिरबाट आउने तरकारी, फलफूल, अन्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास अनिवार्य गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सतर्कता अपनाउन बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाबाहिरबाट आउने तरकारी, फलफूल मासुलगायतको विषादी जाँचपास अनिवार्य चाहिने निर्णय गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । बैठकले क्वारेन्टाइन चेकजाँच […]
१३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । उनले भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् । यद्यपि स्पष्ट […]
१३ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् । भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ […]
१३ वैशाख, काठमाडौं । अमेरिकाको न्युयोर्कमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या गत मार्च ३१ यताकै कममा झरेको छ । शुक्रबार न्युयोर्कको सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४२२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यसअघि मार्च ३१ मा ३९१ जनाको मृत्यु भएको थियो । अहिलेसम्म न्युयोर्कमा २१ हजारभन्दा […]
१३ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । रमजान पर्वको अवसरमा शनिबार बिहान शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् । विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम […]
१३ वैशाख, जनकपुरधाम । लकडाउनमा अलपत्र परेका सर्वसाधारणलाई काठमाडौंबाट लिएर उदयपुरतर्फ आउँदै गरेको बस शनिबार बिहान बर्दिवासको पाटुमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको तामाकोशी २ का बाबुराम विश्वकर्मा रहेका छन् । बस अनियन्त्रित भई पल्टिन लागेपछि उनी बसबाट हामफालेका थिए । महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी अनुसार बसका सहचालक […]
१३ वैशाख, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले दीर्घरोगीलाई घरमै औषधि निःशुल्क वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायात नचलेकोले एक महिनाका लागि औषधी निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । दीर्घरोगी एवम् लामो समयदेखि औषधि सेवन गर्ने व्यक्ति औषधिका लागि बुटवललगायतका […]
१३ वैशाख, काठमाडौं । कोभिड १९ का कारण संसारका धेरै होटेल र एयरलाइन्स डुब्दैछन्, लाखौं मानिसले तत्काल रोजगारी गुमाउँदैछन् । किनकी संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गरेको अध्ययन अनुसार अहिले संसारका ९४ प्रतिशत गन्तब्यमा यात्रा प्रतिवन्ध लागेको छ । खासगरी कोरोना भाइरसको संक्रमण बढेसँगै संसारका हरेकजसो मुलुकले विदेशी नागरिकको प्रवेशमा प्रतिवन्ध लगाएका छन् । […]
सामान्तया राजनीतिक दलहरूले दुईखाले चरित्र बोकेका हुन्छन् । एउटा सिद्धान्तनिष्ठ र अर्को व्यवहारवादी । सिद्धान्तनिष्ठ दलको दीर्घकालीन लक्ष्य हुन्छ, रणनीति हुन्छ । र, त्यो रणनीति पूरा गर्नका लागि उसले कार्यनीति बनाउँछ । अर्कोखाले दलको कार्यनीति मात्रै हुन्छ । दीर्घकालीन लक्ष्य नभएका यस्ता दलले जे–जे आउँछ, त्यहीअनुसारको व्यवहार गर्दै जान्छन् । व्यवहारवादी राजनीतिमा मजदुर, किसान, श्रमिकको […]
१३ बैशाख, काठमाडौं । पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो । शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताएका हुन् । उमरले […]
१२ वैशाख, विराटनगर । विराटनगरको कोरोना विषेश अस्पतालमा भर्ना भएका २८ कोरोना संक्रमित एउटै समुदायका छन् । एक साता यताको अन्तरमा अस्पताल भर्ना भएका संक्रमितको दैनिकी कसरी बितिरहेको छ ? ‘कोरोना विशेष अस्पतालका चिकित्सक डाक्टर दीपक सिग्देल भन्छन्, ‘उहाँहरु बेडमै बसेर कुरान पढ्नु हुन्छ ।’ अस्पतालमा उपचार गराइरहेका २८ मध्ये १२ जना उदयपुरको त्रियुगा नगरपालिका– […]
१३ वैशाख, वीरगञ्ज । कोरोना भाइरसविरुद्ध लड्न प्रदेश २ को तयारी सुस्त छ । कोरोना संक्रमितको उपचार गर्ने भनिएका अस्पतालहरु जनशक्ति र स्वास्थ्य सामग्रीको अभावको सामना गरिरहेका छन् । जिल्ला अस्पतालहरुमा कतै भवन निर्माण जारी छ भने कोही स्वास्थ्य सामग्री र जनशक्तिको अभावसँग जुधिरहेका छन् । यस्तो अवस्थामा अन्य निजी अस्पतालालई कोरोनाको उपचारमा प्रयोग गर्ने […]
१३ वैशाख, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् । यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ । इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले […]
from समाचार – Online Khabar https://ift.tt/356a95e
via IFTTT






















