समाचार
१४ वैशाख, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाएकी हुन् । सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
१४ वैशाख, बुटवल । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको पूर्वतयारीको बारेमा सांसदहरुको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुको टोलीले अनुगमन गरेको हो । सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गरेका काम, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन प्रभावितलाई बाँडिएको राहत, स्वास्थ्य चौकीको व्यवस्थापन, सचेतना अभिवृद्धिलगायतका विषयमा जानकारी […]
१४ वैशाख, काठमाडौँ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य […]
१४ वैशाख, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपा दल दर्ताको […]
१४ वैशाख, काठमाडौं । बजेट निर्माणको गृहकार्य थालेको अर्थ मन्त्रालयले आइतबार सडक विभागको विनियोजनबारे छलफल सुरु गरेको छ । विभागका अधिकारीहरु चाहिँ यसपाली मन्त्रालयसँग धेरै बजेट माग्ने मुडमा छैनन् । आगामी आर्थिक वर्षका लागि सडक विभागलाई सरकारले करिब १३७ अर्बको बजेट सिलिङ दिएको थियो । कोभिड-१९ को प्रकोप सुरु हुनुभन्दा अघि नै योजना आयोगले पठाएको […]
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थपिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये एकजना वीरगञ्ज महानगरपालिकाका सफाइकर्मी भएको पाइएको छ । वडामा सरसफाइको नाइके भएका कारण उनी बिहानैदेखि सरसफाइको काममा निस्कने गरेका थिए । उनको मातहत १५ जना सफाइकर्मी कार्यरत थिए । आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनलाई नारायणीको आइसोलेसनमा राखिएको छ । तर वडा नं. ३ छपकैया […]
१४ वैशाख, काठमाडौं । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण […]
१४ वैशाख, पोखरा । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल शाखाले ट्रेकिङ क्षेत्रमा कार्यरत ८६ जना मजदुरलाई राहत उपलब्ध गराएको छ । प्रति व्यक्ति १४ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए । लकडाउनका कारण ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरुको जीविकोपार्जनमा समस्या देखिन थालेपछि राहत वितरण सुरु गरिएको उनले […]
१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । तर ओम्नीले पहिलो लट सामान ल्याएसँगै सम्झौता विवादमा पर्यो । विना प्रतिस्पर्धा महंगो […]
१४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् । सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो […]
१४ वैशाख, काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा […]
१४ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यही वैशाख १० गते उपाध्याय पक्राउ परेका […]
१४ वैशाख, बुटवल । कोभिड–१९ संक्रमणको जोखिम मूल्यांकन गरी निश्चित क्षेत्रहरुमा लकडाउन खुल्ला गर्न र मनोमानी गरिएको मूल्यवृद्धि रोक्न उपभोक्ता संरक्षण मञ्च प्रदेश ५ ले माग गरेको छ । लकडाउनसँगै नागरिकका आम्दानीका स्रोतहरु बन्द हुँदा जीवनयापनमा समस्या आएकाले व्यवहारिक रुपमा लचक र निश्चित क्षेत्र खुल्ला गर्न मञ्चले माग गरेको छ । मञ्चका प्रदेश अध्यक्ष तेजकुमार […]
१४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण भए/नभएको परीक्षण गर्न प्रयोग भइरहेको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको गुणस्तर अझै प्रमाणित नगरेको पाइएको छ । ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री खरिद सम्झौता विवादमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएको थियो । मन्त्रालयले १९ चैत […]
१४ वैशाख, विराटनगर । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भएको छ । लकडाउनमा सर्वसाधारणलाई घरमै राख्नका लागि चोकचोकमा प्रहरी परिचासलित छन् । सम्भावित जोखिम नियन्त्रणका लागि प्रहरीले दैनिक १८ घण्टा ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई बताउँछन् । ‘हाम्रो ड्युटी दैनिक १८ […]
१४ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिका-५, भलुवाहामा मुसहर समुदायको बसोबास छ । दैनिक मजदुरीमा निर्भर मुसहरहरू यतिखेर भोकभोकै दिन काट्न बाध्य छन् । १५ दिनअघि आफ्नो छाप्रोमै सुत्केरी भएकी मुक्ता देवी पनि भोको दिन काटिरहेकी छिन् । नगरपालिकाले सुरु गरेको राहत वितरण कार्य भलुवाहा नपुगेको भलुवाहाकी वृद्वा रजनीदेवी सदाले बताइन् । गाउँका सबै खोला […]
१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेपछि बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि सोबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन […]
१४ वैशाख, काठमाडौं । अमेरिकाजस्तो सुविधासम्पन्न ठाउँ, जहाँ संसारकै ठूला अस्पताल, उत्कृष्ट चिकित्सक र स्वास्थ्य सुविधाहरु छन् । त्यही अमेरिकामा आज मानिसहरुले उपचार नपाएर मर्ने अवस्था आएको छ, कोरोनाको महामारीले गर्दा । गत १५ अप्रिलमा न्यूयोर्कमा एक नेपाली युवाको आफू बसेको अपार्टमेन्टमै मृत्यु भयो । करिब एक महिना अगाडिदेखि कोरोना संक्रमण भएका उनी बारम्बार प्रयास […]
१४ वैशाख, काठमाडौं । सिराहाका सविन चापागाइँको न्यूरोडमा कम्प्यूटरसम्बन्धि पसल छ । कम्प्युटर मर्मत र यसका पाटपुर्जा खरिद-बिक्री गर्ने उनको पसलमा पाँचजना कर्मचारीले काम गर्थे । चैत्र ११ गतेदेखि घोषणा भएको लकडाउनले उनको पसल बन्द भयो । सबिन भन्छन्, ‘एक्कासी लकडाउन भएपछि भोलीदेखि कसरी काम गर्ने भनेर कर्मचारीसँग योजनासमेत बनाउन पाईनँ ।’ सरकारको आदेश मानेर सटर […]
१४ वैशाख, काठमाडौं । महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले आइतबार उद्धार गरेको छ । करिब ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फे भन्ने स्थानबाट उद्धार गरेको हो । दार्चुलाका प्रहरी प्रमुख दीपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘महाकाली नदीमा बगेर आइरहेको अवस्थामा आइतबार बिहान ६ बजेको समयमा एक जना महिलाको उद्धार गरेका छौं […]
from समाचार – Online Khabar https://ift.tt/3aF3bW0
via IFTTT