समाचार
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने […]
१७ वैशाख, काठमाडौं । पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले मङ्गलबार छोराको जन्म दिएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । नगरप्रमुख थापाका […]
१७ वैशाख, सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यवहार सहन […]
१७ वैशाख, काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक […]
१७ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका-७ का वडाध्यक्षको निधन भएको छ । मंगलबार योजना अनुगमन गर्न गएका वडाध्यक्ष युवराज उप्रेति एक्कासी ढलेका थिए । उनको मंगलबार साँझै हृदयघातबाट निधन भएको बताइएको छ । नगरपालिकाको वडानम्बर ८ पोखरियास्थित शहरी विकास बोर्डको योजना अनुगमन गर्न वडाध्यक्ष उप्रेती मेयर र उपमेयरसँगै गएका थिए । उपमेयर ताराकुमारी बस्नेतका […]
१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ […]
१६ वैशाख, काठमाडौं । कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा सोमबार मेलमिलापको प्रस्ताव लिएर पुगेका केपी ओली पक्षका नेताहरुले केही मन्त्री र मुख्यमन्त्री दिने घोषणा गरे । थप केही नियुक्तिहरुमा पनि माधव नेपालका मान्छेहरुलाई ठाउँ सकिने ओली पक्षले प्रस्ताव राख्यो । योभन्दा ठूलो प्रस्ताव, चाँडै महाधिवेशन गरेर माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउन केपी ओली तयार रहेको सन्देश […]
१५ वैशाख, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त माधव नेपालसँग निकट नेता हुन् । तथापि उनी भन्छन्, ‘म माधव नेपालको अन्धभक्त होइन । विवेक बन्धक राखेर कुनै पनि नेताको दास बनिँदैन । न प्रचण्डको बनिन्छ, न माधव नेपालको बनिन्छ, न केपी ओलीको बनिन्छ । दास बन्न कम्युनिस्ट भएको होइन ।’ सोमबार माधवकुमार नेपालको […]
१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोजभित्रै महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेपछि पूर्वएमाले समूहबीच समझदारीको प्रयास विफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेको नेकपा स्रोतले जनाएको छ । तर, […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ । मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र […]
१६ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको अनलाइनखबरलाई बताए । ‘एक […]
१६ वैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई […]
१६ वैशाख, काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । चैत मसान्तसम्मको कायम ब्याजदरमा […]
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका […]
१६ वैशाख, काठमाडौं । लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कडाइ गर्न परिपत्र गरेपछि मजदुर लिन विभिन्न जिल्लाबाट सवारीसाधान पठाउने क्रम रोकिएको छ । जनप्रतिनिधिले आफू खुशी सर्वसाधारण ओसार्न थालेकाले जोखिम बढेको गृहको निष्कर्ष छ । त्यसैले सवारी साधानको आवत जावतलाई पूर्णतः रोक लगाइएको गृहको भनाइ छ । मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले सोमबार जारी गरिएको […]
१६ वैशाख, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ । ती सबै कागजात […]
१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई बजार अनुगमन गर्न निर्देशन दिएको छ । ‘लकडाउनको अवधिमा बजारमा कालोबजारी मौलाएकाले सरकारलाई कालोबजारी नियन्त्रणका लागि लागि बजार अनुगमन गर्न निर्देश गरेका हौं’ समिति सभापति रामनारायण बिडारीले अनलाइनखबरसँग भने । मंगलबार बसेको समिति बैठकले सरकारलाई बन्दाबन्दीको समयमा नागरिकले पालना गर्नुपर्ने कर्तव्यसहितका विषय […]
१६ वैशाख, काठमाडौं । महामारीका वेला थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शुलभ अग्रवालको कसूर अदालतले हेर्ने भएको छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ मा उल्लेखित कसूरमा एक वर्ष कैद सजायको व्यवस्था भएकाले यो जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्छ । तर, […]
१६ वैशाख, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्ट पोजेटिभ आयो । रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरु घर फर्किए । […]
१६ वैशाख, काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिमिण्डलले मंगलवार अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटी कोरना भाइरस (कोभिड–१९) ले निर्माण उद्योगमा परेको असर र समस्या समाधानका सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिमिण्डलले लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु ठप्प रहेको जानकारी गराउँदै आगामी आर्थिक वर्षको बजेट मार्फत व्यवसायीहरुको माग सम्बोधन गर्न […]
१६ वैशाख, विराटनगर । प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकाको टाँडीमा निर्माण गरेको अस्थायी क्वारेन्टाइन सुन्दरहरैचा नगरपालिकामा पर्ने गोठगाउँमा सार्ने भएको छ । अस्थायी टेन्टबाट बनाइएको क्वारेन्टाइनमा हावाहुरी र वर्षाले असर गरेपछि गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको भवनमा क्वारेन्टाइन सार्न लागिएको हो । कोरोनाका संक्रमणको संकास्पद तथा विदेशबाट आएकाहरुलाई राख्नका चैत पहिलो साता प्रदेश सरकारले दुईसय […]
from समाचार – Online Khabar https://ift.tt/3aJbkZH
via IFTTT