समाचार
१८ वैशाख, बुटवल । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लुम्बिनीमा हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ गतेका लागि तय भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको छ […]
१८ वैशाख, काठमाडौं । लकडाउनका कारण मानव जाति हिजोआज घरबाहिर निस्कन पाएका छैनन् । पाँच हप्ताभन्दा धेरै भयो मुलुकमा लकडाउन सुरु भएको । लकडाउनको समयमा मान्छे बाहिर निस्कन नपाए पनि स्वच्छन्द पन्छीहरूको उडान रोकिएको छैन । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको प्रभाव चराचुरुङ्गी वा पशुपन्छीमा प्रत्यक्षतः पर्दैन । उनीहरू प्रकृतिमा आफ्नै ढंगले जीवननिर्वाह गरिरहेका […]
१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको […]
१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारले गरेको लकडाउनका कारण देशभरका विभिन्न जाति एवं समुदायका मानिसहरूलाई आफनो संस्कारअनुसार दाहसंस्कार गर्न समस्या हुन थालेको छ । विभिन्न संस्कार अनुसार दाहसंस्कार गर्ने जातजातिले लकडाउनकै कारण आफ्नो नियमित संस्कार धान्न नसकेको गुनासो गर्ने गरेका हुन् । लकडाउनको समयमा सरकारले अन्तिम संस्कारमा जानेहरूको लागि सहज रुपमा […]
१८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१४ मा विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएको छ । बुधबार वितरणका लागि महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको नौ सय ५० किलो चामलमध्ये केही बोरा डल्लो परेको भेटिएको हो । राहत वितरण गर्न प्याकिङ गर्ने क्रममा चामलको बोरामा डल्ला भेटियो । बिन्दवासिनी ब्राण्डको […]
१८ वैशाख, जनकपुरधाम । लक डाउनको समयमा प्रभावित विपन्न तथा गरिब परिवारका गर्भवती तथा सुत्केरीहरुलाई भोर नामक संस्थाले पोषणयुक्त राहत प्याकेज घोषणा गरेको छ । लकडाउनको समयमा जनप्रतिनिधिहरुले दाल र चामल मात्रै वितरण गरिरहँदा गर्भवती, सुत्केरी, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जोखिममा रहेको भन्दै भोरले विशेष राहत प्याकेज घोषणा गरेको हो […]
१८ वैशाख, काठमाडौं । अन्तरविरोधका बीच बालुवाटारमा बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा सार्वजनिक भएको छ । सचिवालय सदस्यहरूले आफ्नो राजीनामा मागेपछि प्रधानमन्त्रीले गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने धारणा राखेका हुन्। संविधानतः भने प्रधानमन्त्रीको प्रस्ताव र गौतम प्रधानमन्त्री बन्ने […]
करिब २२ वर्ष अगाडि हालका आईजीपी ठाकुर ज्ञवाली सा’ब रुकुममा इन्स्पेक्टर हुनुहुन्थ्यो । उहाँ युएन मिसनमा छानिनुभएकाले म उहाँको स्थानमा कार्यभार सम्हाल्न जाँदै गर्दा बाटैमा थाहा भो, उहाँलाई एस्कर्ट गर्ने प्रहरीको टोली माओवादीको एम्बुसमा पर्यो र दुई प्रहरी मारिए । इन्स्पेक्टर (हालका आईजीपी) लाई टार्गेट गरेर थापेको एम्बुसबाट इन्स्पेक्टर उम्किनुभयो । तर, त्यही एम्बुसमा उहाँलाई […]
१८ वैशाख, कैलाली । एक महिना भन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् । बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोनाको संक्रमण […]
१८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऐन बनाउने प्रक्रिया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाएको छ । पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् । ऐन निर्माण […]
१८ वैशाख, पोखरा । लकडाउनका कारण कृषकहरुको उब्जनी बिक्री नभएको भन्दै गुनासो आइरहेको छ । बिक्री नभएपछि कतै कुहिएर जान थालेको त कतै बारीमै सुक्न थालेको उनीहरु बताउँदै आएका छन् । लम्बिँदै गएको लकडाउनले मुस्ताङका किसान पनि अछुतो रहन सकेका छैनन् । मुस्ताङमा अहिले ‘मार्फाली साग’को सिजन छ । लकडाउन नभएको भए मुस्ताङबाट पोखरा, चितवन, […]
१८ वैशाख, काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेका छन् । […]
१८ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण भएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको हो । बिहीबार यस टनेलको परीक्षण गरिएको छ भने शुक्रबार उदघाटन गर्ने योजना छ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको […]
१८ वैशाख, काठमाडौं । पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ । त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट […]
१८ वैशाख, वीरगञ्ज । मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिने क्रमले निरन्तरता पाएपछि थ्रोट स्वाबको नमुना संकलनमा तीब्रता दिइएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको यसअघि आरडीटी गर्ने गरिएकोमा पछिल्ला दिनमा पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको हो । आरडीटी परीक्षण खासै विश्वसनीय पनि नदेखिएको र किट समेत कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । वीरगञ्ज–३ […]
१८ वैशाख, काठमाडौं । परिहासयुक्त अभिव्यक्तिका लागि चर्चित छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । केही समययता कोरोनाको संकट र आफ्नै अस्वस्थताले उनको यो विशेषतालाई जनताले ‘मिस’ गर्दै आएका थिए । तर, बोलीमा नभएर के भो ? प्रधानमन्त्री ओलीले व्यवहारमै परिहास देखाउन थालेका छन् । बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रधानमन्त्री ओलीले लकडाउनमा […]
१८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ। ज्ञापनपत्रमा विद्युत, टेलिफोन र […]
१८ वैशाख, काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ। जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो । जापान सरकारले बिहीबार यो निर्णय […]
१८ वैशाख, रामेछाप । विश्वभरि फैलिएको कोरोनाको संक्रमण रोकथामका लागि रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा […]
१७ वैशाख, काठमाडौं । लकडाउनका कारण अहिले निर्माणको काम लगभग ठप्प छ । जसका कारण छड सिमेन्ट जस्तापाता लगायतका निर्माण सामग्रीको उत्पादन, विक्री वितरण ठप्प छ । सिमेन्ट उत्पादक संघले पाँच हप्तामा २२ अर्ब भन्दा धेरै कारोबार क्षति ब्याहोर्नुपरेको जनाएको छ । देशभरका सिमेन्ट उद्योगबाट हुनै दैनिक ब्यापार हुने सिमेन्टको आकाडाको आधारमा प्रारम्भिक कारोबार क्षति […]
१८ वैशाख, सिमकोट (हुम्ला) । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद […]
from समाचार – Online Khabar https://ift.tt/3c2suTq
via IFTTT