समाचार
१३ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई तराईबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा उनी अपहरण परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि सर्वेन्द्र खनाल र महेश बस्नेतहरुको चढेको गाडी चेकिङ गरेन । प्रहरीकै ‘व्यवस्थापन’ मा यादवलाई काठमाडौं ल्याउन बस्नेत र खनालहरु सफल भए । लकडाउनका बेलामा आफूलाई काठमाडौं ल्याइँदा […]
१३ वैशाख, डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा एक महिलाको रहस्यमय ढंगले हत्या भएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर आक्रमणमा परी गम्भीर घाइते भएकी अन्दाजी २८ वर्षीया राजु दमाईको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गयो । प्रहरीका अनुसार राजुका श्रीमान् कृष्ण दमाईले प्रहरीलाई आफ्नो श्रीमतीमाथी अज्ञात व्यक्तिले आक्रमण गरेको बताएका छन् । बिहान […]
१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमुना संकलन गरी शुक्रबार हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो […]
१३ वैशाख, काठमाडौं । दल विभाजन गर्ने उद्देश्यले पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरिएको घटनाको छानबिन गर्न विद्यार्थी संगठनहरूले माग गरेका छन् । कोरानाले मुलुक आक्रान्त भइरहेको बेला लकडाउनको मौका छोपी सांसदलाई नै ‘अपहरण’ गरिनु अपराधिक कार्य भएको भन्दै विद्यार्थी संगठनहरूले घटनाको छानबिन गर्न माग गरेका हुन् । नेपाल विद्यार्थी […]
१३ वैशाख, काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुभाव दिएको छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले गठन गरेको पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले अध्ययन गरिरहेको छ । ती सुझावलाई उच्चस्तरीय […]
१३ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेका एक हजार १६ जनाको र्यापिड डाइनोस्टिक टेस्ट गरेको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै काठमाडौँ महानगरपालिकाले सुरुमा वडा नम्बर-५ का ३९ जनाको र्यापिड टेस्ट गराएको थियो । त्यसपछि निरन्तर रुपमा […]
१३ वैशाख, काठमाडौं । काठमाडौंमा दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुले स्थानीय तहले बाँडेको राहतमा समेत पहुँच नपाएको गुनासो आइरहेका बेला टोल टोलमा विभिन्न संस्था र व्यक्तिले भोकाहरुलाई भोजन गराउने अभियान नै चलाइरहेका छन् । वडाले बाँड्ने खाद्यान्न राहतमा सम्पन्नले समेत अधिकार खोज्न थालेपछि कतिपय वडाध्यक्षहरुकै पहलमा सामुहिक भोजनको व्यवस्था गर्न थालिएको हो । काठमाडौंको महाराजगन्ज […]
१३ वैशाख, कैलाली । कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१२ शिवपुरका-११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका छन् । घर नजिकैको कन्द्रा नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले […]
१३ वैशाख, रामेछाप । रामेछापमा तामाकोसी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नम्बर-२ टेकानपुरका १८ वर्षीय सुमन रम्तेल रहेका छन् । सदरमुकाम मन्थली नजिकै तामाकोसी नदीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । नदीमा डुबेका किशोरको उद्दार […]
१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई अध्यादेश फिर्ता लिने बचन दिइसकेपछि पनि भैंसेपाटीमा नेकपाको ९ सदस्यीय सचिवालयका ६ जना नेताको अलग्गै बैठक किन बस्यो ? जुन बैठकमा महासचिव विष्णु पौडेलको सहभागितालाई लिएर ओली समूहभित्र खैलाबैला मच्चिएको थियो । जबकि, नेकपाभित्र अन्तरविरोध समाधान गर्ने भूमिकामा प्रायः मध्यस्थकर्ता बन्ने गरेका पौडेल […]
१३ वैशाख, काठमाडौं । शनिबार काठमाडौंको अधिकतम तापक्रम २२-२४ डिग्री सेल्सियस मापन भयो । यो तापमान गत वर्षकोभन्दा ३ डिग्री सेल्सियस कम हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार २०७६ वैशाख १३ गते अधिकतम तापक्रम २५-२७ डिग्री सेल्सियस मापन भएको थियो । वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार प्रि-मनसुनी वर्षाका कारण […]
१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ । ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए […]
१३ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको संक्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएको बताएको छ । साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन सक्ने संक्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ […]
१३ वैशाख, वीरगञ्ज । विभिन्न पार्टी निकट मजदुर संगठनले श्रमिकको पारिश्रमिक भुक्तानी गर्न माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका हुन् । सरकारले २०७६ चैत १६ गते औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुले खाइपाइ आएको सम्पूर्ण पारिश्रमिक […]
१३ वैशाख, पोखरा । फ्रान्सबाट फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गण्डकी प्रदेशमा खैलाबैला मच्चियो । उपचारका लागि पोखरा लैजाने कि टेकु (शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल) लैजाने भन्ने छलफल चल्यो । तर धौलागिरि अस्पतालका मेसु शैलेन्द्र बिके पोखरेलले बागलुङमै उपचार गर्ने हिम्मत देखाए । उनको […]
१३ वैशाख, वीरगञ्ज । लकडाउनमा अलपत्र मजदुर बोकेर बिहीबार बागलुङको गल्कोटबाट छुटेका दुईवटा बस गाउँ आइपुगेको छन् । पर्सा र रौतहटका मजदुर बोकेर दुईवटा बस मजदुरको गाउँ पुगेका हुन् । पर्सामा छ जना भारतीयसहित ४३ जना आइपुगेका छन् । उनीहरूमध्ये अधिकांश निर्माण कार्यमा खट्ने राज मिस्त्री र मजदुर हुन् । गल्कोट नगरपालिका वडानम्बर ५ र […]
१३ वैशाख, काठमाडौं । क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । त्यसैले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए […]
१३ वैशाख, काठमाडौं काठमाडौं । लकडाउनका कारण मुस्लिमहरूको मुख्य पर्व रमजानको पहिलो दिन काठमाडौंको घण्टाघरमा रहेको पञ्चकाश्मिरी तकिया सुनसान रहृयो । भित्र रहेका ४/५ जना नमाजीहरूले नमाज पढ्नेबाहेक यो वर्ष अरू नमाजीहरूलाई यहाँ प्रवेश निषेध गरिएको थियो । त्यसैले यो वर्ष अरू समयजस्तो मस्जिद नमाजीहरूले भरिएका थिएनन् । नमाज पढ्दै गरेका नमाजीमध्येका एक महोलना तालुकदार यो […]
१३ वैशाख, काठमाडौं । बढी मोल लिएर खाद्य वस्तु बिक्री गरेको भन्दै बिहीबार ललितपुर इमाडोलको कटुवाल स्टोरलाई वाणिज्य विभागले २ लाख रुपैयाँ जरीवाना गर्यो । खरिद मूल्यभन्दा बढी नाफा लिएर नुन, तेल र चामल बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार जरीवाना गरेको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए । गत वैशाख […]
१३ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् । बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री […]
१३ वैशाख, भक्तपुर । सांसदहरूले भक्तपुरमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै उच्च प्राथमिकताप्राप्त विकास निर्माण र अत्यावश्यक व्यवसायलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् । जिल्ला समन्वय समिति भक्तपुरले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीहरूले सो सुझाव दिएका हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति […]
from समाचार – Online Khabar https://ift.tt/2Y4vsD2
via IFTTT






















