Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ढाँटेर भारतको साइत, वीरगञ्जबाट पोखरामै फिर्ता

१५ वैशाख, पोखरा । लकडाउनले बजार ठप्प हुँदा पोखरा पृथ्वीचोकबाट २ वटा बस पूर्वतर्फ लागे । बसमा ६० जना यात्रु थिए । लकडाउनमा कहाँ हिँडे त ? उनीहरुले महानगरलाई बताए, ‘वीरगञ्ज जाने ।’ यो वैशाख ९ गतेको कुरा हो । वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरुले आफैं बसको व्यवस्था गरेर हिँडेका थिए […]

मानवअधिकारकर्मीको लकडाउन डायरी

चैत्र १० गते देशव्यापी लकडाउन घोषणा हुनुभन्दा अगाडि म बाँके-बर्दियामा मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि नेपालगञ्ज पुगेकी थिएँ । कोभिड-१९ संकटले स्कुल बिदा भएकाले छोरीहरू मसँगै गएका थिए । हामी नेपालगञ्जमै हुँदा कोभिडको त्रास बढ्न लागेको थियो । भारतमा काम गर्ने नेपालीहरू लर्काे लागेर घर फर्कँदै थिए । त्यसबेला लकडाउको घोषणा भइसकेको थिएन । तर, सिमानामा […]

वायुसेवा कम्पनीले बनाउन थाले सुरक्षा निर्देशिका, बुद्धको जहाजमा शौचालय बन्द

१४ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय उडानमा २ जेठसम्मको प्रतिवन्ध लगाएको छ । सोहीकारण त्यतिन्जेल जहाजमा यात्रा गर्न भने पाइँदैन । तर, उडानमाथिको प्रतिवन्ध वा लकडाउन खुल्नासाथ सबै क्षेत्र कोरोनामुक्त हुन्छ भन्ने पनि होइन । यसै सन्दर्भमा पर्यटन र हवाई उद्योगसँग सम्बन्धी विभिन्न क्षेत्रले सुरक्षा निर्देशिका बनाइरहेका छन् । नेपालको निजी लगानीतर्फ सबैभन्दा बढी यात्रु […]

मनकामनाका पुजारीको दुई वटा बन्दुकको इजाजत खारेज

१६ वैशाख, गोरखा । मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरको साथमा रहेको तीन वटा बन्दुक मध्ये दुई वटाको इजाजत खारेज गरिएको छ । सुरक्षाको लागी लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो बढेपछि लाइसेन्स खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘शिकार खेल्दै हिँडेको भनेर सामाजिक दबाव पनि बढ्यो, फेरि हाललाई आवश्यक नरहेको […]

अनलाइन कक्षा निर्देशिका जारी, आदरार्थी शब्द प्रयोग नगरे कारबाही

१५ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ । त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र […]

संसारका लागि त्रासदी बनेको कोरोना एक नेपाली महिलाका लागि सामान्य

१५ वैशाख, कोपनहेगन । कोरोना भाइरसबाट संक्रमित भएको एक सातामा डेनमार्कमा एक नेपाली महिला काममा फर्केकी छन् । डेनमार्कको कोपनहेगनमा रहेकी ती महिलालाई कोरोना भाइरस बाँकी छ वा छैन भन्ने अन्तिम परीक्षण नगरी काममा फर्काइयो । उनमा पहिलो पटकको परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि परीक्षण नै गरिएन । पहिलो परीक्षण अघिल्लो बिहीबार नै भएको […]

भारतमा कोरोना भाइरसबाट एकैदिन ४८को मृत्यु

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना […]

बच्चालाई कसरी सिकाउने ? नेपाली आमाबुबाले नर्वेबाट सिकौं

१५ वैशाख, ओस्लो । नर्वेमा विद्यार्थी लिन वा पुर्‍याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्‍याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्‍याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै जान्छ भन्ने बुझाइ […]

पोखरामा कोरोनाबारे गुनासो सुन्न हटलाइन सेवा   

१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ सोमबारदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी […]

तीन सय हुम्लीको उद्धार   

१५ वैशाख, सिमकोट । नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारले बाँके र सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिए । आइतबार राति सुर्खेत र […]

इलाममा सामुदायिक अस्पतालको क्वारेन्टाइन हटाइयो  

१५ वैशाख, मङ्गलबारे । इलाममा सञ्चालित एउटा क्वारेन्टाइन स्थगन गरिएको छ । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगन गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टाइन राखिएको थियो । बैठकमा पछि आवश्यकतानुसार […]

युरोपमा नेपाली होटल तथा रेष्टुरेन्ट व्यवसायी संकटमा

१५ वैशाख, बार्सिलोना। कोभिड- १९ ले नराम्रोसँग थलिएको युरोपमा ब्यापार, व्यवसाय र लगानी गरिरहेका नेपालीहरु अहिले चिन्तित देखिएका छन्  । युरोपमा नेपाली स्वामित्वका ५० भन्दा बढी होटलहरु अहिले बन्द हुँदा व्यवसायीहरु चिन्तित बनेका हुन्। गैर आवासीय नेपाली संघका अभियन्ताहरुको “ट्रिप इन होटेल ग्रुप’ द्वारा जर्मनीमा सञ्चालित झन्डै तीन दर्जन होटेल रहेका छन् । अन्य नेपाली […]

सिनेमा हलहरू अभूतपूर्व संकटमा, भत्काउनेसम्मको योजना

१५ वैशाख, काठमाडौं । देश एक महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनको असर सबै क्षेत्रमा परिरहेकै छ । तर, केही क्षेत्रहरू अत्यधिक मारमा छन् । त्यसमध्ये एक हो नेपाली चलचित्र क्षेत्र । लकडाउन घोषणा हुनुभन्दा केहीदिन अगावैदेखि चलचित्रसम्बन्धी सबै गतिविधि ठप्प भएका थिए । सरकारले चैत […]

‘मजदुर रोकौँ, उत्पादनमा जोड गरौँ’

कोभिड–१९ को संक्रमण फैलन नदिन एक महिना अघिदेखि गरिएको लकडाउनका कारण मुलुकमा हुने आर्थिकलगायत सम्पूर्ण गतिविधिहरू ठप्प भएका छन् । उद्योग–व्यवसाय बन्द हुँदा हजारौं मजदुर कामविहीन बनेका छन् । काठमाडौंमा आम्दानीका स्रोत बन्द भएपछि केहीदिनयता मजदुरहरू धमाधम गाउँ फर्कन थालेका छन् । गाउँ जानेहरूका लागि सरकारले लकडाउन बिर्सिदिएको छ । उद्योगी–व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ […]

कोरोना भाइरस : २ लाख ६ हजारको मृत्यु, साढे ८ लाख निको भए

१५ वैशाख, काठमाडौं । कोरोना भाइस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् । कोरोना भाइरसका कारण […]

इटलीमा लगातार तीन दिनसम्म मृतक संख्या घट्यो, लकडाउन खुकुलो बनाइने

१५ वैशाख, काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगातार घट्दै गएपछि सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी भएको छ । भाइरसको संक्रमण फैलिन नदिन मार्च महिनाको मध्यदेखि लगाइएका कडा प्रतिबन्धका प्रावधान मे महिनाको चार तारेखदेखि खुकुलो बनाउने प्रधानमन्त्री गुइसेपे कोन्टेले बताएका छन् । उनले मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाई […]

सर्वोच्चले फेरि भन्यो : गम्भीर मानवअधिकार उल्लंघनका घटनामा क्षमादान हुन्न

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वमा भएका मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने भनी फेरि फैसला गरेको छ । यसअघि २०७१ साल फागुन १४ गते गरेको फैसलाविरुद्ध सरकारले दिएको पुनरावलोकन निवेदन खारेज गर्दै सर्वोच्चले मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने फैसला गरेको हो । आइतबार सर्वोच्चमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, […]

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

१४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका […]

अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष– किम जोन जीवित छन्

१४ वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित […]

पूर्वकमाण्डरविरुद्ध अपहरणको जाहेरी आउँदा प्रहरी रनभुल्ल

१४ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले आइतबार फरक परिस्थितिको सामना गर्नुपर्‍यो । प्रहरीका निवर्तमान सर्वोच्च कमाण्डर सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीरबन्धकसम्बन्धी कसुरको किटानी जाहेरी उनको टेबुलमा आइपुगेको थियो । जाहेरी लिएर आउनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि बहालवाला सांसदहरूसमेत थिए । आइतबारबाटै काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल […]

केपी ओली रक्षात्मक, माधव नेपाल ‘रिजर्भ’मा

१४ वैशाख, काठमाडौं । नेकपाभित्र विवाद चर्किंदै गएका बेला माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सबै समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाव दिएका छन् । नेपालनिवास कोटेश्वरमा आइतबार तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट निर्वाचित स्थायी कमिटी सदस्यहरुका भेला भएको थियो । सो भेलामा महाधिवेशनका बेला ओली पक्षमा […]



from समाचार – Online Khabar https://ift.tt/3cKc2au
via IFTTT
Powered by Blogger.