Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्री र सभामुखबीच भेट, बजेट अधिवेशनबारे छलफल

१७ वैशाख< काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको हो । आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसदको बजेटबारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । बजेट  (वर्षे) […]

भरतपुर कोरोना नियन्त्रण कार्यदलद्वारा खर्च अनुमोदन

१७ वैशाख, चितवन । भरतपुर कोरोना विषेश अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले खर्च अनुमोदन गरेको जनाएको छ । कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले कार्यदलको सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको बताए । तर, केही सदस्यहरुले भने यसबारेमा अनभिज्ञता प्रकट गरे । प्रदेश सरकारको १ करोड सशर्त अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन […]

धनीले पनि पाएपछि विपन्नले बहिष्कार गरे राहत

१६ वैैशाख, जनकपुरधाम । धनी वर्गलाई राहत दिएको भन्दै सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् । बलरा नगरपालिका-३ का विपन्न परिवारले राहत बहिष्कार गरेका हुन् । वडा कार्यालयले मंगलबार बिहान राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुनेदेखि सरकारी जागिरेसमेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित, गरीब र विपन्नले राहत लिएनन् । […]

मुग्लानमा बुवा हराए, घरमा आमा बितिन्, तीन बालबालिकाको विचल्ली

१७ वैशाख, दिपायल । डोटीको सायल गाउँपालिका-२, लुसाकोटका कर्ण थापा उमेरले नौ वर्षका मात्र भए । विद्यालय जानु पर्ने, साथीभाइहरुसँग रमाउनुु पर्ने यो बालापन उनका लागि सपना जस्तै भयो । कर्णका लागि मात्रै होइन, उनका भाइ सात वर्षीय दीपक र पाँच वर्षीया बहिनी जानकीले पनि बालापनमा रमाउने रहर गुमाए । रोजगारीका लागि भनी पाँच वर्ष […]

सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा विद्यालय भर्ना सुरु

१७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो । दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । नयाँ शैक्षिक […]

नेकपा सचिवालय बैठक बस्दै

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने […]

सुर्खेतमा क्वारेन्टाइनमै सुत्केरी

१७ वैशाख, काठमाडौं । पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले मङ्गलबार छोराको जन्म दिएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । नगरप्रमुख थापाका […]

हिमा गाउँपालिका उपाध्यक्षले दिइन् प्रशासकीय अधिकृतविरुद्ध उजुरी

१७ वैशाख, सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यवहार सहन […]

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

१७ वैशाख, काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक […]

भारतमा कोरोना संक्रमित एकै नेपाली परिवारका ८ सदस्यलाई स्वास्थ्य लाभ

१७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्यहरु उपचारपछि निको भएका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो । बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको […]

मिथिलाका वडाध्यक्षको निधन

१७ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका-७ का वडाध्यक्षको निधन भएको छ । मंगलबार योजना अनुगमन गर्न गएका वडाध्यक्ष युवराज उप्रेति एक्कासी ढलेका थिए । उनको मंगलबार साँझै हृदयघातबाट निधन भएको बताइएको छ । नगरपालिकाको वडानम्बर ८ पोखरियास्थित शहरी विकास बोर्डको योजना अनुगमन गर्न वडाध्यक्ष उप्रेती मेयर र उपमेयरसँगै गएका थिए । उपमेयर ताराकुमारी बस्नेतका […]

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुग्यो

१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ […]

ओलीको विकल्प : अध्यक्ष मात्रै छाड्ने या प्रधानमन्त्री पनि गुमाउने

१६ वैशाख, काठमाडौं । कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा सोमबार मेलमिलापको प्रस्ताव लिएर पुगेका केपी ओली पक्षका नेताहरुले केही मन्त्री र मुख्यमन्त्री दिने घोषणा गरे । थप केही नियुक्तिहरुमा पनि माधव नेपालका मान्छेहरुलाई ठाउँ सकिने ओली पक्षले प्रस्ताव राख्यो । योभन्दा ठूलो प्रस्ताव, चाँडै महाधिवेशन गरेर माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउन केपी ओली तयार रहेको सन्देश […]

‘श्री ३ महाराजपछि केपी कमरेडलाई अवसर थियो’

१५ वैशाख, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त माधव नेपालसँग निकट नेता हुन् । तथापि उनी भन्छन्, ‘म माधव नेपालको अन्धभक्त होइन । विवेक बन्धक राखेर कुनै पनि नेताको दास बनिँदैन । न प्रचण्डको बनिन्छ, न माधव नेपालको बनिन्छ, न केपी ओलीको बनिन्छ । दास बन्न कम्युनिस्ट भएको होइन ।’ सोमबार माधवकुमार नेपालको […]

ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव माधव नेपालद्वारा अस्वीकार

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोजभित्रै महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेपछि पूर्वएमाले समूहबीच समझदारीको प्रयास विफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेको नेकपा स्रोतले जनाएको छ । तर, […]

कोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट दिन राष्ट्र बै‌ंकको निर्देशन

१६ वैशाख, काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । चैत मसान्तसम्मको कायम ब्याजदरमा […]

लकडाउन खुकुलो पार्न सरकारले देखेको तीन विकल्प

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ । मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र […]

चन्द्रागिरिमा लकडाउन तोडे एक हजारसम्म जरिवाना

१६ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको अनलाइनखबरलाई बताए । ‘एक […]

सरकारी वकिल कार्यालयले पनि लिएन सर्वेन्द्र र महेशविरुद्ध जाहेरी

१६ वैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई […]

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका […]

उपत्यकामा एकैदिन १६ सय कारबाहीमा, प्रहरी भन्छ- सडकमा नआउनुस्

१६ वैशाख, काठमाडौं । लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कडाइ गर्न परिपत्र गरेपछि मजदुर लिन विभिन्न जिल्लाबाट सवारीसाधान पठाउने क्रम रोकिएको छ । जनप्रतिनिधिले आफू खुशी सर्वसाधारण ओसार्न थालेकाले जोखिम बढेको गृहको निष्कर्ष छ । त्यसैले सवारी साधानको आवत जावतलाई पूर्णतः रोक लगाइएको गृहको भनाइ छ । मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले सोमबार जारी गरिएको […]



from समाचार – Online Khabar https://ift.tt/2SfCmkU
via IFTTT
Powered by Blogger.