समाचार
१५ वैशाख, काठमाडौं । कोरोना भाइस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् । कोरोना भाइरसका कारण […]
१५ वैशाख, काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगातार घट्दै गएपछि सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी भएको छ । भाइरसको संक्रमण फैलिन नदिन मार्च महिनाको मध्यदेखि लगाइएका कडा प्रतिबन्धका प्रावधान मे महिनाको चार तारेखदेखि खुकुलो बनाउने प्रधानमन्त्री गुइसेपे कोन्टेले बताएका छन् । उनले मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाई […]
१४ वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित […]
१४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका […]
१४ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ […]
१४ वैशाख, वीरगञ्ज । मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरू सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो । लकडाउनको मौका छोपेर उनीहरूले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको प्रहरीकाे दाबी छ । प्रहरीकाअनुसार पक्राउ […]
१४ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको ९ नम्बर वडा कार्यालयमा आइतबार ठूलो संख्यामा मानिसहरू जम्मा भएर नाराबाजी सुरु गरे । आफूहरू मजदुर भएको र खान–लाउनै मुस्किल भएकोले राहत दिनुपर्ने उनीहरूको माग थियो । वडाले त्यहाँ जम्मा भएका सबैको नाम राहतका लागि टिपेपछि नाराबाजी साम्य भयो । तर, वडाको दाबी छ, ‘उनीहरू कसैले उक्साएर कराएका हुन् […]
१४ वैशाख, घोराही । नेत्रविक्रम चन्द (विप्लव) समूह सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालय दाङले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ । दाङस्थित पत्रकार जानकी चौधरीका अनुसार प्रशासन कार्यालय अगाडिबाट चन्दलाई पुनः पक्रेर प्रहरीले दाङबाट कपिलवस्तुतर्फ लगेको छ । ‘बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले […]
१४ वैशाख, काठमाडौं ।काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर […]
१४ वैशाख, काठमाडौं । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको गरेको अर्थमन्त्री तथा सूचना […]
१४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु […]
१४ वैशाख, काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ […]
१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वमा भएका मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने भनी फेरि फैसला गरेको छ । यसअघि २०७१ साल फागुन १४ गते गरेको फैसलाविरुद्ध सरकारले दिएको पुनरावलोकन निवेदन खारेज गर्दै सर्वोच्चले मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने फैसला गरेको हो । आइतबार सर्वोच्चमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, […]
१४ वैशाख, जनकपुरधाम । कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ को धनुषामा स्तरोन्नती भइरहेको आइसोलेसनसहित ५० बेडको अस्पताल आगामी मंगलबारबाट सञ्चालनमा आउने भएको छ । धनुषाको नगराइन नगरपालिका-५ मा रहेको नगराइन अस्पतालको स्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने काम अन्तिम चरणमा पुगेको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहसहितका सरोकारवालाले आइतबार अस्पतालको […]
१४ वैशाख, बुटवल । पाल्पामा प्रहरीले मेडिकलबाट गाँजा र विभिन्न प्रकारका अन्य लागुऔषधसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानेसन नगरपालिका-६ वर्तुङस्थित सरस्वती मेडिकल हलका सञ्चालक सरस्वती खानाल र उनको छोरा प्रकाश र विवेक रहेका छन् । प्रकाशलाई सोधपुछपछि छोडिएको र अन्य दुईजनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी […]
१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले […]
१४ वैशाख कैलाली । चट्याङ लागेर अछाममा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाँउपालिकाको वडानम्बर ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाहको चट्याङ लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चट्याङ लागेर अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय सीतादेवी शाह र ३ वर्षीय कल्पना शाह रहेका छन् । […]
१४ वैशाख, कास्की । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ । पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका–११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुई जनाको शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण लामो समयदेखि प्रभावित संघीय संसदका विषयगत समितिहरु नियमित काममा फर्किँदैछन् । आइतबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि विज्ञहरुसँग छलफल गर्यो । यो विधेयकमाथि छलफल गर्न सोमबार पनि समितिले बैठक डाकेको छ । समिति सचिवालयका अनुसार मंगलबार संक्रामक रोग ऐन, २०२० लाई समयानुकुल बनाउने […]
१४ वैशाख, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको विषेश कोभिड–१९ अस्पताल तयार भएको छ । कोरोना संक्रमणको दर बढेसँगै एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल तयार पारिएको हो । एक हप्तामै तयार भएको यो अस्पतालमा आईसीयू बेड १३ वटा छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा लेबल–थ्री […]
१४ वैशाख, काठमाडौं । विपन्न वर्गहरुलाई लक्षित गर्दै ल्याइएको ‘कोभिड–१९ बीमा’ पोलिसीमा आकर्षण देखिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले ट्रायालका लागि ल्याएको बीमा पोलिसीमा सर्वसाधारणको आकर्षण देखिएको बताएका हुन् । ‘हामीले यो कत्तिको प्भावकारी हुन्छ भनेर न्युन आए […]
from समाचार – Online Khabar https://ift.tt/35cy5Eb
via IFTTT