Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रभु साह भन्छन्- ओलीको विकल्प प्रचण्डमात्र हुन्

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेकपाका दुई नम्बर प्रदेश अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुन नसक्ने बताएका छन् । उनले ओलीको विकल्प प्रचण्डबाहेक अरु हुन नसक्ने बताएका हुन् । पार्टीभित्रको विवादबारे पहिलोपटक मुख खोलेका साहले सचिवालयका नेताहरुले द्वन्द्व होइन, एकतालाई रोज्नुपर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै साहले भने- […]

फ्रेण्ड्सका पूर्वखेलाडी महेश पन्थीको कोरोनाबाट मृत्यु

१७ वैशाख काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडीको अमेरिकामा मृत्यु भएको छ । ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोना लागेर मृत्यु भएको हो । फ्रेण्ड्स क्लबलको यसको सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेको छ । फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दु:ख […]

प्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकन

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् । सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय […]

चितवनकी महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

१७ वैशाख, भरतपुर । चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो । ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । उनमा वैशाख ५ गते […]

भरतपुर अस्पतालले बन्द गर्‍यो फेसबुक पेज

१७ वैशाख, काठमाडौं । विवादमा परेपछि भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले फेसबुक पेज बन्द गरेको छ । अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबुक एकाउण्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि अस्पतालको फेसबुक एकाउण्ट बन्द गरिएको हो । अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद […]

सांसदहरुको सुझाव : नयाँ बजेटमा औद्योगिक पूर्वाधारमा जोड देऊ

१७ वैशाख, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ को नयाँ नीति तथा कार्यक्रमा औद्योगिक पूर्वाधार र स्वरोजगारमुलक कार्यक्रममा ध्यान दिन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्रालयले मंगलबारदेखि सुरु गरेको बजेट छलफलमा सुदूरपश्चिम र प्रदेश पाँचबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले यस्तो धारणा राखेका हुन् । छलफलमा मुलुकमा औद्योगिकीकरणको युग सुरुवात गर्न के गर्न सकिन्छ भन्ने […]

एसईई र ११ कक्षाको नतिजा निकाल्न विद्यालयलाई नै देऊ : प्रतिष्ठान

१७ वैशाख, काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयहरुले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा भने सावधानीका सबै उपायहरु अपनाई सञ्चालन गर्न र एसईईलाई आगामी वर्षदेखि सदाका लागि अन्त्य गर्न प्रतिष्ठानको राय छ […]

प्रधानमन्त्री र सभामुखबीच भेट, बजेट अधिवेशनबारे छलफल

१७ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा […]

भरतपुर कोरोना नियन्त्रण कार्यदलद्वारा खर्च अनुमोदन

१७ वैशाख, चितवन । भरतपुर कोरोना विषेश अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले खर्च अनुमोदन गरेको जनाएको छ । कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले कार्यदलको सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको बताए । तर, केही सदस्यहरूले भने यसबारेमा अनभिज्ञता प्रकट गरे । प्रदेश सरकारको एक करोड सशर्त अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन […]

धनीले पनि पाएपछि विपन्नले बहिष्कार गरे राहत

१६ वैैशाख, जनकपुरधाम । धनी वर्गलाई राहत दिएको भन्दै सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् । बलरा नगरपालिका-३ का विपन्न परिवारले राहत बहिष्कार गरेका हुन् । वडा कार्यालयले मंगलबार बिहान राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुनेदेखि सरकारी जागिरेसमेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित, गरीब र विपन्नले राहत लिएनन् । […]

मुग्लानमा बुबा हराए, घरमा आमा बितिन्, तीन बालबालिकाको बिचल्ली

१७ वैशाख, दिपायल । डोटीको सायल गाउँपालिका-२, लुसाकोटका कर्ण थापा उमेरले नौ वर्षका मात्र भए । विद्यालय जानु पर्ने, साथीभाइहरुसँग रमाउनुु पर्ने यो बालापन उनका लागि सपना जस्तै भयो । कर्णका लागि मात्रै होइन, उनका भाइ सात वर्षीय दीपक र पाँच वर्षीया बहिनी जानकीले पनि बालापनमा रमाउने रहर गुमाए । रोजगारीका लागि भनी पाँच वर्ष […]

सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा विद्यार्थी भर्ना सुरु

१७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूले नयाँ शैक्षिक सत्रको लागि भर्ना कार्यक्रम सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरूमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो । दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयले अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । नयाँ शैक्षिक […]

नेकपा सचिवालय बैठक बस्दै

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने […]

सुर्खेतमा क्वारेन्टाइनमै सुत्केरी

१७ वैशाख, काठमाडौं । पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले मङ्गलबार छोराको जन्म दिएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । नगरप्रमुख थापाका […]

हिमा गाउँपालिका उपाध्यक्षले दिइन् प्रशासकीय अधिकृतविरुद्ध उजुरी

१७ वैशाख, सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यवहार सहन […]

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

१७ वैशाख, काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक […]

भारतमा कोरोना संक्रमित एकै नेपाली परिवारका ८ सदस्यलाई स्वास्थ्य लाभ

१७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्यहरु उपचारपछि निको भएका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो । बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको […]

मिथिलाका वडाध्यक्षको निधन

१७ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका-७ का वडाध्यक्षको निधन भएको छ । मंगलबार योजना अनुगमन गर्न गएका वडाध्यक्ष युवराज उप्रेति एक्कासी ढलेका थिए । उनको मंगलबार साँझै हृदयघातबाट निधन भएको बताइएको छ । नगरपालिकाको वडानम्बर ८ पोखरियास्थित शहरी विकास बोर्डको योजना अनुगमन गर्न वडाध्यक्ष उप्रेती मेयर र उपमेयरसँगै गएका थिए । उपमेयर ताराकुमारी बस्नेतका […]

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुग्यो

१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ […]

ओलीको विकल्प : अध्यक्ष मात्रै छाड्ने या प्रधानमन्त्री पनि गुमाउने

१६ वैशाख, काठमाडौं । कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा सोमबार मेलमिलापको प्रस्ताव लिएर पुगेका केपी ओली पक्षका नेताहरुले केही मन्त्री र मुख्यमन्त्री दिने घोषणा गरे । थप केही नियुक्तिहरुमा पनि माधव नेपालका मान्छेहरुलाई ठाउँ सकिने ओली पक्षले प्रस्ताव राख्यो । योभन्दा ठूलो प्रस्ताव, चाँडै महाधिवेशन गरेर माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउन केपी ओली तयार रहेको सन्देश […]

‘श्री ३ महाराजपछि केपी कमरेडलाई अवसर थियो’

१५ वैशाख, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त माधव नेपालसँग निकट नेता हुन् । तथापि उनी भन्छन्, ‘म माधव नेपालको अन्धभक्त होइन । विवेक बन्धक राखेर कुनै पनि नेताको दास बनिँदैन । न प्रचण्डको बनिन्छ, न माधव नेपालको बनिन्छ, न केपी ओलीको बनिन्छ । दास बन्न कम्युनिस्ट भएको होइन ।’ सोमबार माधवकुमार नेपालको […]



from समाचार – Online Khabar https://ift.tt/2VOzEW2
via IFTTT
Powered by Blogger.