समाचार
१४ वैशाख, पोखरा । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल शाखाले ट्रेकिङ क्षेत्रमा कार्यरत ८६ जना मजदुरलाई राहत उपलब्ध गराएको छ । प्रति व्यक्ति १४ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए । लकडाउनका कारण ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरुको जीविकोपार्जनमा समस्या देखिन थालेपछि राहत वितरण सुरु गरिएको उनले […]
१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । तर ओम्नीले पहिलो लट सामान ल्याएसँगै सम्झौता विवादमा पर्यो । विना प्रतिस्पर्धा महंगो […]
१४ वैशाख, काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा […]
१४ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
१४ वैशाख, बुटवल । कोभिड–१९ संक्रमणको जोखिम मूल्यांकन गरी निश्चित क्षेत्रहरुमा लकडाउन खुल्ला गर्न र मनोमानी गरिएको मूल्यवृद्धि रोक्न उपभोक्ता संरक्षण मञ्च प्रदेश ५ ले माग गरेको छ । लकडाउनसँगै नागरिकका आम्दानीका स्रोतहरु बन्द हुँदा जीवनयापनमा समस्या आएकाले व्यवहारिक रुपमा लचक र निश्चित क्षेत्र खुल्ला गर्न मञ्चले माग गरेको छ । मञ्चका प्रदेश अध्यक्ष तेजकुमार […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण भए/नभएको परीक्षण गर्न प्रयोग भइरहेको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको गुणस्तर अझै प्रमाणित नगरेको पाइएको छ । ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री खरिद सम्झौता विवादमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएको थियो । मन्त्रालयले १९ चैत […]
१४ वैशाख, विराटनगर । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भएको छ । लकडाउनमा सर्वसाधारणलाई घरमै राख्नका लागि चोकचोकमा प्रहरी परिचासलित छन् । सम्भावित जोखिम नियन्त्रणका लागि प्रहरीले दैनिक १८ घण्टा ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई बताउँछन् । ‘हाम्रो ड्युटी दैनिक १८ […]
१४ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिका-५, भलुवाहामा मुसहर समुदायको बसोबास छ । दैनिक मजदुरीमा निर्भर मुसहरहरू यतिखेर भोकभोकै दिन काट्न बाध्य छन् । १५ दिनअघि आफ्नो छाप्रोमै सुत्केरी भएकी मुक्ता देवी पनि भोको दिन काटिरहेकी छिन् । नगरपालिकाले सुरु गरेको राहत वितरण कार्य भलुवाहा नपुगेको भलुवाहाकी वृद्वा रजनीदेवी सदाले बताइन् । गाउँका सबै खोला […]
१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेपछि बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि सोबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन […]
१४ वैशाख, काठमाडौं । अमेरिकाजस्तो सुविधासम्पन्न ठाउँ, जहाँ संसारकै ठूला अस्पताल, उत्कृष्ट चिकित्सक र स्वास्थ्य सुविधाहरु छन् । त्यही अमेरिकामा आज मानिसहरुले उपचार नपाएर मर्ने अवस्था आएको छ, कोरोनाको महामारीले गर्दा । गत १५ अप्रिलमा न्यूयोर्कमा एक नेपाली युवाको आफू बसेको अपार्टमेन्टमै मृत्यु भयो । करिब एक महिना अगाडिदेखि कोरोना संक्रमण भएका उनी बारम्बार प्रयास […]
१४ वैशाख, काठमाडौं । सिराहाका सविन चापागाइँको न्यूरोडमा कम्प्यूटरसम्बन्धि पसल छ । कम्प्युटर मर्मत र यसका पाटपुर्जा खरिद-बिक्री गर्ने उनको पसलमा पाँचजना कर्मचारीले काम गर्थे । चैत्र ११ गतेदेखि घोषणा भएको लकडाउनले उनको पसल बन्द भयो । सबिन भन्छन्, ‘एक्कासी लकडाउन भएपछि भोलीदेखि कसरी काम गर्ने भनेर कर्मचारीसँग योजनासमेत बनाउन पाईनँ ।’ सरकारको आदेश मानेर सटर […]
१४ वैशाख, काठमाडौं । महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले आइतबार उद्धार गरेको छ । करिब ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फे भन्ने स्थानबाट उद्धार गरेको हो । दार्चुलाका प्रहरी प्रमुख दीपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘महाकाली नदीमा बगेर आइरहेको अवस्थामा आइतबार बिहान ६ बजेको समयमा एक जना महिलाको उद्धार गरेका छौं […]
१४ वैशाख, काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । ‘यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको हुँदा हाम्रा […]
१३ वैशाख, विराटनगर । लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई विराटनगर महानगरपालिकाले घरसम्म पुर्याइदिने भएको छ । विराटनगर महानगरपालिकाले डेरामा बसेका विद्यार्थीलाई घर पुर्याइदिने व्यवस्था मिलाउन लागेको हो । विद्यार्थीलाई सोमबारबाट गाडीको व्यवस्था गरेर घर पुर्याइदिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । ‘वडाबाट विद्यार्थीको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘ काकाडभिट्टादेखि सिराहासम्मका विद्यार्थीलाई […]
१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी भएको उल्लेख गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । […]
१४ वैशाख, विराटनगर । पेट दुखेर अस्पताल आएकी उदयपुरकी एक बिरामीलाई विराटनगरस्थित बिराट नर्सिङ होमले उपचार नगरी गेटबाटै फर्काइदिएको छ । पेटको समस्या भएर ल्याइएकी उदयपुर बेलका ४ रामपुरकी ५२ बषर्ीय रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा कार्यरत चिकित्सले भर्ना नलिई गेटबाटै फर्काइदिएका हुन् । बिराट नर्सिङ होमले बिरामी लिन नमानेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको छ […]
१४ वैशाख, गोरखा । गोरखाको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरले सुरक्षाका लागि भन्दै लिएको बन्दुकले पशुपन्क्षीको शिकार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । वैशाख ५ गते राति शहीद लखन गाउँपालिका-४ बक्राङको ढोडेनी जंगलमा स्थानीयले उनलाई बन्दुकसहित नियन्त्रणमा लिएका थिए । शिकार खेल्नकै लागि उनी त्यहाँ गएको स्थानीयको दाबी छ । पुजारी मगरले इजाजत […]
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत […]
१४ वैशाख, बार्सिलोना । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको […]
१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् । शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । ‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान […]
१४ वैशाख, बझाङ । बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् । जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा […]
from समाचार – Online Khabar https://ift.tt/3cNEYOP
via IFTTT