समाचार
१५ वैशाख, काठमाडौं । नोभल कोरोना भाइरसका कारण मुलुकको अर्थ व्यवस्थामा परेको असर पुरा गर्न सरकारले सरोकारवालाबाट सुझाव आहृवान गरेको छ । सरकारले कोभिड १९ को संक्रमणबाट नेपालको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा परेको असर/प्रभाव अध्ययन गरी अर्थव्यवस्थालाई पुनरुत्थान गर्न आवश्यक नीति, रणनीति एवम् उपयुक्त उपायसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ […]
१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । भेटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । ‘अहिले कुराकानी चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने । दुई नेताबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ […]
१६ वैशाख, जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका–८ मा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ । स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झडामा ३५ वर्षकी सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि […]
१६ वैशाख, सप्तरी । जिल्लाको तिरहुत गाउँपालिकामा पैसाका नोट नोटहरु छरिएको अवस्थामा फेला परेको छ । तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा मंगलबार बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो । उक्त ठाउँबाट २ सय ७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए […]
१६ वैशाख, काठमाडौं । भारतले चीनबाट ल्याउने तयारी भएको करिब पाँच लाख र्यापिड परीक्षण किट्सको अर्डर रद्द गर्ने निर्णय गरेको छ । अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो । साथै भारतले अहिले प्रयोग भइरहेका किट्सहरु पनि फिर्ता गर्ने निर्णय गरेको छ । र्यापिड परीक्षण किट्सले रगतमा एन्टिबडी भएको […]
१६ वैशाख, काठमाडौं । सरोकारवालाहरुले सेयर बजार खुलाउन माग गरेका छन् । बजार लामो समयदेखि बन्द हुँदा समथ्र अर्थतन्त्रमा नै नकरात्मक असर पर्ने भन्दै उनीहरुले बजार खुलाउनु पर्ने बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि लगानीकर्ताहरुकै आग्रहमा १० चैतदेखि बजार बन्द रहेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल […]
१६ वैशाख, गोरखा । पालुङटार नगरपालिका–७ च्याङली स्थित कामधेनु गाईपालन केन्द्रमा लकडाउनका कारण दैनिक ४ सय लिटर दूध उत्पादन घटेको छ । सञ्चालक राजेन्द्रराज पन्तकाअनुसार लकडाउन अघि दैनिक १७ सय लिटर उत्पादन हुनेमा अहिले १३ सय लिटरमात्र उत्पादन भइरहेको छ । पर्याप्त मात्रामा दाना खुवाउन नसक्दा उत्पादन घटेको उनी बताउँछन् । उनको गाईफार्ममा अहिले २ […]
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका […]
१६ वैशाख, काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित बनेको छ । शीर्ष तहमा चर्किएको शक्ति–संघर्षका कारण सचिवालय बैठक अनिश्चित बनेको हो । माधव नेपाल पक्ष र केपी ओली पक्षका नेताहरुबीच सोमबार कोटेश्वरमा भएको छलफलपछि मंगलबार सचिवालयको बैठक बस्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका थिए । नेता माधव नेपालको निवासमा भएको […]
१६ वैशाख, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको १ सय चार जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश एक र दुईबाट संकलन गरी ल्याएको स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यो सँगै प्रदेशमा तीन दिनयताबाट कोरोना संक्रमणको नयाँ बिरामी भेटिएका छैनन् । प्रतिष्ठानका सहप्रवक्ता […]
१६ वैशाख, काठमाडौं । गत वर्ष माघमा कास्कीको अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभमामा हिमपहिरोमा बेपत्ता भएका एक पर्यटकको शव भेटिएको छ । नेपाली सेनाको टोलीले हिमपहिरोमा बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव सोमबार भेटेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जनाएको छ । २०७६ माघ २ गते अन्नपूर्ण गाउँपालिका […]
१६ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या […]
१६ वैशाख कैलाली । कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । २५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट […]
१६ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ । सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको […]
१६ वैशाख, कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई मध्यरातमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । […]
१६ वैशाख, खोटाङ । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो । […]
१६ वैशाख, बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् । सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् । गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको […]
१५ वैशाख, काठमाडौं । लकडाउनको एक महिना बित्दा काठमाडौंमा मजदुर र विद्यार्थी अलपत्र परेको खबरपछि स्थानीय तहहरूले आफ्ना नागरिक धमाधम गाउँ फर्काउन थालेका छन् । दर्जनौं गाडी साँझ कोटेश्वर र कलंकीबाट छुट्छन् । सरकारले अघोषितरुपमा गाडी खोलिदिएका कारण दैनिक हजारौंले काठमाडौं छाडिरहेका छन् । यसैबीच आइतबार विराटनगरबाट सात वटा बसमा हिँडेका काठमाडौंवासी सोमबार बिहान पाँच […]
१५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’ हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ। अहिले देशभर कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति […]
१६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ । टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्ध रहेको बताइन् । त्यस क्रममा चीनका राष्ट्रपति सीले पनि उक्त भ्रमणमा नेपालमा आफूले पाएको […]
from समाचार – Online Khabar https://ift.tt/2y5nTRU
via IFTTT