समाचार
१३ वैशाख, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड १९) को परीक्षण सुरु गरेको छ । प्रतिष्ठानको प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट शनिबारदेखि परीक्षण सुरु गरिएको प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले जानकारी दिइन् । उनका अनुसार आइसोलेसनमा रहेका ९ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको छ […]
१३ वैशाख, पोखरा । फ्रान्सबाट फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गण्डकी प्रदेशमा खैलाबैला मच्चियो । उपचारका लागि पोखरा लैजाने कि टेकु (शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल) लैजाने भन्ने छलफल चल्यो । तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिके पोखरेलले बागलुङमै उपचार गर्ने हिम्मत देखाए । […]
१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरू अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण […]
१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ । शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको […]
१३ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८को बजेटमा रोजगारीको कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने भएको छ । ‘कोभिड १९’को कारण दश लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाएको अनुमान छ । विदेशबाट पनि काम गुमाएर फर्किनेको संख्या ५ लाखभन्दा बढी अनुमानसहित सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारसँगै रोजगारीको कार्यक्रमलाई विशेष प्राथमिकता दिने भएको […]
१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने […]
१३ वैशाख, कैलाली । एक महिनादेखि महाकालीपारि करिब दुई हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरूको उद्धारमा ढिलाइ भएको छ । रुपन्देहीका नाकाबाट नेपालीहरूको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई हजार बढी नेपालीहरूको भने उद्धार हुन सकेको छैन । सम्बन्धित जिल्ला प्रशासन […]
१ ३ वैशाख, तनहुँ । व्यास नगरपालिका-१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र उनकी अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिका हुन् । मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि […]
१३ वैशाख, बुटवल । रुपन्देहीको भैरहवा-सुनौली नाकामा भारतीय पक्षले स्थापना गरेकाे क्वारेन्टाइनमा २५ दिन बसेका एक सय १२ जना नेपालीलाई शनिबार स्वदेश ल्याइएको छ । यसअघि शुक्रबार पनि एक सय दुई जनालाई नेपाल ल्याइएको थियो । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए । भारततर्फको क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई तीन चरणमा स्वदेश फर्काइने प्रदेश ५ […]
१३ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई तराईबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा उनी अपहरण परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि सर्वेन्द्र खनाल र महेश बस्नेतहरुको चढेको गाडी चेकिङ गरेन । प्रहरीकै ‘व्यवस्थापन’ मा यादवलाई काठमाडौं ल्याउन बस्नेत र खनालहरू सफल भए ।लकडाउनका बेलामा आफूलाई काठमाडौं ल्याइँदा बाटोमा […]
१३ वैशाख, डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा एक महिलाको रहस्यमय ढंगले हत्या भएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर आक्रमणमा परी गम्भीर घाइते भएकी अन्दाजी २८ वर्षीया राजु दमाईको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गयो । प्रहरीका अनुसार राजुका श्रीमान् कृष्ण दमाईले प्रहरीलाई आफ्नो श्रीमतीमाथी अज्ञात व्यक्तिले आक्रमण गरेको बताएका छन् । बिहान […]
१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमुना संकलन गरी शुक्रबार हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो […]
१३ वैशाख, काठमाडौं । दल विभाजन गर्ने उद्देश्यले पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरिएको घटनाको छानबिन गर्न विद्यार्थी संगठनहरूले माग गरेका छन् । कोरानाले मुलुक आक्रान्त भइरहेको बेला लकडाउनको मौका छोपी सांसदलाई नै ‘अपहरण’ गरिनु अपराधिक कार्य भएको भन्दै विद्यार्थी संगठनहरूले घटनाको छानबिन गर्न माग गरेका हुन् । नेपाल विद्यार्थी […]
१३ वैशाख, काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुभाव दिएको छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले गठन गरेको पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले अध्ययन गरिरहेको छ । ती सुझावलाई उच्चस्तरीय […]
१३ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेका एक हजार १६ जनाको र्यापिड डाइनोस्टिक टेस्ट गरेको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै काठमाडौँ महानगरपालिकाले सुरुमा वडा नम्बर-५ का ३९ जनाको र्यापिड टेस्ट गराएको थियो । त्यसपछि निरन्तर रुपमा […]
१३ वैशाख, काठमाडौं । काठमाडौंमा दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुले स्थानीय तहले बाँडेको राहतमा समेत पहुँच नपाएको गुनासो आइरहेका बेला टोल टोलमा विभिन्न संस्था र व्यक्तिले भोकाहरुलाई भोजन गराउने अभियान नै चलाइरहेका छन् । वडाले बाँड्ने खाद्यान्न राहतमा सम्पन्नले समेत अधिकार खोज्न थालेपछि कतिपय वडाध्यक्षहरुकै पहलमा सामुहिक भोजनको व्यवस्था गर्न थालिएको हो । काठमाडौंको महाराजगन्ज […]
१३ वैशाख, काठमाडौं । लकडाउन सुरु हुनु अघिको तुलनामा अहिले तरकारीको थोक मूल्य निकै घटेको छ । कालीमाटी बजार बिकास समितिको मूल्य सूचीअनुसार कुनैकुनै तरकारी त पहिलेभन्दा ८० प्रतिशतसम्म सस्तिएका छन् । तर उपभोक्ताको मूल्यमा भने कुनै घटबढ देखिएको छैन । बजार बिकास समितिको रेकर्डमा रहेको ६४ प्रकारका तरकारी तथा फलफूल मूल्यसूचीमध्ये अधिकांशको मूल्य निकै […]
१३ वैशाख, कैलाली । कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१२ शिवपुरका-११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका छन् । घर नजिकैको कन्द्रा नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले […]
१३ वैशाख, रामेछाप । रामेछापमा तामाकोसी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नम्बर-२ टेकानपुरका १८ वर्षीय सुमन रम्तेल रहेका छन् । सदरमुकाम मन्थली नजिकै तामाकोसी नदीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । नदीमा डुबेका किशोरको उद्दार […]
१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई अध्यादेश फिर्ता लिने बचन दिइसकेपछि पनि भैंसेपाटीमा नेकपाको ९ सदस्यीय सचिवालयका ६ जना नेताको अलग्गै बैठक किन बस्यो ? जुन बैठकमा महासचिव विष्णु पौडेलको सहभागितालाई लिएर ओली समूहभित्र खैलाबैला मच्चिएको थियो । जबकि, नेकपाभित्र अन्तरविरोध समाधान गर्ने भूमिकामा प्रायः मध्यस्थकर्ता बन्ने गरेका पौडेल […]
१३ वैशाख, काठमाडौं । शनिबार काठमाडौंको अधिकतम तापक्रम २२-२४ डिग्री सेल्सियस मापन भयो । यो तापमान गत वर्षकोभन्दा ३ डिग्री सेल्सियस कम हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार २०७६ वैशाख १३ गते अधिकतम तापक्रम २५-२७ डिग्री सेल्सियस मापन भएको थियो । वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार प्रि-मनसुनी वर्षाका कारण […]
from समाचार – Online Khabar https://ift.tt/3aBQrQ4
via IFTTT





















