Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भोजपुरका संक्रमित युवकको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ

१५ वैशाख, विराटनगर । भोजपुरका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका रहेका मानिसको स्वाबको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भोजपुरका ती युवकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा रहेका १५ जनाको स्वाब परीक्षण गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबबाट गरिएको स्वाबको नमुना परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएको […]

नारायणी अस्पतालमा ५० शय्याको आइसोलेसन वार्ड थपिने

१५ बैशाख, वीरगञ्ज । लेभल १ को कोरोना अस्पताल भएपछि नारायणी अस्पतालमा अन्य सेवा ठप्प छ । कतिपय मानिसहरु थाहा नपाएर उपचारका लागि आउँछन् । उनीहरु उपचार नपाएपछि अन्यत्र जान बाध्य छन् । अस्पतालमा कोरोना संक्रमित ३ जना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा हाल १५ बेडको आइसोलेसन वार्ड छ । […]

नागढुंगामा सवारीका लागि ‘डिस्इन्फेक्सन टनेल’ बन्ने

१५ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिस्इन्फेक्सन टनेल निर्माणका लागि संघ सरकार र स्थानीय चन्द्रागिरी नगरपालिकाबाट अनुमति पाइसकेको बताए । यस्तो टनेल निर्माणपछि काठमाडौं […]

वीरगञ्जका थप ६१ जनाको पीसीआर परीक्षण गरिने

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–३ छपकैयाका कोरोना संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका थप ६१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा सोमबार थप ६१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका ६१ जनाको थ्रोट स्वाबको नमुना […]

भरतपुर कोरोना अस्पताल : कर्मचारी नै चोरीमा, लाखौं घोटलाको आशंका

१५ वैशाख, चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो अनलाइनखबरले पाएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ । खनाल नेपाल निजामती कर्मचारी संगठन […]

सुकुम्बासी बस्तीमा नपुग्दै राहत हरायो !

१५ वैशाख, पोखरा । ‘काम गरेर खाने मान्छे हौँ हजुर, राहतका लागि भनेर पटक पटक नाम टिपाउन आएँ,’ पोखरा ९ बसपार्क कृष्ण टोलका नरबहादुर मल्ल गेट अगाडि चिच्याउँदै थिए, ‘नाम टिपाउँदा र फोटोकपी गर्दा २० रुप्पे खर्च भइसक्यो ख्वै त राहत ?’ मल्ल दैनिक मजदुरी गरेर परिवारको भोक मेट्दै आएका थिए । तर, लकडाउनले गर्दा […]

निष्कर्षमा पुग्न सकेन ओली-माधव समूहको छलफल

१५ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सोमबार नेता नेपालसँग कुराकानी गरेका थिए । लगत्तै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता गरे, तर सहमति हुन सकेन । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको […]

हिरासतबाट छुटेपछि भीम उपाध्याय : म होइन, प्रधानमन्त्री सच्चिनुपर्छ

फेसबुकमा स्टाटस लेखेवापत चार दिन हिरासत बसेर पूर्वसचिव भीम उपाध्याय सोमबार २५ हजार धरौटी तिरेर रिहा भएका छन् । उनीमाथि सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोप छ । हिरासतबाट छुटेपछि उपाध्यायले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताए । उपाध्यायले प्रधानमन्त्रीको स्वास्थ्य लक्षित टिप्पणीहरुको प्रतिरक्षा गरेका छन् । आफूले सरकारविरुद्ध […]

कोरोना रोकथाममा सफलता पाइरहेका बेला हुँडल्ने प्रयास भयो : प्रधानमन्त्री

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर सरकार अघि बढ्ने बताएका छन् । सरकारले कोरोना महामारीको रोकथाममा सफलता पाइरहेका बेला अन्य विषय हुँडल्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आफूलाई भेट्न आएका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको एकता र राजनीतिक स्थायित्व कायम राख्न आफू सबैसँग सहमतिका लागि तयार […]

महँगोमा सामान बिक्री गरेपछि भाटभटेनीलाई जरिवाना

१५ वैशाख, काठमाडौं । वाणिज्य विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्तालाई अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको भन्दै सोमबार जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्तालाई बढी मूल्यमा बस्तु बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनुगमन गरेको थियो । कैफियत फेला परेपछि उपभोक्ता संरक्षण […]

काठमाडौंबाट आएकालाई २१ दिन क्वारेण्टाइनमा राखिने

१५ वैशाख, डोटी । काठमाडौंबाट सोमबार गृहजिल्ला आएका डोटीका ७३ जनालाई २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ । बन्दाबन्दी -लकडाउन) का कारण काठमाडौंमै अलपत्र परेकाहरुलाई स्थानीय तहहरुले पहल गरी घर फर्काएका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर आइतबार प्रस्थान गरेका बा५ख २८६१ र बा५ख २८७३ नम्बरका दुई बसबाट उनीहरु सोमबार डोटी पुगेका […]

कांग्रेस र समाजवादीसँग डा. लोहनीले गरेको सहमतिप्रति कमल थापाको विरोध

१५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सरकारविरुद्ध संयुक्त संघर्ष वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरू सम्मिलित बैठकले सोमबार लोकतन्त्रवादी शक्तिहरूले एकताबद्ध भएर संघर्ष गर्ने प्रतिवद्धतासहितको तीनबुँदे विज्ञप्ति आएलगत्तै थापाले यस्तो असहमति सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा […]

स्मृति : पहिलोपटक भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा

१५ वैशाख काठमाडौं । भलिबल अहिले नेपालको राष्ट्रिय खेल हो । भौगोलिक हिसावले देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने खेल भएकाले यो निकै लोकप्रिय पनि छ । तर अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने नेपालले भलिबलमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । गत वर्ष नेपालको महिला टिमले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपको उपाधि जितेपछि […]

उद्धारको याचना गर्दै महाकालीपारि अलपत्र नेपाली

१५ वैशाख, कैलाली । ‘हामीलाई सरकारले कहिले नेपाल आउन दिन्छ ?’ बझाङ बुंगल नगरपालिका ४ का वीरेन्द्र लोहारले सोमबार फोन गरेर सोधे । उनीसँगै एक हजारभन्दा बढी नेपाली अहिले दार्चुलापारि अलपत्र छन् । क्वारेन्टाइनमा बसेको ३० दिन पूरा भइसक्दा पनि उद्धारमा चासो नदिएको भन्दै पछिल्लो समय उनीहरुले स्थानीय प्रशासन, सञ्चारकर्मी र सरोकारवालाहरुलाई सम्पर्क गरेर आफूहरुको […]

बाबुरामविरुद्धको जाहेरी प्रहरीद्वारा फिर्ता, अदालत जान सुझाव

१५ वैशाख, काठमाडौं । जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न गएका सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाई काठमाडौं प्रहरीले जाहेरी नलिई फर्काइदिएको छ । डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरूको चरित्रहत्या गरेको भन्दै सोमबार युवा संघ र अनेरास्ववियुका नेताहरू […]

झरीमा रुझ्दै, जिम्मेवारी निर्वाह गर्दै (फोटो फिचर)

१५ वैशाख, काठमाडौं । आइतबार अपराह्न काठमाडौं उपत्यकामा पानी पर्‍यो । लकडाउनको उल्लङ्घन गर्दै केही व्यक्ति सडकमा निस्किने गरेको देखिए पनि झरीका कारण सडकमा मानिसहरू भने देखिएनन् । तर, सवारीसाधनमा यात्रा गर्ने क्रम भने उस्तै थियो । सरकारले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि पास लिएर हिँड्ने क्रम रोकिएको छैन । बानेश्वरबाट थानकोटसम्म जाने क्रममा […]

ओली र नेपाल समूहको बैठक सकियो, मंगलबार सचिवालय बैठक

१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा […]

देवदह नगरपालिकाले बाँड्यो एक करोडको राहत

१५ वैशाख, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म ४ हजार ६ सय ९२ परिवारलाई राहत वितरण गरेको जनाएको छ । प्रकोप व्यवस्थापन कोषमार्फत विपन्न, गरिब तथा दैनिक ज्यालादरी गरी जिविकोपार्जन गर्ने मजदुरलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विनियोजन गरेको रकम र स्थानीय दाताले उपलब्ध गराएको रकमबाट १२ […]

डोटीमा राहत वितरणमा विवाद : कतै भिडभाड, कतै तालाबन्दी

१५ वैशाख, डोटी । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका परिवारलाई वितरण गर्न लागिएको राहातले विवाद निम्त्याएको छ । सोमबार दिपायल सिलगढी नगरपालिकाको टोली राहात वितरण गर्नका लागि वडानम्बर २ मा पुग्यो । वडा कार्यालयले उपलब्ध गराएको सूची अनुसार ३४ जनालाई राहात वितरण गर्न गएको नगर प्रमुख मन्जु मलासीसहितको टोलीमाथि प्रश्नको ओइरो लाग्यो । […]

प्रदेश २ मा राहत : नाम टिपाउनै दस्तुर तिर्नुपर्छ !

१५ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले रकम पठाएको महिना दिनमा पनि धेरैजसो स्थानीय तहमा राहत वितरण भएको छैन । लकडाउनको समयमा राहत नपाउँदा विपन्नहरूको बेहाल भएको छ । कतिपय स्थानीय तहले सामान खरिद गर्न टेण्डर नै गरेका छैनन् । प्रदेश सरकारले लकडाउनमा राहतका लागि गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उप–महानगरपालिकालाई २० लाख र […]

महत्वपूर्ण आयोजना र अत्यावश्यक उद्योग चलाउन चितवन प्रशासनको अनुरोध

१५ वैशाख, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा महत्वपूर्ण आयोजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख १२ गतेको निर्णयअनुसार यस्ता आयोजना र उद्योग सञ्चालन गर्न भनिएको छ । सरकारले लागु गरेको लकडाउनको […]



from समाचार – Online Khabar https://ift.tt/3cSVrBC
via IFTTT
Powered by Blogger.