समाचार
१६ वैशाख, बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् । सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् । गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको […]
१५ वैशाख, काठमाडौं । लकडाउनको एक महिना बित्दा काठमाडौंमा मजदुर र विद्यार्थी अलपत्र परेको खबरपछि स्थानीय तहहरूले आफ्ना नागरिक धमाधम गाउँ फर्काउन थालेका छन् । दर्जनौं गाडी साँझ कोटेश्वर र कलंकीबाट छुट्छन् । सरकारले अघोषितरुपमा गाडी खोलिदिएका कारण दैनिक हजारौंले काठमाडौं छाडिरहेका छन् । यसैबीच आइतबार विराटनगरबाट सात वटा बसमा हिँडेका काठमाडौंवासी सोमबार बिहान पाँच […]
१५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’ हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ। अहिले देशभर कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति […]
१६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ । टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्ध रहेको बताइन् । त्यस क्रममा चीनका राष्ट्रपति सीले पनि उक्त भ्रमणमा नेपालमा आफूले पाएको […]
१५ वैशाख, काठमाडौं । कोरोना महामारीविरुद्धको अभियानलाई नै बिथोल्ने गरी ल्याइएका दुई अध्यादेश फिर्ता लिइसकेपछि पनि सत्तारुढ नेकपाभित्रको हुँडलो मथ्थर भएन । त्यसयता सरकारमाथिको संकट घट्नुको साटो झन् चुलिएको छ । अध्यादेशमा भएको गल्ती सच्याएपछि सरकारको ध्यान जनताका दैनिक समस्यातर्फ केन्दि्रत हुने धेरैको अनुमान थियो । तर, बैशाख १२, १३, १४ र १५ गते चार […]
१६ वैशाख, काठमाडौै । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै […]
फेसबुकमा स्टाटस लेखेवापत चार दिन हिरासत बसेर पूर्वसचिव भीम उपाध्याय सोमबार २५ हजार धरौटी तिरेर रिहा भएका छन् । उनीमाथि सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोप छ । हिरासतबाट छुटेपछि उपाध्यायले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताए । उपाध्यायले प्रधानमन्त्रीको स्वास्थ्य लक्षित टिप्पणीहरुको प्रतिरक्षा गरेका छन् । आफूले सरकारविरुद्ध […]
१५ वैशाख, काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको […]
१५ वैशाख, विराटनगर । भोजपुरका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका रहेका मानिसको स्वाबको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भोजपुरका ती युवकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा रहेका १५ जनाको स्वाब परीक्षण गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबबाट गरिएको स्वाबको नमुना परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएको […]
१५ बैशाख, वीरगञ्ज । लेभल १ को कोरोना अस्पताल भएपछि नारायणी अस्पतालमा अन्य सेवा ठप्प छ । कतिपय मानिसहरु थाहा नपाएर उपचारका लागि आउँछन् । उनीहरु उपचार नपाएपछि अन्यत्र जान बाध्य छन् । अस्पतालमा कोरोना संक्रमित ३ जना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा हाल १५ बेडको आइसोलेसन वार्ड छ । […]
१५ वैशाख, काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् […]
१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर सरकार अघि बढ्ने बताएका छन् । सरकारले कोरोना महामारीको रोकथाममा सफलता पाइरहेका बेला अन्य विषय हुँडल्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आफूलाई भेट्न आएका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको एकता र राजनीतिक स्थायित्व कायम राख्न आफू सबैसँग सहमतिका लागि तयार […]
१५ वैशाख, विराटनगर । विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । विराटनगरमा अलपत्र रहेका काठमाडौंबासीलाई पठाए पनि नागढुंगामा रोकिएपछि पराजुलीले घर जान नदिनु हेपाहा प्रवृत्ति भएको बताएका हुन् । आइतबार काठमाडौंमा अलपत्र विराटनगरका बासिन्दालाई लिन विराटनगर महानगरपालिकाले सातवटा बस पठाएको थियो । […]
१५ वैशाख, काठमाडौं । बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो । उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’ विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–३ छपकैयाका कोरोना संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका थप ६१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा सोमबार थप ६१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका ६१ जनाको थ्रोट स्वाबको नमुना […]
१५ वैशाख, चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो अनलाइनखबरले पाएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ । खनाल नेपाल निजामती कर्मचारी संगठन […]
१५ वैशाख, पोखरा । ‘काम गरेर खाने मान्छे हौँ हजुर, राहतका लागि भनेर पटक पटक नाम टिपाउन आएँ,’ पोखरा ९ बसपार्क कृष्ण टोलका नरबहादुर मल्ल गेट अगाडि चिच्याउँदै थिए, ‘नाम टिपाउँदा र फोटोकपी गर्दा २० रुप्पे खर्च भइसक्यो ख्वै त राहत ?’ मल्ल दैनिक मजदुरी गरेर परिवारको भोक मेट्दै आएका थिए । तर, लकडाउनले गर्दा […]
१५ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सोमबार नेता नेपालसँग कुराकानी गरेका थिए । लगत्तै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता गरे, तर सहमति हुन सकेन । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको […]
१५ वैशाख, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता लगाउन सकेका […]
१५ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिस्इन्फेक्सन टनेल निर्माणका लागि संघ सरकार र स्थानीय चन्द्रागिरी नगरपालिकाबाट अनुमति पाइसकेको बताए । यस्तो टनेल निर्माणपछि काठमाडौं […]
from समाचार – Online Khabar https://ift.tt/3eWXrKL
via IFTTT