Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउनले दिएको सास्ती : ढुक्कसँग अन्तिमसंस्कार समेत गर्न पाइएन

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारले गरेको लकडाउनका कारण देशभरका विभिन्न जाति एवं समुदायका मानिसहरूलाई आफनो संस्कारअनुसार दाहसंस्कार गर्न समस्या हुन थालेको छ । विभिन्न संस्कारले दाहसंस्कार गर्ने जातजातिले लकडाउनकै कारण आफ्नो नियमित संस्कार धान्न नसकेको गुनासो गर्ने गरेका हुन् । लकडाउनको समयमा सरकारले अन्तिम संस्कारमा जानेहरूको लागि सहज रुपमा पास […]

बुद्ध जयन्तीमा निर्धारित सबै कार्यक्रम स्थगित

१८ वैशाख, काठमाडौं । २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका दौरान पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन् । यस वर्ष २५ वैशाख (७ मे)का दिन वैशाख शूक्ल पूणिर्मा तथा बौद्ध जयन्ती मनाइदैछ । लुम्बनी विकास कोषले यस दिन नेपाल सरकार, कोष पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । कोभिड […]

वीरगञ्जमा राहत बाँड्न ल्याएको चामल गुणस्तरहीन

१८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १४ मा विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएको छ । बुधबार वितरणका लागि महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको ९ सय ५० किलो चामलमध्ये केही बोरा डल्ला परेको भेटिएको हो । राहत वितरण गर्न प्याकिङ गर्ने क्रममा चामलको बोरामा डल्ला भेटियो । […]

गर्भवती र सुत्केरीलाई पोषणयुक्त राहत

१८ वैशाख, जनकपुरधाम । लक डाउनको समयमा प्रभावित विपन्न तथा गरिब परिवारका गर्भवती तथा सुत्केरीहरुलाई भोर नामक संस्थाले पोषणयुक्त राहत प्याकेज घोषणा गरेको छ । लकडाउनको समयमा जनप्रतिनिधिहरुले दाल र चामल मात्रै वितरण गरिरहँदा गर्भवती, सुत्केरी, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जोखिममा रहेको भन्दै भोरले विशेष राहत प्याकेज घोषणा गरेको हो […]

आईजीपी साहेब, के बोकेर बाहिरिनुहुन्छ ? आत्मसन्तुष्टि वा पश्चाताप ?

करिब २२ वर्ष अगाडि हालका आईजीपी ठाकुर ज्ञवाली सा’ब रुकुममा इन्स्पेक्टर हुनुहुन्थ्यो । उहाँ युएन मिसनमा छानिनुभएकाले म उहाँको स्थानमा कार्यभार सम्हाल्न जाँदै गर्दा बाटैमा थाहा भो, उहाँलाई एस्कर्ट गर्ने प्रहरीको टोली माओवादीको एम्बुसमा पर्‍यो र दुई प्रहरी मारिए । इन्स्पेक्टर (हालका आईजीपी) लाई टार्गेट गरेर थापेको एम्बुसबाट इन्स्पेक्टर उम्किनुभयो । तर, त्यही एम्बुसमा उहाँलाई […]

भारतमा रोकिएका नेपालीको बिहानैदेखि धमाधम उद्धार

१८ वैशाख, कैलाली । एक महिना भन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् । बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोनाको संक्रमण […]

पेट्रोलियम कारोबार ऐन ल्याउने तयारी

१८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऐन बनाउने प्रक्रिया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाएको छ । पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् । ऐन निर्माण […]

किसानबाट मार्फाली साग किनेर पोखरामा निःशुल्क वितरण

१८ वैशाख, पोखरा । लकडाउनका कारण कृषकहरुको उब्जनी बिक्री नभएको भन्दै गुनासो आइरहेको छ । बिक्री नभएपछि कतै कुहिएर जान थालेको त कतै बारीमै सुक्न थालेको उनीहरु बताउँदै आएका छन् । लम्बिँदै गएको लकडाउनले मुस्ताङका किसान पनि अछुतो रहन सकेका छैनन् । मुस्ताङमा अहिले ‘मार्फाली साग’को सिजन छ । लकडाउन नभएको भए मुस्ताङबाट पोखरा, चितवन, […]

कालीकोटमा वडाध्यक्ष कुटिए, पाँच जना पक्राउ

१८ वैशाख, काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेका छन् । […]

नागढुंगा नाकामा बन्यो स्यानिटाइजिङ टनेल

१८ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण भएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको हो । बिहीबार यस टनेलको परीक्षण गरिएको छ भने शुक्रबार उदघाटन गर्ने योजना छ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको […]

पाकिस्तानमा एकैदिन थपिए ८७४ कोरोना संक्रमित

१८ वैशाख, काठमाडौं । पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ । त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट […]

मध्य तराईमा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षणमा तीब्रता

१८ वैशाख, वीरगञ्ज । मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिने क्रमले निरन्तरता पाएपछि थ्रोट स्वाबको नमुना संकलनमा तीब्रता दिइएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको यसअघि आरडीटी गर्ने गरिएकोमा पछिल्ला दिनमा पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको हो । आरडीटी परीक्षण खासै विश्वसनीय पनि नदेखिएको र किट समेत कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । वीरगञ्ज–३ […]

तिर्खाएका बामदेवलाई प्रधानमन्त्रीको ‘ललिपप’

१८ वैशाख, काठमाडौं । परिहासयुक्त अभिव्यक्तिका लागि चर्चित छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । केही समययता कोरोनाको संकट र आफ्नै अस्वस्थताले उनको यो विशेषतालाई जनताले ‘मिस’ गर्दै आएका थिए । तर, बोलीमा नभएर के भो ? प्रधानमन्त्री ओलीले व्यवहारमै परिहास देखाउन थालेका छन् । बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रधानमन्त्री ओलीले लकडाउनमा […]

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न माग

१८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले  यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ। ज्ञापनपत्रमा विद्युत, टेलिफोन र […]

जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

१८ वैशाख, काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ। जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो । जापान सरकारले बिहीबार यो निर्णय […]

रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध

१८ वैशाख, रामेछाप । विश्वभरि फैलिएको कोरोनाको संक्रमण रोकथामका लागि रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा […]

सिमेन्ट उद्योगीको दावी : २२ अर्ब बढीको कारोबार गुम्यो

१७ वैशाख, काठमाडौं । लकडाउनका कारण अहिले निर्माणको काम लगभग ठप्प छ । जसका कारण छड सिमेन्ट जस्तापाता लगायतका निर्माण सामग्रीको उत्पादन, विक्री वितरण ठप्प छ । सिमेन्ट उत्पादक संघले पाँच हप्तामा २२ अर्ब भन्दा धेरै कारोबार क्षति ब्याहोर्नुपरेको जनाएको छ । देशभरका सिमेन्ट उद्योगबाट हुनै दैनिक ब्यापार हुने सिमेन्टको आकाडाको आधारमा प्रारम्भिक कारोबार क्षति […]

नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता

१८ वैशाख, सिमकोट (हुम्ला) । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद […]

भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा […]

महाकालीपारि अलपत्र नेपालीको उद्धार सुरु

१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ । बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । ‘हिजो छलफल गरेका थियौँ । केन्द्रमा पनि समन्वय गरेर आजबाट उद्धार सुरु गरिएको हो,’ उनले भने । भारतका बिभिन्न […]

सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाल प्रवेश

१८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको एक हजार ६ सय ९० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार दुई सय १३ वटा अस्थायी पोष्ट स्थापना गरेको छ । यसअघि नेपाल-भारत सीमामा १ सय २० वटा बोर्डर आउट पोष्ट थिए । कोभिड-१९ को महामारी अघि ७ देखि १० किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहे पनि अहिले […]



from समाचार – Online Khabar https://ift.tt/3d2xBmY
via IFTTT
Powered by Blogger.