Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बागलुङ्बाट ल्याइएका पर्सा र रौतहटका मजदुर क्वारेन्टाइनमा

१३ वैशाख, वीरगञ्ज । लकडाउनमा अलपत्र मजदुर बोकेर बिहीबार बागलुङको गल्कोटबाट छुटेका दुईवटा बस गाउँ आइपुगेको छन् । पर्सा र रौतहटका मजदुर बोकेर दुईवटा बस मजदुरको गाउँ पुगेका हुन् । पर्सामा ६ जना भारतीयसहित ४३ जना आइपुगेका छन् । उनीहरुमध्ये अधिकांश निर्माण कार्यमा खट्ने राज मिस्त्री र मजदुर हुन् । गल्कोट नगरपालिका वडानम्बर ५ र […]

मुख्यमन्त्री गुरुङको प्रस्ताव : आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् । बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री […]

भक्तपुरमा प्राथमिकता प्राप्त विकास निर्माणको काम सुरु गर्न सुझाव

१३ वैशाख, भक्तपुर । सांसदहरूले भक्तपुरमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै उच्च प्राथमिकताप्राप्त विकास निर्माण र अत्यावश्यक व्यवसायलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् । जिल्ला समन्वय समिति भक्तपुरले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीहरूले सो सुझाव दिएका हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति […]

डब्ल्यूएचओले भन्यो– नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक स्थान तल

१३ वैशाख, काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण […]

मोटरसाइकल दुर्घटनामा प्रहरीको जवानको मृत्यु

१३ वैशाख, कोहलपुर । बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो । ड्युटी सकेर भे३प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु […]

सरकारको निष्कर्ष : लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने […]

अनुदानको रासायनिक मलसहित दुई जना पक्राउ

१३ वैशाख, वीरगञ्ज । बाराको विश्रमपुरबाट प्रहरीले ९० बोरा रासायनिक मलसहित दुई जनालाई पक्राउ गरेको छ । बिश्रामपुर–२ बस्ने महेन्द्र साह तेली र २८ वर्षीय रामबाबु पन्डित पक्राउ परेका हुन् । महेन्द्र माँ गायत्री खाद भण्डारका सञ्चालक र रामबाबु ना.६ त ७३६८ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । कालोबजारी गर्ने उदेश्यले रासायनिक मल […]

सडकमै बनाइयो स्वचालित स्यानिटाइजिङ स्टेसन

१३ वैशाख, बुटवल । कोरोना भाइरसको संक्रमण रोकथामका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रवेश गर्ने सिद्धार्थ राजमार्गको नाकामा स्वचालित स्यानिटाइजेसन स्टेसन बनाएको छ । उत्तरी प्रवेशद्वार योगिकुटीमा शनिबारदेखि स्यानिटाइजेसन स्टेसन सञ्चालनमा आएको हो । राजमार्गमा गुड्ने सवारी साधन र पैदल हिँड्दै गरेका मानिसको शरीरमा प्रवेशद्वारमाथि पाइपमा जडान गरिएका १२ वटा नोजलबाट स्वचालित रुपमा सेनिटाइजर स्प्रे […]

हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण […]

कोरोनाको महामारीपछि बढ्छ राष्ट्रवाद, निगरानी र तानाशाह

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि विश्वभर अमेरिकाको सट्टामा चीनको प्रभाव बढ्ने विश्लेषण हुन थालेको छ । केहीले भने चीनको नेतृत्व पनि कमजोर हुने बताइरहेका छन् भने कतिपयले यो महामारीपछि विश्वव्यापीकरणको अन्त्य हुने बताइसकेका छन् । केही विश्लेषकले विश्वभर यो महामारीपछि नयाँ किसिमको सहयोग आउन सक्ने बताइरहेका छन् । केहीले भने विश्वभर नयाँ […]

उत्तर प्रदेशमा ३० जुनसम्म भेला र सभा समारोह गर्न रोक

१३ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले ३० जुनसम्म मानिसहरुलाई भेला हुन र सभा समारोह गर्न रोक लगाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले राजनीतिक र्‍याली र सामाजिक–सांस्कृतिक समारोहमा रोक लगाउने घोषणा गरेका हुन् । उनकाअनुसार राज्य सरकारले अरु राज्यमा रहेका मजदुरहरुलाई पनि फिर्ता ल्याउनेछ । उत्तर प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म १६०० संक्रमित भएका छन्, […]

कीर्तिपुरमा कुटिए विद्यार्थी (भिडियोसहित)

१३ वैशाख, काठमाडौं । सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अज्ञात समूहले कुटपिट गरेको छ । बीच सडकमा लडाएर विद्यार्थीहरुलाई टाउकोमा कुल्चेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । निर्घात कुटाइ खाने विद्यार्थी ललितजंग रावत रहेको र उनी त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत रहेको बुझिएको छ । उनलाई अहिले स्काउटले उद्धार गरेर अस्पताल […]

चुलबुले लोखर्के (फोटो फिचर)

१३ वैशाख, काठमाडौं । शरीरमा सर्लक्क परेका सेता धर्सा । लामो पुच्छर । कहिले यता, कहिले उता फर्‍याकफुरुक गरिरहने । यो फुर्तिलो लोखर्के हेर्दा जति चुलबुले छ, त्योभन्दा बढी सुन्दर छ । खुरुरुरु रुखमा चढ्दै, फेरि झर्दै, जमिनमा दगुर्दै कहिले फलफूल खान्छ, कहिले बाँस कोपर्छ त कहिले फूलको डाली नुहाएर फूल चपाउँछ यसले । अनि […]

महेश र सर्वेन्द्रलाई अपहरणको मुद्दा किन नलाउने ?

कुरा सुरु गरौं महेश बस्नेतबाट । महेश बस्नेतलाई व्यक्तिगत रूपमा म चिन्दिनँ । तर उनको कृत्यसँग परिचित छु । नेपाली राजनीतिक वृत्तमा उनको परिचय सरदर राजनीतिज्ञको भन्दा अलि अलग खालको छ । अर्थात विचारको भन्दा बाहुबलको राजनीति गर्नेमा उनको नाम अग्रस्थानमा आउँछ । महेशको बारेमा धेरैले नराम्रो कुरा सुनाउँदा कतिपयलाई म कालीदास, वाल्मीकि र सम्राट […]

तरकारीको मूल्य : थोकमा सस्तो, उपभोक्ताको भान्सा महँगो

१३ वैशाख, काठमाडौं । लकडाउन सुरु हुनु अघिको तुलनामा अहिले तरकारीको थोक मूल्य निकै घटेको छ । कालीमाटी बजार बिकास समितिको मूल्य सूचीअनुसार कुनैकुनै तरकारी त पहिलेभन्दा ८० प्रतिशतसम्म सस्तिएका छन् । तर उपभोक्ताको मूल्यमा भने कुनै घटबढ देखिएको छैन । बजार बिकास समितिको रेकर्डमा रहेको ६४ प्रकारका तरकारी तथा फलफूल मूल्यसूचीमध्ये अधिकांशको मूल्य निकै […]

भारतमा लकडाउन खुकुलो, पसल खोल्न अनुमति

१३ वैशाख, काठमाडौं । भारतले काेरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा […]

रामेछाप अस्पताललाई स्वाब कलेक्सन बुथ

१३ वैशाख, रामेछाप । नेपाल इञ्जिनियर एसोसियसन बागमती प्रदेशले जिल्ला अस्पताल रामेछापलाई स्वाब कलेक्सन बुथ उपलब्ध गराएको छ । कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गर्न एसोसिएसनले कलेक्सन बुथ अस्पताललाई शुक्रबार उपलब्ध गराएको हो । सुरक्षित रुपमा स्वाब संकलन गर्न एसोसिएसनले सहयोग गरेको बुथ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनलाई […]

एक्लाएक्लै सुसाइरहे साकुराका हाँगाहरू

जसरी दसैँको बेला मावली हजुरआमा आफ्नी सानी नातिनीको बाटो हेर्दै कुरिरहेकी हुन्छिन्, ठीक त्यसैगरी सयौँ वर्षदेखि यामाताका जिन्दाइ जाकुराले जापानीहरूलाई कुर्ने गर्छिन् । साना नाति–नातिनीहरूलाई पटुकीको फेरमा बाँधेको नरिवल र मिश्री निकालेर भावपूर्ण हृदयले दिएझैँ आफ्नो बूढो शरीरबाट यामाताकाले हजारौँ फूलहरू मार्च र अप्रिलभरि आफूलाई हेर्न आउनेलाई दिने गर्छिन् । यिनै बुढीमाउलाई हेर्न हजारौँ मानिसको […]

घाँस काट्दा लडेकी महिलाको हेलिकप्टरबाट उद्धार

१३ वैशाख, बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका-८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो । नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकप्टरबाट उद्धार […]

उच्चस्तरीय समितिमा लकडाउनको समीक्षा

१३ वैशाख, काठमाडौं । एक महिनादेखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने […]

वीरगञ्जमा उपचाररत ४ जनाको तेस्रो रिपोर्ट नेगेटिभ

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । […]



from समाचार – Online Khabar https://ift.tt/2x7AvaJ
via IFTTT
Powered by Blogger.