Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अस्पतालमै रोजा बस्छन् १७ जना कोरोना संक्रमित

१६ वैशाख, विराटनगर । विराटनगरमा अस्पताल भर्ना भएका कोरोना संक्रमित अस्पतालमै रोजा (ब्रत) बसेका छन् । इस्लाम धर्म मान्नेहरुको पवित्र पर्व रमजान शनिबार सुरु  भएको छ । यो पर्वमा एक महिनासम्म दैनिक ब्रत बस्ने गरिन्छ । शनिबार अस्पतालमा भर्ना भएका मुस्लिम समुदायका २८ जना कोरोना संक्रमितले रोजा बसेका थिए । तर मंगलबारबाट १७ जना मात्र […]

बैंकर्स संघका अध्यक्षले भने– राष्ट्र बैंकको परिपत्र क्रान्तिकारी

१६ वैशाख, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले क्रान्तिकारी निर्णय गरेर परिपत्र जारी गरेको प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रहरुका लागि चौथो त्रैमासको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ । राष्ट्र […]

खरिद नियमावलीमा अर्को संशोधन, काम नगर्ने ठेकेदारलाई म्याद थपको मौका

१६ वैशाख, काठमाडौं । सरकारले एक वर्ष नपुग्दै सार्वजनिक खरिद नियमावलीमा पाँचौं पटक संशोधन गरेको छ । वैशाख १५ मा राजपत्रमा प्रकाशित नियमावलीको दशौं संशोधनले यसअघि तोकिएको समयमा काम गर्न नसकेपनि म्याद थप गर्न छुटेका ठेक्काहरुलाई फेरि एक वर्षको मौका दिएको छ । सरकारले १४ पुस २०७६ मा व्यवसायीहरुको मागअनुसार नियमावलीमा नवौं संशोधन गरेको थियो […]

कोरोना भाइरससम्बन्धी अध्यादेश ल्याउन सरकारलाई सुझाव

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा नयाँ ऐन ल्याउने भन्ने विषयमा मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भयो । छलफलमा सांसद र विज्ञले मुख्य तीनवटा […]

वीरगञ्जका पाँच पसललाई जरिवाना

१६ वैशाख, वीरगञ्ज । लकडाउनको मौका छोपेर उपभोक्ता ठगिएको गुनासो आएपछि वीरगञ्जमा सोमबार बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले अनगुमनका क्रममा ५ वटा पसललाई कारबाही गरिएको छ । वीरगञ्ज–८ को रत्न जनरल स्टोर्स, वीरगञ्ज–५ को राजेश किराना सप्लायर्स, रोशन किराना पसल, वीरगञ्ज–१२ उजाला स्टोर र वीरगञ्ज आरसी फुड प्रोडक्टसलाई कारबाही गरिएको वाणिज्य, […]

सिंहदरबारभित्रै भेटियो मरेका कुकुर

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भयो । लकडाउन भएदेखि संहदरबारभित्रका सबै क्यान्टिन बन्द छन् । परिणाममा सिंहदरबारभित्रका कुकुरहरु खान नपाएर मर्न थालेका छन् । मानिसहरुको आवतजावत हुँदा क्यान्टिनहरु सञ्चालनमा हुन्थे । त्यही क्यान्टिनबाट फालिएका खानेकुरा खाएर सिंहदरबारभित्रका कुकुर बाँचेका थिए । मंगलबार नेपाली कांग्रेस र […]

बाबुरामविरुद्ध जाहेरी लिएर गएका नेकपाका युवालाई सरकारी वकिलले फर्काए

१६ वैशाख,काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणलाई लिएर डा. बाबुराम भट्टराई, हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध गाली बेइज्जतीको मुद्दा जाहेरी लिएर गएका सत्तारुढ नेकपाका युवा नेताहरुलाई पनि सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको छ । अपहरण प्रकरणमा महेश बस्नेत र सर्वेन्द्र खनाल सहितविरुद्ध जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालयमा […]

बंगलादेशबाट बिरामी छात्रालाई काठमाडौं ल्याइयो, बुद्धले गर्‍यो रेक्स्यू उडान

१६ वैशाख, काठमाडौं । बंगलादेशबाट एक जना नेपाली छात्रालाई काठमाडौं ल्याइएको छ । बुद्ध एयरले रेस्क्यू उडान गरी बंगलालादेशको ढाकाबाट एक जना नेपाली विद्यार्थीलाई काठमाडौं ल्याएको हो । बुद्ध एयरका अनुसार नेपाली छात्राको काठमाडौंस्थित परिवारले सरकारसँग रेस्क्यू उडानका लागि अनुमति लिएका थिए । जहाज चार्टर्ड समेत सोही परिवारले गरेको हो । ‘छात्रा गम्भीर बिरामी रहेको […]

पर्यटन मजदुरका लागि विकल्प खोज्दैछौं : पर्यटनमन्त्री

१६ वैशाख, काठमाडौं । कोभिड १९ का कारण पर्यटकीय गतिविधि शून्यमा झरेको छ । यसले यातायात (हवाई, सडक), होटेल, ट्रेकिङ-ट्राभलसहित अन्य पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरको रोजिरोटी गुमिरहेको छ । कोभिड १९ का कारण करीव ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । मंगलबार […]

सरकारी वकिल कार्यालयले पनि लिएन सर्वेन्द्र र महेशविरुद्ध जाहेरी

१६ वैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई […]

क्वारेन्टाइनबाट घर फर्किएको १० दिनपछि कोरोना संक्रमण पुष्टि

१६ वैशाख, रौतहट । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए । क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा कोरोना संक्रमणको पुष्टि भएन । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ती २५ […]

सर्वोच्चको आदेशपछि रिहा भए ज्ञानेन्द्र शाही

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । शाहीलाई थुनामै […]

कोरिया जाने नेपाली बोकेर सोल उड्ने भयो नेपाल एयरलाइन्स

१६ वैशाख, काठमाडौं । नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सोल उड्ने भएको छ । केही दिनभित्र नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘कोरिया […]

रौतहटका दुई संक्रमित पनि नारायणी अस्पतालमा

१६ वैशाख, वीरगञ्ज । रौतहटका २ जना कोरोना संक्रमितलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषलाई आइसोलेसन वार्डमा राखिसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनी दिल्लीबाट वैशाख ४ गते नेपाल आएका थिए । क्वारेन्टाइन जानुअघि उनी घर परिवार र ससुरालीमा केहिदिन बसेको पाइएको छ […]

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

१६ वैशाख, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्‍त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ । ती सबै कागजात […]

‘कोरोनालाई परास्त गरेर चाँडै घर फर्कन्छौं’

१६ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा वैशाख ४ गतेमा एक नेपालीसहित १२ जना कोरोना भाइरस (कोभिड–१९) का १२ संक्रमित भेटिए । त्यसलगतै भुल्केको नुरी मस्जिद टोलका सबैको स्वाब परीक्षण गर्दा थप आठ जना सक्रमित भेटिए । अहिले यो संख्या २८ पुगिसकेको छ । संक्रमितमध्ये एक ४० बर्षका पुरुष छन् । दुई वर्षअघि वैदेशिक […]

कोरोना संक्रमण देखिएपछि रौतहटका दुई गाउँ सिल

१६ वैशाख, रौतहट । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो । भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, […]

कर तिर्न तोकिएको २५ वैशाखको म्याद अब के होला ?

१६ वैशाख, काठमाडौं । सरकारले ३० चैतसम्म भुक्तानी गर्नुपर्ने अधिकांश करको अवधि २५ वैशाखसम्म सारेको छ । चैत मसान्तमा भुक्तानी गर्नुपर्ने फागुनको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुनको द्धैमासिक र मंसिर–फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको कर दाखिलाको अवधि सरकारले २५ चैतसम्म पुर्‍याएको थियो । आयकर ऐनअनुसार समेत फागुन महिनाको बुझाउनुपर्ने अग्रिम […]

महामारीमा खर्च कटौतीको प्रस्ताव

कोरोना भाइरस (कोभिड–१९) को प्रसार रोक्नका लागि मुलुक लकडाउनमा छ । कोरोनाको त्रास बढ्दो स्थितिमा छ । २०७६ चैत ११ गतेदेखि आरम्भ भएको लकडाउन २०७७ सालको कति दिन लम्बिने हो, टुङ्गो छैन । हालको विश्व परिस्थितिलाई नियाल्दा लकडाउन खुले पनि साविकको जस्तो सहज वातावरण हुने छैन । सामाजिक दुरी कायम गर्नुपर्नेछ । भिडभाडबाट जोगिने सल्लाह […]

संकटका बेला स्वास्थ्य सामग्रीमा नाफाखोरी !

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन भएको आज ३६ औं दिनमा लाखौँ करोडौं लगानीका हजारौं व्यवसाय ठप्प छन् । अत्यावश्यक सेवा भएकाले औषधि पसल र मेडिकल सप्लायर्सहरुले २४ घण्टा व्यवसाय गर्ने छुट पाएका छन् । तर यही मौकामा कतिपयले कालोबजारीको धन्दा चलाएका छन् । कमजोर अनुगमनको फाइदा उठाउँदै उपभोक्ता […]

लकडाउन खुकुलो पार्न सरकारले देखेको तीन विकल्प

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ । मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र […]



from समाचार – Online Khabar https://ift.tt/2Sfxuwl
via IFTTT
Powered by Blogger.