Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गर्भवती र सुत्केरीलाई पोषणयुक्त राहत

१८ वैशाख, जनकपुरधाम । लक डाउनको समयमा प्रभावित विपन्न तथा गरिब परिवारका गर्भवती तथा सुत्केरीहरुलाई भोर नामक संस्थाले पोषणयुक्त राहत प्याकेज घोषणा गरेको छ । लकडाउनको समयमा जनप्रतिनिधिहरुले दाल र चामल मात्रै वितरण गरिरहँदा गर्भवती, सुत्केरी, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जोखिममा रहेको भन्दै भोरले विशेष राहत प्याकेज घोषणा गरेको हो […]

भारतमा रोकिएका नेपालीको बिहानैदेखि धमाधम उद्धार

१८ वैशाख, कैलाली । एक महिना भन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् । बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोनाको संक्रमण […]

पेट्रोलियम कारोबार ऐन ल्याउने तयारी

१८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऐन बनाउने प्रक्रिया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाएको छ । पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् । ऐन निर्माण […]

किसानबाट मार्फाली साग किनेर पोखरामा निःशुल्क वितरण

१८ वैशाख, पोखरा । लकडाउनका कारण कृषकहरुको उब्जनी बिक्री नभएको भन्दै गुनासो आइरहेको छ । बिक्री नभएपछि कतै कुहिएर जान थालेको त कतै बारीमै सुक्न थालेको उनीहरु बताउँदै आएका छन् । लम्बिँदै गएको लकडाउनले मुस्ताङका किसान पनि अछुतो रहन सकेका छैनन् । मुस्ताङमा अहिले ‘मार्फाली साग’को सिजन छ । लकडाउन नभएको भए मुस्ताङबाट पोखरा, चितवन, […]

कालीकोटमा वडाध्यक्ष कुटिए, पाँच जना पक्राउ

१८ वैशाख, काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेका छन् । […]

नागढुंगा नाकामा बन्यो स्यानिटाइजिङ टनेल

१८ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण भएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको हो । बिहीबार यस टनेलको परीक्षण गरिएको छ भने शुक्रबार उदघाटन गर्ने योजना छ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको […]

पाकिस्तानमा एकैदिन थपिए ८७४ कोरोना संक्रमित

१८ वैशाख, काठमाडौं । पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ । त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट […]

मध्य तराईमा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षणमा तीब्रता

१८ वैशाख, वीरगञ्ज । मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिने क्रमले निरन्तरता पाएपछि थ्रोट स्वाबको नमुना संकलनमा तीब्रता दिइएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको यसअघि आरडीटी गर्ने गरिएकोमा पछिल्ला दिनमा पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको हो । आरडीटी परीक्षण खासै विश्वसनीय पनि नदेखिएको र किट समेत कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । वीरगञ्ज–३ […]

तिर्खाएका बामदेवलाई प्रधानमन्त्रीको ‘ललिपप’

१८ वैशाख, काठमाडौं । परिहासयुक्त अभिव्यक्तिका लागि चर्चित छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । केही समययता कोरोनाको संकट र आफ्नै अस्वस्थताले उनको यो विशेषतालाई जनताले ‘मिस’ गर्दै आएका थिए । तर, बोलीमा नभएर के भो ? प्रधानमन्त्री ओलीले व्यवहारमै परिहास देखाउन थालेका छन् । बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रधानमन्त्री ओलीले लकडाउनमा […]

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न माग

१८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले  यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ। ज्ञापनपत्रमा विद्युत, टेलिफोन र […]

जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

१८ वैशाख, काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ। जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो । जापान सरकारले बिहीबार यो निर्णय […]

रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध

१८ वैशाख, रामेछाप । विश्वभरि फैलिएको कोरोनाको संक्रमण रोकथामका लागि रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा […]

सिमेन्ट उद्योगीको दावी : २२ अर्ब बढीको कारोबार गुम्यो

१७ वैशाख, काठमाडौं । लकडाउनका कारण अहिले निर्माणको काम लगभग ठप्प छ । जसका कारण छड सिमेन्ट जस्तापाता लगायतका निर्माण सामग्रीको उत्पादन, विक्री वितरण ठप्प छ । सिमेन्ट उत्पादक संघले पाँच हप्तामा २२ अर्ब भन्दा धेरै कारोबार क्षति ब्याहोर्नुपरेको जनाएको छ । देशभरका सिमेन्ट उद्योगबाट हुनै दैनिक ब्यापार हुने सिमेन्टको आकाडाको आधारमा प्रारम्भिक कारोबार क्षति […]

नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता

१८ वैशाख, सिमकोट (हुम्ला) । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद […]

भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा […]

महाकालीपारि अलपत्र नेपालीको उद्धार सुरु

१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ । बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । ‘हिजो छलफल गरेका थियौँ । केन्द्रमा पनि समन्वय गरेर आजबाट उद्धार सुरु गरिएको हो,’ उनले भने । भारतका बिभिन्न […]

सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाल प्रवेश

१८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको एक हजार ६ सय ९० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार दुई सय १३ वटा अस्थायी पोष्ट स्थापना गरेको छ । यसअघि नेपाल-भारत सीमामा १ सय २० वटा बोर्डर आउट पोष्ट थिए । कोभिड-१९ को महामारी अघि ७ देखि १० किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहे पनि अहिले […]

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए […]

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

१८ वैशाख, भक्तपुर । काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन कार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख […]

लकडाउन उल्लंघनको आरोपमा बिहानै १५ सय जना कारबाहीमा

१८ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघनको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका छन् । बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक […]

रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ, साइबर अपराधको आरोप

१८ वैशाख, काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको अनलाइनखबरलाई बताए । साइबर ब्युरो […]



from समाचार – Online Khabar https://ift.tt/2yXNgFa
via IFTTT
Powered by Blogger.