Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमितको उपचार गर्न धरानमा बन्यो सुविधासम्पन्न अस्पताल

१४ वैशाख, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको विषेश कोभिड–१९ अस्पताल तयार भएको छ । कोरोना संक्रमणको दर बढेसँगै एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल तयार पारिएको हो । एक हप्तामै तयार भएको यो अस्पतालमा आईसीयू बेड १३ वटा छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा लेबल–थ्री […]

कोरोना बीमामा आकर्षण, एक हप्तामै ५७ लाख बीमा शुल्क संकलन

१४ वैशाख, काठमाडौं । विपन्न वर्गहरुलाई लक्षित गर्दै ल्याइएको ‘कोभिड–१९ बीमा’ पोलिसीमा आकर्षण देखिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले ट्रायालका लागि ल्याएको बीमा पोलिसीमा सर्वसाधारणको आकर्षण देखिएको बताएका हुन् । ‘हामीले यो कत्तिको प्भावकारी हुन्छ भनेर न्युन आए […]

अर्थमन्त्रीलाई रुपन्देही उद्योग संघको ८ बुँदे पत्र

१४ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड-१९)को महामारीले नेपालसहित विश्वव्यापी पारेको असरबाट नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा व्यापक नीतिगत सुधार गर्न रुपन्देही उद्योग संघले माग गरेको छ । अर्थमन्त्री युवराज खतिवडालाई ८ बुँदे सुझावसहितको पत्र पठाउँदै संघले कोरोनाका कारण संकटमा पुगेको अर्थतन्त्रमा सुधारको पहिलो विकल्प जतिसक्दो धेरै लगानी अभिवृद्धि गर्न आग्रह गरेको छ । विश्व […]

वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ । र्‍यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् । उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो […]

उदयपुरमा थप स्वास्थ्यकर्मी पठाउन सांसद खड्काको आग्रह

१४ वैशाख, काठमाडौं । उदयपुर क्षेत्र‍‍ नं.  १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले उदयपुरमा थप सुरक्षाकर्मीको टोली पठाउन सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका सांसद खड्काले उदयपुरमा स्वास्थ्यकर्मी पर्याप्त नरहेको भन्दै थप टोलि पठाउन आग्रह गरेका हुन् । उनले कोरोना आशंका गरिएका स्थानीय नागरिकको परीक्षण गर्ने व्यवस्था […]

धनकुटा हिलेमा दर्जनौं घरको भाडा मिनाहा

१४ वैशाख, धनकुटा । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष र उपाध्यक्षसहित धनकुटा, हिले बजारका एक दर्जन बढी घरधनीहरुले लकडाउन अवधिको घरभाडा मिनाहा गरेका छन् । लकडाउनका कारण व्यापार, व्यावसाय बन्द भएकाले धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकका घरधनीहरुले आफ्नो घरमा बस्नेहरुको भाडा मिनाहा गरेका हुन् । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, […]

बन्दाबन्दी सकिएको दुई सातापछि एसईई सञ्चालन गर्ने तयारी   

१४ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले […]

चीनका लागि नेपाली राजदूत पाण्डेद्वारा सपथ ग्रहण

१४ वैशाख, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाएकी हुन् । शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । पाण्डे पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । उनी यही वैशाख ५ गते चीनका […]

सांसदद्वारा कोरोना रोकथाम पूर्वतयारीबारे अनुगमन 

१४ वैशाख, बुटवल । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको पूर्वतयारीको बारेमा सांसदहरुको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुको टोलीले अनुगमन गरेको हो । सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गरेका काम, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन प्रभावितलाई बाँडिएको राहत, स्वास्थ्य चौकीको व्यवस्थापन, सचेतना अभिवृद्धिलगायतका विषयमा जानकारी […]

स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्स चीनको ग्वान्जाओ उड्दै

१४ वैशाख, काठमाडौँ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य […]

सडकको बजेटबारे छलफल सुरु, विभागले धेरै नमाग्ने

१४ वैशाख, काठमाडौं । बजेट निर्माणको गृहकार्य थालेको अर्थ मन्त्रालयले आइतबार सडक विभागको विनियोजनबारे छलफल सुरु गरेको छ । विभागका अधिकारीहरु चाहिँ यसपाली मन्त्रालयसँग धेरै बजेट माग्ने मुडमा छैनन् । आगामी आर्थिक वर्षका लागि सडक विभागलाई सरकारले करिब १३७ अर्बको बजेट सिलिङ दिएको थियो । कोभिड-१९ को प्रकोप सुरु हुनुभन्दा अघि नै योजना आयोगले पठाएको […]

जसपाको दर्ता रोक्न निर्वाचन आयोगमा युवा संघको उजुरी

१४ वैशाख, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपा दल दर्ताको […]

चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेका हुन् । राष्ट्र बैङ्कको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस […]

वीरगञ्जका संक्रमित : सफाइकर्मीका नाइके थिए, हरेक विहान वडा घुम्थे

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थपिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये एकजना वीरगञ्ज महानगरपालिकाका सफाइकर्मी भएको पाइएको छ । वडामा सरसफाइको नाइके भएका कारण उनी बिहानैदेखि सरसफाइको काममा निस्कने गरेका थिए । उनको मातहत १५ जना सफाइकर्मी कार्यरत थिए । आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनलाई नारायणीको आइसोलेसनमा राखिएको छ । तर वडा नं. ३ छपकैया […]

थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

१४ वैशाख, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) का थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ । आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित  निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरूमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका […]

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति   

१४ वैशाख, काठमाडौं । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण […]

‘टान’ पश्चिमाञ्चलद्वारा ट्रेकिङ मजदुरलाई राहत

१४ वैशाख, पोखरा । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल शाखाले ट्रेकिङ क्षेत्रमा कार्यरत ८६ जना मजदुरलाई राहत उपलब्ध गराएको छ । प्रति व्यक्ति १४ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए । लकडाउनका कारण ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरुको जीविकोपार्जनमा समस्या देखिन थालेपछि राहत वितरण सुरु गरिएको उनले […]

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले छानबिन थाल्यो

१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । तर ओम्नीले पहिलो लट सामान ल्याएसँगै सम्झौता विवादमा पर्यो । विना प्रतिस्पर्धा महंगो […]

अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेताहरु

१४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् । सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो […]

शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

१४ वैशाख, काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा […]

पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

१४ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यही वैशाख १० गते उपाध्याय पक्राउ परेका […]



from समाचार – Online Khabar https://ift.tt/3aGfDFb
via IFTTT
Powered by Blogger.