समाचार
१६ वैशाख, रौतहट । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए । क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा कोरोना संक्रमणको पुष्टि भएन । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ती २५ […]
१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन […]
१६ वैशाख, काठमाडौं । नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सियोल उड्ने भएको छ । १८ वैशाखमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘कोरिया […]
१६ वैशाख, वीरगञ्ज । रौतहटका २ जना कोरोना संक्रमितलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । दुई संक्रमितमध्ये १ जना नारायणी अस्पतालमा भर्ना भइसकेका छन् भने अर्का संक्रमितलाई पनि ल्याइँदैछ । देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषलाई आइसोलेसन वार्डमा राखिसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनी दिल्लीबाट वैशाख ४ गते […]
१६ वैशाख, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ । ती सबै कागजात […]
१६ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा वैशाख ४ गतेमा एक नेपालीसहित १२ जना कोरोना भाइरस (कोभिड–१९) का १२ संक्रमित भेटिए । त्यसलगतै भुल्केको नुरी मस्जिद टोलका सबैको स्वाब परीक्षण गर्दा थप आठ जना सक्रमित भेटिए । अहिले यो संख्या २८ पुगिसकेको छ । संक्रमितमध्ये एक ४० बर्षका पुरुष छन् । दुई वर्षअघि वैदेशिक […]
१६ वैशाख, रौतहट । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो । भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, […]
१६ वैशाख, काठमाडौं । सरकारले ३० चैतसम्म भुक्तानी गर्नुपर्ने अधिकांश करको अवधि २५ वैशाखसम्म सारेको छ । चैत मसान्तमा भुक्तानी गर्नुपर्ने फागुनको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुनको द्धैमासिक र मंसिर–फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको कर दाखिलाको अवधि सरकारले २५ चैतसम्म पुर्याएको थियो । आयकर ऐनअनुसार समेत फागुन महिनाको बुझाउनुपर्ने अग्रिम […]
कोरोना भाइरस (कोभिड–१९) को प्रसार रोक्नका लागि मुलुक लकडाउनमा छ । कोरोनाको त्रास बढ्दो स्थितिमा छ । २०७६ चैत ११ गतेदेखि आरम्भ भएको लकडाउन २०७७ सालको कति दिन लम्बिने हो, टुङ्गो छैन । हालको विश्व परिस्थितिलाई नियाल्दा लकडाउन खुले पनि साविकको जस्तो सहज वातावरण हुने छैन । सामाजिक दुरी कायम गर्नुपर्नेछ । भिडभाडबाट जोगिने सल्लाह […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन भएको आज ३६ औं दिनमा लाखौँ करोडौं लगानीका हजारौं व्यवसाय ठप्प छन् । अत्यावश्यक सेवा भएकाले औषधि पसल र मेडिकल सप्लायर्सहरुले २४ घण्टा व्यवसाय गर्ने छुट पाएका छन् । तर यही मौकामा कतिपयले कालोबजारीको धन्दा चलाएका छन् । कमजोर अनुगमनको फाइदा उठाउँदै उपभोक्ता […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ । मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र […]
हलमा रिलिज भएको २ महिना नबित्दै चलचित्र ‘लभ डायरिज’ युट्युबमा आयो । लकडाउनका कारण घरमा नै थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै चलचित्रलाई युट्युबमा रिलिज गरिएको थियो । कोरोनाको कारण विदेशमा हुने भनिएको सम्पूर्ण शो रद्द भए । त्यसपछि निर्देशक सौरभ चौधरीले चलचित्रलाई युट्युबमा हाल्ने निर्णय गरेका हुन् । सौरभले भने, ‘हलबाट चलचित्र बाहिरिएपछि अर्को आश […]
१६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रीस्तरीय […]
१६ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाली नागरिकलाई फर्काउन दूतावासले उक्त उडानको पहल गरेको हो । यात्रु स्वयमले टिकट काट्ने गरी यसअघि पनि दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी बि्रस्वेन उडाएको थियो । यस पटक भने आगामी ६ मेमा अष्ट्रेलियाको सिड्नीका लागि उडान गर्ने तयारी […]
१६ काठमाडौं । अपहरण मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् । पूर्वराज्यमन्त्री यादवसँगै […]
१६ वैशाख काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक जिताउने खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाए पनि प्रशिक्षकले अझै पाएका छैनन् । गत मंसिर १५ देखि २५ गतेसम्म नेपालमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण सहित २०७ पदक जित्दै दोस्रो भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने […]
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका […]
१५ वैशाख, काठमाडौं । नोभल कोरोना भाइरसका कारण मुलुकको अर्थ व्यवस्थामा परेको असर पुरा गर्न सरकारले सरोकारवालाबाट सुझाव आहृवान गरेको छ । सरकारले कोभिड १९ को संक्रमणबाट नेपालको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा परेको असर/प्रभाव अध्ययन गरी अर्थव्यवस्थालाई पुनरुत्थान गर्न आवश्यक नीति, रणनीति एवम् उपयुक्त उपायसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ […]
१६ वैशाख, काठमाडौं । काठमाडौंमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ, तर सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर […]
१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । भेटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । ‘अहिले कुराकानी चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने । दुई नेताबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ […]
१६ वैशाख, जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका–८ मा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ । स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झडामा ३५ वर्षकी सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि […]
from समाचार – Online Khabar https://ift.tt/2VIFo3g
via IFTTT