Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लम्बिँदो लकडाउन : प्रदेश २ मा कुपोषण फैलिने जोखिम

१४ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिका-५, भलुवाहामा मुसहर समुदायको बसोबास छ । दैनिक मजदुरीमा निर्भर मुसहरहरू यतिखेर भोकभोकै दिन काट्न बाध्य छन् । १५ दिनअघि आफ्नो छाप्रोमै सुत्केरी भएकी मुक्ता देवी पनि भोको दिन काटिरहेकी छिन् । नगरपालिकाले सुरु गरेको राहत वितरण कार्य भलुवाहा नपुगेको भलुवाहाकी वृद्वा रजनीदेवी सदाले बताइन् । गाउँका सबै खोला […]

मन्त्रिपरिषद्को बैठक सर्‍यो

१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेपछि बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि सोबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन […]

व्यवसायी भन्छन् : कोरोनाविरुद्ध सचेतता अपनाउँदै लकडाउन खुकुलो पारौं

१४ वैशाख, काठमाडौं । सिराहाका सविन चापागाइँको न्यूरोडमा कम्प्यूटरसम्बन्धि पसल छ । कम्प्युटर मर्मत र यसका पाटपुर्जा खरिद-बिक्री गर्ने उनको पसलमा पाँचजना कर्मचारीले काम गर्थे । चैत्र ११ गतेदेखि घोषणा भएको लकडाउनले उनको पसल बन्द भयो । सबिन भन्छन्, ‘एक्कासी लकडाउन भएपछि भोलीदेखि कसरी काम गर्ने भनेर कर्मचारीसँग योजनासमेत बनाउन पाईनँ ।’ सरकारको आदेश मानेर सटर […]

महाकालीमा बगेकी महिलाको उद्धार, उपचार गर्न कोहलपुर लगियो

१४ वैशाख, काठमाडौं । महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले आइतबार उद्धार गरेको छ । करिब ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फे भन्ने स्थानबाट उद्धार गरेको हो । दार्चुलाका प्रहरी प्रमुख दीपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘महाकाली नदीमा बगेर आइरहेको अवस्थामा आइतबार बिहान ६ बजेको समयमा एक जना महिलाको उद्धार गरेका छौं […]

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग

१४ वैशाख, काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । ‘यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको हुँदा हाम्रा […]

विराटनगर महानगरपालिकाले विद्यार्थीलाई घर पुर्‍याइदिने

१३ वैशाख, विराटनगर । लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई विराटनगर महानगरपालिकाले घरसम्म पुर्‍याइदिने भएको छ । विराटनगर महानगरपालिकाले डेरामा बसेका विद्यार्थीलाई घर पुर्‍याइदिने व्यवस्था मिलाउन लागेको हो । विद्यार्थीलाई सोमबारबाट गाडीको व्यवस्था गरेर घर पुर्‍याइदिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । ‘वडाबाट विद्यार्थीको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘ काकाडभिट्टादेखि सिराहासम्मका विद्यार्थीलाई […]

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– नाङ्गो भागबण्डाले हङ्ग पार्टी पो भएछ !

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी भएको उल्लेख गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । […]

बिराट नर्सिङ होमले गेटबाटै फर्कायो बिरामी

१४ वैशाख, विराटनगर । पेट दुखेर अस्पताल आएकी उदयपुरकी एक बिरामीलाई विराटनगरस्थित बिराट नर्सिङ होमले उपचार नगरी गेटबाटै फर्काइदिएको छ । पेटको समस्या भएर ल्याइएकी उदयपुर बेलका ४ रामपुरकी ५२ बषर्ीय रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा कार्यरत चिकित्सले भर्ना नलिई गेटबाटै फर्काइदिएका हुन् । बिराट नर्सिङ होमले बिरामी लिन नमानेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको छ […]

मनकामना मन्दिरका पुजारीसँग तीन बन्दुक, शिकार खेल्ने सोख

१४ वैशाख, गोरखा । गोरखाको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरले सुरक्षाका लागि भन्दै लिएको बन्दुकले पशुपन्क्षीको शिकार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । वैशाख ५ गते राति शहीद लखन गाउँपालिका-४ बक्राङको ढोडेनी जंगलमा स्थानीयले उनलाई बन्दुकसहित नियन्त्रणमा लिएका थिए । शिकार खेल्नकै लागि उनी त्यहाँ गएको स्थानीयको दाबी छ । पुजारी मगरले इजाजत […]

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत […]

कोरोनाबाट विश्वभरका ४९ नेपालीको मृत्यु, १९८३ संक्रमित

१४ वैशाख, बार्सिलोना । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको […]

प्रधानमन्त्रीलाई समस्या समाधान गर्नोस् भनेको हुँ : गौतम

१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् । शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । ‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान […]

कोरोना त्रासका कारण यार्सा टिप्न प्रतिबन्ध   

१४ वैशाख, बझाङ । बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् । जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा […]

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

१४ वैशाख, वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको […]

आविष्कार केन्द्रले बनायो कोरोनाका बिरामीको सेवामा प्रयोग हुने रोबोट

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने ठानिएको रोबोट राष्ट्रिय आविष्कार केन्द्रले बनाएको छ । सो रोबोट आइतबार नेपाली सेनालाई हस्तान्तरण गरिँदैछ । सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका सामग्री पुर्‍याउने छ । यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन्। ‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन […]

पर्यटन उकास्न ‘पाँच हप्ता-पाँच काम’

महिना दिन भयो बन्दाबन्दीमा घरभित्रै खुम्चिएको हाम्रो समाज । सामाजिक दूरीको अभ्यासमा कैद छ समग्र अर्थतन्त्र । विश्वका करिब ९० प्रतिशत मानव बस्तीहरू यस्तै परिवेशमा छन् आज । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी संक्रमण फैलिरहेको बेला आशंका, अनुमान, अपेक्षा र आशाका बिच गुजि्ररहेको छ समय । भाइरसले केही आशंका पैदा गरेको छ । विश्वलाई ठप्प […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२४ पुग्यो

१४ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

साना व्यवसायीलाई कर छुट दिऔं, खर्च क्षमता बढाऔं

१४ वैशाख, काठमाडौं । कोरोनाले पारेको प्रभावबारे धेरै चर्चा भइसकेको छ र भइरहेको छ । हाम्रा साना–मझौला उद्योगहरू यसबाट धेरै प्रभावित छन् । पर्यटन उद्योग त सबैभन्दा मारमा छ नै । पहिलो कुरा हामीले यो सकंटबाट अन्तरमुखी र बन्द अर्थतन्त्र ठीक रहेछ भन्ने गलत पाठचाहिँ सिक्नु हुँदैन । बाहिरी संसारसँग भरपर्दा दुःख हुने रहेछ भन्ने […]

विदेशमा रहेका श्रमिकको उद्धार गर्न सांसद संग्रौलाको माग

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार गरी स्वेद फर्काउन माग गरेकी छन् । आइतबार श्रममन्त्री रामेशवर राय यादवलाई ज्ञापनपत्र पठाउँदै सांसाद संग्रौलाले प्रवासमा रहेका श्रमिकहरु कोरोना भाइरसका कारण नराम्रोसँग प्रभावित भएकोले उनीहरुको उद्धार गर्न माग गरेकी हुन् । कांग्रेसले गठन गरेको छाया सरकारकी श्रममन्त्रीसमेत रहेका संग्रौलाले विभिन्न […]

कोभिड-१९ विरुद्ध प्रयोग गरिएका प्रविधि कति उपयोगी र सुरक्षित ?

कोरोना भाइरस डिजिज (कोभिड-१९) अथवा अहिले सार्स-२ नामाकरण गरिएको भाइरस संक्रमणका कारण विश्व नै महाविपद्को अवस्थामा छ । यो विपत्ति खास क्षेत्र, भूगोल  जाति, समुदायप्रति मात्र लक्षित होइन विश्वव्यापी संक्रमणका कारण यो सिङ्गो मानव समुदायको अस्तित्वसँग जोडिएको विषय हो । यसको प्रभाव र विस्तार दिन दुई गुणा रात चार गुणाको दरमा फैलिरहेको छ । सर्वप्रथम […]



from समाचार – Online Khabar https://ift.tt/357vmvQ
via IFTTT
Powered by Blogger.