Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिमेन्ट उद्योगीको दावी : २२ अर्ब बढीको कारोबार गुम्यो

१७ वैशाख, काठमाडौं । लकडाउनका कारण अहिले निर्माणको काम लगभग ठप्प छ । जसका कारण छड सिमेन्ट जस्तापाता लगायतका निर्माण सामग्रीको उत्पादन, विक्री वितरण ठप्प छ । सिमेन्ट उत्पादक संघले पाँच हप्तामा २२ अर्ब भन्दा धेरै कारोबार क्षति ब्याहोर्नुपरेको जनाएको छ । देशभरका सिमेन्ट उद्योगबाट हुनै दैनिक ब्यापार हुने सिमेन्टको आकाडाको आधारमा प्रारम्भिक कारोबार क्षति […]

नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता

१८ वैशाख, सिमकोट (हुम्ला) । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद […]

भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा […]

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए […]

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

१८ वैशाख, भक्तपुर । काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन कार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख […]

मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छ – ट्रम्प

१८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले  चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए । ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि […]

लकडाउन उल्लंघनको आरोपमा बिहानै १५ सय जना कारबाहीमा

१८ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघनको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका छन् । बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक […]

रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ, साइबर अपराधको आरोप

१८ वैशाख, काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको अनलाइनखबरलाई बताए । साइबर ब्युरो […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण […]

महाकालीपारिबाट उद्धार गर्न सीडीओ फकाउँदै जनप्रतिनिधि

१८ वैशाख कैलाली । बझाङको बुंगल नगरपालिका मेयर धनबहादुर बिष्ट बिगत पाँच दिनदेखि दार्चुलामा छन् । उनीसँगै हुन्छन् बैतडीको पुर्चौडी नगरपालिकाका तीन जना वडाध्यक्ष र डिलासैनी गाउँपालिकाका अध्यक्ष । उनीहरु चारै जना प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय धाउँछन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई भेट्ने र सीमापारि अलपत्र परेका नेपाली नागरिकलाई ल्याउन आग्रह गर्ने उनीहरुको दैनिकी […]

भन्सारमा थन्किए ४ हजार कन्टेनर, व्यापारी मर्कामा

१८ वैशाख, वीरगञ्ज । नेपाल-भारत दुवैतर्फ लकडाउन भए पनि अत्यावश्यक सामान कलकत्तालगायतका बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म नियमित आइरहेका छन् । रेलमार्गबाट दैनिक ३ देखि ४ र्‍याक सामान नेपाल भित्रिरहे पनि ती सामान मालबाहक गाडीमा लोड नहुँदा स्थान अभाव मात्रै भएको छैन, कुरेर बसिरहनु पर्दा व्यापारीहरु मर्कामा पनि परेका छन् । अहिले सुख्खा बन्दरगाह (ड्राइपोर्ट)मा […]

होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु

१८ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको छ । काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका-४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी […]

रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

१८ वैशाख, बुटवल । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालवाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दाबी छ । बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दुरीमा ८९ वटा अस्थायी चेकपोस्टमा एक हजार सशस्त्र […]

गाउँ फर्किएका ९९ प्रतिशत क्वारेन्टाइन बाहिर

१८ वैशाख काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले लकडाउनका बेला काठमाडौं, काभ्रे, धादिङ, सिन्धुपाल्चोक लगायतका ठाउँबाट करिब १५ लाख रुपैयाँ खर्च गरेर सात सय जनालाई घर फर्कायो । ११ वटा क्वारेन्टाइन तयार पारेर बाहिर रोकिएका नगरपालिकावासीलाई फर्काएको नगर प्रमुख काशीचन्द्र बराल बताउँछन् । त्यसरी नगरपालिका प्रवेश गरेकामध्ये १८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरू सबै […]

केपी ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै, पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो। बैठकमा सुरुमा […]

प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाए : कांग्रेस

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको कांग्रेसको आरोप छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले […]

वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ […]

कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो । सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो । […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बताएका हुन् । पहिलोपटक बेलायतले कोरोना भाइरसबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या समावेश गरेको हो । […]

अर्थतन्त्रलाई झड्का : उच्च महत्वाकांक्षा, न्यून आर्थिक वृद्धि

१७ वैशाख, काठमाडौं । अर्थमन्त्रीमा पुर्नबहाली हुनुअघि गत माघ २९ गते डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै विकास बजेट २० प्रतिशत र राजश्वको लक्ष्य करिब ५ प्रतिशतले घटाए । तर, मन्त्री खतिवडाले त्यसबेला आर्थिक वृद्धिको अनुमान घटाएनन् । बरु उनले हौसिएर भनेका थिए, ‘ वित्तीय क्षेत्रको विस्तार समेतबाट चालु […]

रेमिट्यान्समा धक्का : एकै वर्ष १ खर्ब ६३ अर्ब घट्ने

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनेछ । यो नेपालको कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत हुनेछ । गत वर्ष नेपालमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स […]



from समाचार – Online Khabar https://ift.tt/2zJhlZG
via IFTTT
Powered by Blogger.